यहि मिति २०७४ साल असोज ६ गते सामाजिक सेवा दिवसको उपलक्ष्यमा उक्त दिनलाई यस महासंघले वृहत रूपमा मनाउने कार्यक्रम रहेको छ । यस पुनीत अवसरमा टेकू स्थित महासंघ सचिवालय नजिक बागमती नदी किनारमा रहेको जग्गामा निर्माण हुने “नेपाल उद्योग वाणिज्य महासंघ उद्यान” को शिलान्यास समेत गर्ने कार्यक्रम रहेको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छु ।
 
अतः सो अवसरमा निम्न मिति, स्थान एवं समयमा आयोजना हुने शिलान्यास कार्यक्रममा यहाँको उपस्थितीको लागि सादर अनुरोध गर्दछु ।
 
कार्यक्रम:
मितिः २०७४ सालअसोज ६ गते (शुक्रवार)
स्थानः महासंघ सचिवालय नजिक वागमती नदी किनार स्थित उद्यान निर्माण स्थल, टेकू, काठमाडौं ।
समयः अपरान्ह ४:०० बजे ।
 
 

विभिन्न कार्यक्रमका साथ महासंघद्वारा सामाजिक सेवा दिवस मनाइयो (२०७४/०६/०६)

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by