श्री अध्यक्षज्यू, सबै  जिल्ला तथा नगर उद्याेग वाणिज्य संघहरू
श्री अध्यक्षज्यू,  सबै वस्तुगत संघहरु ।
 
विषयः स्थानीय कर सम्बन्धी छलफल कार्यक्रममा उपस्थिति सम्बन्धमा ।
 
महोदय, 
 
आर्थिक वर्ष २०७६।७७को बजेट तथा राजस्व नीतिमा स्थानीय कर सम्बन्धमा सुझाव दिनको लागि अन्तर सरकारी वित्त व्यवस्थापन उप–समिति गठन भई कार्य भैरहेको व्यहोरा जानकारी गराउन चाहान्छु । यसै सम्बन्धमा निजी क्षेत्रसंग छलफल गरी राय सुझाव संकलन गर्न राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले निम्न मिति, समय तथा स्थानमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको व्यहोरा जानकारी गराउन चाहान्छु । 
 
उक्त कार्यक्रममा स्थानीय कर सम्बन्धमा त्यस संघको लिखित सुझाव सहित महोदयको उपस्थितिको लागि सादर अनुरोध गर्दछु ।
 
कार्यक्रमः
मितिः  २०७६ बैशाख ८ गते आइतबार
समयः  दिनको ४ः०० बजे 
स्थान: नेपाल उद्योग वाणिज्य महासंघको सभाहल ।
 
 
भवदीय,
 
(गोपाल प्रसाद तिवारी)
नि. महानिर्देशक
 
 
बोधार्थः
श्री अध्यक्षज्यू, नेउवामहासंघ ।          
श्री निवर्तमान अध्यक्षज्यू, नेउवामहासंघ ।
श्री पूर्व अध्यक्ष एवं विशिष्ट सदस्यज्यू, नेउवामहासंघ ।
श्री वरिष्ठ उपाध्यक्ष एवं उपाध्यक्षज्यूहरु, नेउवामहासंघ ।
श्री सभापति, कर तथा राजस्व समिति, नेउवामहासंघ ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by