|
Press Release |
| महासंघद्वारा विभिन्न नयां समिति एवं फोरम गठन (२०६५/१/२७) | 2008-05-09 02:00:08 |
नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो कार्य सञ्चालनलाई प्रभावकारी रुपमा अघि बढाउन सहमति सहित विधान अनुसार हालसम्ममा विभिन्न १५ वटा समिति र १६ वटा फोरम गठन गरेको छः
नवगठित समिति एवं समिति सभापतिहरुको नाम यस प्रकार छः
| क्र सं | समितिको नाम | सभापतिको नाम |
| १. | मेला तथा प्रदर्शनी समिति | श्री ए.जी. शेर्पा |
| २. | उद्योग समिति | श्री अशोक कुमार तोदी |
| ३. | उत्पादकत्व तथा गुणस्तर समिति | श्री बिजय बहादुर श्रेष्ठ |
| ४. | सूचना तथा संचार प्रविधि विकास समिति | श्री बिराट थापा |
| ५. | घरेलु तथा साना उद्योग समिति | श्री डि.बि. बस्नेत |
| ६. | भंसार तथा अन्तःशुल्क समिति | श्री दिनेश श्रेष्ठ |
| ७. | स्थानीय आर्थिक विकास समिति | श्री किशोर कुमार प्रधान |
| ८. | व्यापार समिति | श्री कुमुद कुमार दुगड |
| ९. | सामाजिक सेवा समिति | श्री लोक विक्रम थापा |
| १०. | कर तथा राजस्व समिति | श्री प्रदीपमान वैद्य |
| ११. | पर्यटन तथा हवाई यातायात समिति | श्री वि.के. श्रेष्ठ |
| १२. | आपूर्ति समिति | श्री चन्द्रकृष्ण कर्माचार्य |
| १३. | बैंक वित्तिय तथा बीमा समिति | श्री पशुपति मुरारका |
| १४. | स्थल यातायात तथा पारवहन समिति | श्री चोपनारायण श्रेष्ठ |
| १५. | महिला उद्यमी विकास समिति | श्रीमती भवानी राणा |
त्यसैगरी नवगठित फोरम तथा फोरम संयोजकहरुको नाम यस प्रकार छः
| क्र सं | फोरमको नाम | संयोजकको नाम |
| १. | राजनीतिक समन्वय फोरम | निवर्तमान अध्यक्ष श्री चण्डिराज ढकाल |
| २. | निर्यात प्रबर्द्धन फोरम | श्री अनुप मल्ल |
| ३. | लुम्बिनी विकास फोरम | श्री गुणनीधि तिवारी |
| ४. | ट्रेड स्कूल फोरम | श्री रमेश कुमार पिया |
| ५. | कर्णाली विकास फोरम | श्री लंकमान रोका |
| ६. | सांस्कृतिक विकास फोरम | श्री अशोक शर्मा |
| ७. | संस्थागत सामाजिक दायित्व फोरम | श्री उमेश लाल श्रेष्ठ |
| ८. | हस्तकला प्रबर्द्धन फोरम | श्री कल्याणकृष्ण ताम्राकार |
| ९. | राष्ट्रिय बजेट समन्वय एवं अनुगमन फोरम | श्री जगदीश प्रसाद राठी |
| १०. | जनसम्पर्क फोरम | श्री जीवन नेपाल |
| ११. | जनकपुर विकास फोरम | श्री निर्मल चौधरी |
| १२. | समावेशी आर्थिक विकास फोरम | श्री बिजय सरावगी |
| १३. | नेउवामहासंघ-राष्ट्रिय उत्कृष्ट पुरस्कार फोरम (FNCCI-National Excellence Award Forum) | श्री सौरभ ज्योति |
| १४. | उर्जा एवं वातावरण फोरम (Energy Efficiency & Environment Forum) | श्री संजय गिरी |
| १५. | पूर्वाधार विकास फोरम | श्री शकुन्तलाल हिराचन |
| १६. | जलविद्युत विकास फोरम (Hydropower Development Forum) | श्री ज्ञानेन्द्रलाल प्रधान |
|
| नेपाली वनस्पति घ्यू तत्कालै भारत निर्यातका लागि पहल गर्न आग्रह (२०६५/१/२५) | 2008-05-08 01:35:31 |
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीसंग नेपाल वनस्पति घ्यू तेल उत्पादक संघका अध्यक्ष कमल कुमार वेगानीको नेतृत्वमा आएको संघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुको प्रतिनिधिमण्डलले आज महासंघको सचिवालयमा भेटि भारत सरकारले अपनाएको नीतिका कारण नेपालमा उत्पादित वनस्पति घ्यूको भारत निर्यात ठप्प हुन गई सम्पूर्ण उद्योग बन्द भई लगानी, रोजगारी एवं राजश्वमा समेत ठूलो असर पर्न गएकोले तत्काल सो समस्या समाधानका लागि पहल गर्न जोडदार आग्रह गरेको छ ।
भारत सरकारले वनस्पति घ्यू तथा तेलको कच्चा पदार्थमा भन्सार महशूल घटाउंदै लगी १ अप्रिल २००८ बाट लागू हुने गरी शुन्य प्रतिशत कायम गरेको कारण नेपालमा उत्पादित वनस्पति घ्यू तेल भन्दा भारतमा उत्पादित वनस्पति घ्यू तेल स्वतः सस्तो पर्न जानुको साथै नेपालबाट भारत निकासी गर्दा कोटा प्रणालीका कारण झन्झट र खर्चिलो हुनगई वनस्पति घ्यू निकासी हुन नसक्ने अवस्था श्रृजना हुंदा नेपाली वनस्पति घ्यू तेल उद्योग गम्भीर संकटमा पर्न गएकोमा महासंघले तत्कालै नेपाल सरकारको ध्यानाकर्षा गराएको थियो ।
भारत सरकारले अपनाइएको उक्त नीतिका कारण नेपालमा वनस्पति घ्यू र रिफाइन तेल उद्योगहरुमा भएको करिव १० अरव रुपैयां वरावरको लगानी डुब्ने तथा करिव ८,००० जनाको रोजगारी संकटमा पर्ने लगायत नेपाली अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पर्ने हुंदा संकटग्रस्त अवस्थाबाट गुज्रिएको नेपाली घ्यू तेल उद्योगहरुलाई समयमै राहत प्रदान गरी प्रतिस्पर्धी क्षमता बढाउन र नेपाली निकासीकर्ताले भारतीय उत्पादकहरुसंग प्रतिस्पर्धा गर्न सक्ने गरी समान व्यवहार (Level playing field) उपलव्ध गराउन आवश्यक भएको तर्फसमेत महासंघ नेपाल सरकारसंग पुनः जोडदार आग्रह गर्दछ ।
साथै वनस्पति घ्यू तेलको कच्चा पदार्थको आयातमा भन्सार महशूल शुन्य प्रतिशत कायम हुनु पर्ने, कच्चा पदार्थको आयात र उत्पादित बस्तु तथा प्रशोधित खाने तेलको बिक्रीमा लाग्दै आएको मूल्य अभिबृद्धि करमा सहुलियत दिनु पर्ने र नेपाल-भारत सन्धि अर्न्तर्गत परिमाणात्मक बन्देज कायम रहेको एक लाख मे.टन कोटाको औचित्य हाल समाप्त भई सकेकोले कोटा प्रथा तथा क्यानलाईजिङ्ग (Canalizing) प्रणाली खारेजीको व्यवस्थाको लागि पहल हुनु पर्ने पनि महासंघको धारणा रहेको छ ।
महासंघको कर तथा राजश्व समितिका सभापति प्रदीपमान वैद्य, कार्यकारिणी समितिका सदस्य मनिष कुमार अग्रवाल र का.मु महानिर्देशक मेघनाथ न्यौपानेको समेत उक्त अवसरमा सहभागिता थियो ।
|
| Interaction Program with Netherlands Consul General for Nepal | 2008-05-05 10:11:49 |
| Mr.C.F.de Stoppelaar, Consul General of Nepal to the Netherlands, in a talk program in FNCCI, on May,4, 2008, urged to the business people to lobby with the concerned to frame flexible labour law and investment friendly policy to attract foreign direct investment and state of art technology in the country. He shared his experience of being an investor from the Netherlands and the challenges and opportunities where Nepal can attract FDI. He also informed the participants about the Government of the Netherlands sponsored grant program to the entrepreneurs of developing world like Nepal and suggested to benefit from the PSOM: Program for Cooperation with Emerging Markets. The details about the program can be made available in the website: www.evd.nl/psom
Mr. Pradip Jung Pandey, Vice President, chaired the program and informed the gathering about suggestions initiated by FNCCI to the government of Nepal and to the political parties to reform labour, industrial, commercial and export policies in order to attract FDI and technology transfer.
|
| नेपालको परिप्रेक्षमा प्रत्यक्ष वैदेशिक लगानी तथा औद्योगिक सम्बन्ध (२०६५/१/२२) | 2008-05-05 02:09:30 |
नेपालमा पछिल्लो पटक विकसित राजनीतिक परिवर्तनसंगै आर्थिक विकासलाई तिब्रता पार्नुपर्ने र यसका लागि प्रत्यक्ष वैदेशिक लगानी आकर्षण र लचिलो श्रम नीति आवश्यक भएकोमा जोड दिइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षहरु कृष्णप्रसाद ताम्राकार (जिल्ला/नगर उवासंघ समुह) प्रदीपजंग पाण्डे (एसोसिएट समूह), कार्यकारिणी समितिका सदस्य र नेदरल्याण्डका लागि नेपाली महावाणिज्यदुत सी. एफ. डी स्टपल्लार (C.F. de. Stoppelaar, Nepalese Consul General to the Netherlands) र नेदरल्याण्डका प्रत्यक्ष बैदेशिक लगानी सम्बन्धी परामर्शदाता मार्टिन सुमेकर (Martin Sumaker, FDI Consultant) बीच नेपालको परिप्रेक्षमा वैदेशिक लगानी तथा श्रम सम्बन्ध विषयक छलफल कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।
सो अवसरमा उहांहरुको स्वागत गर्नुहुंदै महासंघका उपाध्यक्ष पाण्डेले संविधानसभाको निर्वाचन पश्चात नेपालमा राजनीतिक स्थायीत्व कायम रहनेमा निजी क्षेत्र विश्वस्त भएको र अब आर्थिक विकासलाई तिब्रता पार्नुपर्ने आवश्यकता रहेको र यसका लागि प्रत्यक्ष वैदेशिक लगानी आकर्षाका लागि नेदरल्याण्डको अनुभव महत्वपूर्ण हुने बताउनु भयो ।
निजी क्षेत्रसंगको भेट तथा छलफल अन्तरक्रिया तथा सार्वजनिक रुपमा समेत नेकपा-माओवादी) ले वैदेशिक लगानीको आकर्षाका लागि प्रतिवद्धता जनाइसकेको अवस्थामा लगानी आकर्षाका लागि अवको रणनीति तय गर्न पनि यो कार्यक्रम आयोजना गरेको स्पष्ट पार्नुभयो । उहांले यसका लागि महासंघले नयां औद्योगिक नीति, श्रम नीति तथा प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि सम्बन्धी कानून ल्याउन सरकारसंग पहल गरिरहेको जानकारी गराउनु भयो ।
सो अवसरमा महावाणिज्यदुत स्टापल्लरले सानो र विकासको अत्यधिक सम्भावना बोकेको नेपालले आर्थिक विकासमा विशेष ध्यान केन्द्रीत गर्न सुझाव दिंदै कृषि, पर्यटन, जलविद्युत, पर्ूवाधार विकास र सेवा क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको र यसमा नेदरल्याण्डको लगानी आकर्षण गर्न आफ्नो तर्फबाट सक्दो सहयोग पुर्žयाउनुपर्नेमा जोड दिनुभयो । उहांले यसका लागि लचिलो श्रम नीति, लगानी तथा प्रविधि सम्बन्धी नीति, वैदेशिक लगानीको वातावरण बनाउनुपर्ने सुझाव राख्नुभयो । नेदरल्याण्डको वैदेशिक लगानी तथा श्रम नीति माथि स्पष्ट पार्दै नेदरल्याण्डमा सुमधुर औद्योगिक सम्बन्ध रहेको र नेपालमा पनि यस्तो वातावरण बनाउन नेदरल्याण्डको मोडल उपयोगी हुने बताउनु भयो ।
बैदेशिक लगानी सम्बन्धी परामर्शदाता मार्टिनले वैदेशिक लगानी, सूचना प्रविधि विकास, श्रम नीति, भीसा तथा लाइसेन्स सम्बन्धमा सरकारी प्रक्रियाको सरलीकरण तथा पारदर्शिता माथि जोड दिनु भयो । महासंघको उद्योग समितिका सभापति अशोककुमार तोदीले धन्यवाद मन्तव्य दिनु भएको सो अवसरमा सहभागीहरुले नेपालमा वैदेशिक लगानी आकर्षण, श्रम समस्या समाधान, औद्योगिक सम्बन्ध सुधारमा नेदरल्याण्डका अनुभव माथि विभिन्न जिज्ञासाहरु राख्नु भएको थियो । |
| नेपाल उद्योग वाणिज्य महासंघद्वारा कार्यकारिणी समिति सदस्य श्री नामग्याल लामाको निधनमा शोक प्रस्ताव पारित (२०६५/१/१७) | 2008-04-29 12:58:07 |
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको सभापतित्वमा महासंघको सचिवालयमा आज आयोजित शोक सभाले महासंघको कार्यकारिणी समितिका सदस्य, प्रतिष्ठित उद्योगी व्यवसायी एवं समाजसेवी श्री नामग्याल लामाको वैशाख ८ गते सांझ ५२ वर्षो अल्पायुमानै असामयिक निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्žयो ।
यस दुःखद घडीमा शोक सभाले महासंघ परिवार तथा सम्पूर्ण निजी क्षेत्रको तर्फबाट स्वर्गिय लामाको शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिका लागि श्री परमेश्वरसंग प्रार्थना गर्दै एक मिनेट मौन धारण समेत गर्žयो । लामा महासंघको गत चैत्र १३ गते काठमाडौंमा सम्पन्न ४२ औं वाषिर्क साधारण सभामा भएको निर्वाचनबाट महासंघको कार्यकारिणी समिति सदस्यमा निर्वाचित हुनु भएको थियो ।
महासंघको वस्तुगत सदस्य नेपाल फ्रेट फर्वार्र्डर्स एशोसिएशनको अध्यक्षका साथै महासंघद्वारा गठित समितिमा रहेर पनि उहांले महासंघको गतिविधि लगायत देशको उद्योग व्यापार व्यवसायको विकासमा महत्वपूर्ण योगदान पुर्žयाउनु भएको थियो । उहांको यो निधनबाट नेपालको उद्योग वाणिज्य क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको छ । स्वर्गिय लामाले ठमेल पर्यटन विकास समितिका अध्यक्ष, नेपाल निर्यात परिषदका संस्थापक अध्यक्ष, दक्षिण एशिया फ्रेट फर्वार्र्डर्स महासंघको उपाध्यक्ष, नेपाल इण्टर-मोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका संचालक, र्सार्क उद्योग वाणिज्य संघको साधारण सभा सदस्य र अन्तर्राष्ट्रिय व्यापार संघ-नेपाल समितिका अवैतनिक सचिव समेत भई नेपालको उद्योग व्यापार व्यवसाय प्रवर्द्धनका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय स्तरबाट समेत योगदान पुर्žयाउनु भएको थियो ।
उद्योग व्यापार एवं पर्यटन प्रबर्द्धनको क्षेत्रमा मात्र नभई सामाजिक, धार्मिक एवं सांस्कृतिक क्षेत्रको विकासमा समेत उहांले वहुमूल्य योगदान पुर्žयाउनु भएको थियो । यसक्रममा उहां निर्यात, पर्यटन विकास, शान्ति र विकाससंग सम्बन्धित कदर एवं सम्मानद्वारा विभूषित हुनुहुन्थ्यो । स्वर्गिय लामा स्पष्ट वक्ता, इमान्दार, विवेकशिल र कर्तव्यनिष्ठ हुनुहुन्थ्यो । उहांको निधनबाट राष्ट्रले एक होनाहार युवा उद्यमी व्यवसायी गुमाउनु परेको छ ।
सो सभामा महासंघका अध्यक्ष जोशी र नेपाल फ्रेट फरवार्र्डर्स एसोसिएसनका कार्यवाहक अध्यक्ष रामेश्वर के.सी.ले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो । शोक सभामा महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु, नेपाल फ्रेट फरवार्र्डर्सका एसोसिएसनका पदाधिकारी एवं सदस्यहरु र महासंघका कर्मचारीहरुको उपस्थिति थियो । |
|
| |
|
|
| |
| |
|
|