»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















Press Release
  
महासंघको प्रतिनिधिमण्डद्वारा एनेकपा (माओवादी) का अध्यक्ष प्रचण्डसंग भेट: दोषीमाथि कारवाहीको माग (२०६९/१२/५)
 2013-03-18 07:41:13
  
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग आज उहांको निवास लाजिम्पाटमा भेट गरी महासंघका पर्यटन तथा हवाई उड्डयन समितिका सभापति, वि.के. श्रेष्ठ माथि भएको आक्रमणका वारे जानकारी गराउंदै दोषीमाथि कारवाहीको माग गरेको छ ।

सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष कुशकुमार जोशी, पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, उपाध्यक्ष प्रदीपजंग पाण्डे, होटल संघ नेपालका अध्यक्ष श्याम सुन्दरलाल कक्षपति, संघका पूर्व अध्यक्ष प्रशिद्ध पाण्डे, महासंघको पर्यटन तथा हवाई उड्डयन समितिका सभापति विके श्रेष्ठ, महासंघका महानिर्देशक हेमन्त दवाडी सहित उद्योगी व्यवसायीहरु सहभागी हुनुहुन्थ्यो ।

भेटघाटका अवसरमा महासंघका अध्यक्ष वैद्यले उक्त घटनाका विषयमा विस्तृत जानकारी गराउंदै अहिलेको संवदेनशिल अवस्थामा उद्योगी व्यवसायी माथि भएका यस प्रकारका आक्रमणबाट राष्ट्रिय अन्तराष्ट्रिय रुपमा गलत संदेश जाने स्पष्ट पार्नुभयो । कार्यक्षेत्रको आपसी मामिलालाई लिएर सांघातिक आक्रमण हुनु र विभिन्न ट्रेड युनियनका नाउंबाट उद्योगी व्यवसायी माथि आएका धम्कीपूर्ण चिठी पत्र, एसएमएस जस्ता कुराहरुले उद्योगी व्यवसायीको मनोवल समेत घट्ने तर्फ ध्यानाकर्षण गराउंदै ट्रेड युनियन र राजनीतिक दलबाट कारवाही गर्न र राज्यका तर्फबाट कानूनी कारवाही चलाउनका लागि सहयोग गर्न समेत आग्रह गर्नुभयो । शान्ति सुरक्षाको अवस्था यस्तै रह्यो र आक्रमणकारीहरुलाई कानुनी कारवाही हुन सकेन भने अवस्था झन चुनौतीपूर्ण हुने तर्फ महासंघको प्रतिनिधिमण्डलले एनेकपा (माओवादी)का अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएको थियो ।

एनेकपा माओवादीका सचिव एवं पूर्व मन्त्री पोष्ट बहादुर वोगटी र अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जमरकट्टेल समेत उपस्थित रहनु भएको सो भेटघाटमा अध्यक्ष प्रचण्डले आक्रमणप्रति दु:ख व्यक्त गर्दै आक्रमणवारे सत्यतथ्य पत्ता लगाई कारवाही गर्ने विश्वास दिलाउंनु भयो । यस प्रकारको आक्रमण पार्टी नीति विपरित भएकाले यसमा संलग्नलाई राज्यको कानून अनुसार कारवाही गर्न सहयोग पुर्‍याउने पनि उहांले बताउनु भयो ।


 
  
भूपरिवेष्ठित तथा अल्प विकसित देशहरुको संयुक्त राष्ट्र संघीय सम्मेलनमा भाग लिन महासंघका अध्यक्ष वैद्य न्यूयोर्क प्रस्थान (२०६९/१२/५)
 2013-03-18 07:39:52
  
न्यूयोर्कमा हुने भूपरिवेष्ठित अल्पविकसित देशहरुको विकासका प्राथमिक एजेन्डाहरु तय गर्ने सम्बन्धी संयुक्त राष्ट्रसंघीय विश्व सम्मेलनमा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य आज अमेरिकातर्फ तर्फ प्रस्थान गर्नुभयो । Comprehensive 10 year Review Conference on the Implemention of the Almaty Program of Action, Brainstorming meeting on the Priorities of a New Development Agenda for the Landlocked Developing Countries नाम दिइएको सो सम्मेलन यही चैत्र ७ र ८ गते (March 20-21, 2013) आयोजना हुंदैछ ।

हाल नेपालले यूएन अल्पविकसित राष्ट्रहरुको समूहको संयोजकत्व गरिरहेको छ । सम्मेलनको अध्यक्षता ज्ञानचन्द्र आचार्यले गर्नुहुनेछ । श्री आचार्य भूपरिवेष्ठित अल्पविकसित राष्ट्रहरुको लागि दोस्रो संयुक्त राष्ट्रसंघ सम्मेलनका महासचिव (Secretary General of the Second UN Conference on LLDCs), विकासोन्मुख तथा भूपरिवेष्ठित एवं अल्पविकसित राष्ट्रहरुका लागि उपमहासचिव तथा यूएन उच्चायुक्त (Under-Secretary-General and High Representative for the LDCs, LLDCs and SIDS) हुनुहुन्छ ।

संयुक्त राष्ट्र संघको निमन्त्रणमा सो बैठकमा भाग लिन जानु भएका महासंघका अध्यक्ष वैद्यले सम्मेलनमा नेपाल जस्तो भूपरिवेष्ठित विकासोन्मुख देशका लागि आगामी विकासका प्राथमिक एजेण्डाका विषयमा निजी क्षेत्रको धारणा राख्नु हुनेछ । सम्मेलन संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजना हुंदैछ । सम्मेलनको पहिलो दिन भूपरिवेष्ठित अल्पविकसित राष्ट्रहरुको लागि दोस्रो संयुक्त राष्ट्रसंघ सम्मेलनका महासचिव ज्ञानचन्द्र आचार्यले सम्मेलनका उद्देश्य वारे जानकारी गराउनु हुनेछ ।

सम्मेलनको पहिलो दिन अर्थात चैत्र ७ गते हुने भूपरिवेष्ठित तथा विकासोन्मुख देशहरु र अन्तराष्ट्रिय व्यापार तथा व्यापार सहजीकरण (LLDCs and International Trade and Trade Facilitation) सत्रलाई महासंघका अध्यक्ष वैद्यले संवोधन गर्नुहुनेछ भने सो सत्रमा विश्व व्यापार संगठन तथा अंकटार्डका तर्फबाट प्राविधिक कार्यपत्र प्रस्तुत हुनेछ । अध्यक्षसंगै विश्व भंसार संगठनका एशिया प्रशान्त क्षेत्रका वित्तिय प्रवन्धक टाकासी नाको (Takashi Nakao, Regional Development Manager for the Asia Pacific region, Capacity Building Directorate, World Customs Organization) ले पनि संवोधन गर्नुहुनेछ ।

आफ्नो प्रस्तुतीमा महासंघका अध्यक्ष वैद्यले नेपालको पछौटेपनाका आयामहरु तथा विकासका सम्भाव्यताका वारेमा विस्तृत धारणा राख्नु हुने छ । मूलत अल्पविकसित राष्ट्रहरुका लागि अन्तराष्ट्रिय बजार पहुंचमा सहजता, प्रविधिको विकास, भंसार तथा गैर भंसार अवरोधहरुको कटौती, भंसार सरलीकरण, मानव संशाधन विकास, उत्पादन विविधिकरण, अन्तराष्ट्रिय व्यापारमा सहजीकरण लगायतमा ध्यान दिनु पर्ने धारणा राख्नु हुनेछ । महासंघका अध्यक्ष वैद्यले पहिलो संविधान सभाको असफलतापछि पुन: संविधान सभाको निर्वाचन मार्फत नयां संविधान निर्माण गर्ने अभियानमा राजनीतिक दलहरु बीच भएको पछिल्लो सहमतीबाट देशले एउटा गतिलिने पनि आफ्नो संवोधनमा समावेश गर्नुहुनेछ । साथै उहांले अल्पविकसित मुलुकहरुका निजी क्षेत्रको एक साझा मंचको आवश्यकतामा समेत जोड दिनु हुनेछ ।

सम्मेलनमा भूपरिवेष्ठित तथा अल्पविकसित देशहरु र अन्तराष्ट्रिय व्यापार तथा व्यापार सहजीकरण (LLDCs and International Trade and Trade Facilitation), क्षेत्रीय, द्विपक्षीय, विश्व व्यापार तथा पारवहन सहयोग (Panel on Transit transport cooperation at bilateral, regional; and global Levels), भूपरिवेष्ठित अल्पविकसित देशहरुको प्रमुख चुनौतीहरु: मौसम परिवर्तन, मरुभूमीकरण, भूक्षय, आर्थिक तथा वित्तिय हलचल, खाद्य सुरक्षा (Emerging Challenges for LLDCs: Climate Change; Desertification, land degradation; economic and financial shocks; Food Security), अल्प विकसित मुलुकको अर्थतन्त्र रुपान्तरणका प्राथमिकता एवं अवसरको उपयोग, व्यापार विकास र विविधिकरण एवं उत्पादन क्षमताको उपयोग र सेवा (Priorities to structurally transform LLDCs economies and harnessing emerging opportunities, enhance trade, diversify, development of productive capacities and services sector), विकासोन्मुख देशहरुका लागि अन्तराष्ट्रिय सहयोगका मापनहरु (International Support measures and special attention to LLDCs), सन् २०१५ पछाडीका अल्पविकसित देशहरुका विकास एजेण्डा तथा दीगो विकासका लक्षयहरु (LLDCS and the Post-2015 development agenda and sustainable development goals) आदि विषयमा छलफल हुनेछ ।


 
  
महासंघको प्रतिनिधिमण्डद्वारा गृहमन्त्री समक्ष भेट: शान्ति सुरक्षाको प्रत्याभुतिको माग (२०६९/१२/४)
 2013-03-17 07:22:43
  
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त गृहमन्त्री तथा परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरेलाई आज उहांको कार्यकक्षमा भेट गरी महासंघका पर्यटन तथा हवाई उड्डयन समितिका सभापति, विके श्रेष्ठ माथि भएको आक्रमणका वारे जानकारी गराउंदै शान्ति सुरक्षाको माग गरेको छ । सो अवसरमा महासंघका तर्फबाट नवनियुक्त गृहमन्त्रीलाई बधाई समेत दिइएको थियो ।

महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, होटल संघ नेपालका अध्यक्ष श्याम सुन्दरलाल कक्षपति, महासंघको पर्यटन तथा हवाई उड्डयन समितिका सभापति विके श्रेष्ठ, महासंघका महानिर्देशक हेमन्त दवाडी सहित उद्योगी व्यवसायीहरु सहभागी हुनुहुन्थ्यो । सो अवसरमा महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त गृहमन्त्री घिमिरेलाई उक्त घटनाका विषयमा विस्तृत जानकारी गराई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन अपिल समेत गर्‍यो ।

शान्ति सुरक्षाको अवस्था यस्तै रह्यो र आक्रमणकारीहरुलाई कानुनको कठघरामा ल्याउने काम नभएमा उद्योग व्यवसाय गर्न सक्ने अवस्था नरहने पनि महासंघको प्रतिनिधिमण्डलले गृहमन्त्रीलाई स्पष्ट पार्‍यो ।

सो अवसरमा गृहमन्त्री घिमिरेले श्रेष्ठमाथि भएको आक्रमणप्रति दु:ख व्यक्त गर्दै आक्रमणकारीलाई कारवाही गर्ने विश्वास दिलाउंदै सरकारले शान्ति सुरक्षाको व्यवस्थालाई चुस्त र प्रभावकारी राख्न काम गर्ने विश्वास दिलाउनु भयो । साथै उहांले उद्योग व्यवसाय क्षेत्रलाई ढुक्कसंग उद्योग व्यवसाय गर्न आग्रह समेत गर्नुभयो ।


 
  
महासंघको पर्यटन तथा हवाई उड्डयन समितिका सभापति श्रेष्ठ माथि भएको आक्रमणको महासंघद्वारा गम्भीर निन्दा एवं भत्सर्ना (२०६९/१२/२)
 2013-03-15 07:51:21
  
नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई उड्डयन समितिका सभापति, होटल संघ नेपालका उपाध्यक्ष, होटल ऱ्याडीशनका प्रवन्ध निर्देशक एवं नेपालका प्रतिष्ठित पर्यटन व्यवसायी विके श्रेष्ठ माथि आज विहान ९ बजेको भनिमण्डल ललितपुरमा भएको सांघातिक आक्रमणको महासंघले गम्भीर निन्दा एवं भत्सर्ना गरेको छ ।

महासंघ यो घटनाबाट स्तव्ध भएको छ, महासंघको कार्यकारिणी समिति सदस्य माथि भएको यो आक्रमणलाई सिंगो निजी क्षेत्रमाथि भएको प्रहारका रुपमा लिएका छौं । महासंघ यस प्रकारका कायरतापूर्ण आक्रमणको घोर निन्दा एवं भत्सर्ना गर्दछ । आज विहान ९:०० बजेको समयमा उहां कार्यालय आउंदै गर्दा ललितपुर भनिमण्डल चोकमा करिव ४/५ जना मोटरसाइकलमा आएका नकावधारीहरुको समूहले उहांमाथि आक्रमण गरेका थिए । महासंघले आज दिउंसो यस विषयमा पत्रकार सम्मेलन आयोजना गरी निन्दा एवं भत्सर्ना गरेको हो ।

भाग्यवश उहांलाई कही नभई उहां सवार गाडीमा क्षति पुग्न गएको, गाडीको सम्पूर्ण शिशाहरु क्षति भएको र आक्रमण भएको स्थान निकै चल्तिको ठाउ भएकाले भाग्यवश उहांलाई केही हुन पाएन । आक्रमण पश्चात आक्रमणकारीहरु तुरुन्त भागेको वताइएको छ ।

झण्डै वर्ष दिनको राजनीतिक रस्साकस्सी पछि हिजोमात्र नयां सरकार गठन भए पश्चात भएको यो घटनालाई महासंघले निकै गम्भीरतापूर्वक लिएको छ । महासंघ यस्ता घटना दोहोरिन नदिने तर्फ कार्य हुन सरकारलाई गम्भीर आग्रह गर्दछ । साथै घटनाका दोसी पत्ता लगाई सख्त कारवाही गर्न समेत माग गर्दछ । महासंघले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोगका लागि पूर्ण सहयोग गर्न तयार छ, तत्पर छ ।

बैंकर्स एसोसिएसनका अध्यक्ष राजनसिंह भण्डारी माथि आक्रमण भएको लगभग दुई महिनापछि भएको यो आक्रमण सोही प्रकृतिको देखिन्छ, भण्डारीमाथि आक्रमण गर्ने समूहलाई पक्रेर कारवाही अहिलेसम्म गरिएको छैन । अपराधीहरुलाई पक्रने कार्य नहुंदा यस्ता घटना आगामी दिनमा अझ बढ्ने तर्फ निजी क्षेत्र चिन्तित छ, नवगठित सरकार तथा गृह प्रशासनलाई आक्रमणकारीको पहिचान गरी तत्काल पक्राउ गरि कानूनको कठघरामा ल्याउन महासंघले पत्रकार सम्मेलन मार्फत आग्रह समेत गरेको छ ।

पत्रकार सम्मेलनलाई संवोधन गर्दै महासंघका अध्यक्ष सुरज वैद्यले हरेक क्षेत्रमा राजनीति भएका कारण आज निजी क्षेत्र प्रताडित हुनु पुगेको र निजी क्षेत्र अव काम गर्न सक्ने अवस्थामा नरहेको बताउनु भयो । को र कससंग, कति जना र समूहसंग वार्ता र छलफल गर्ने, कसलाई चित्त वुझाउने र उद्योग व्यवसाय चलाउने अध्यक्ष वैद्यले प्रतिप्रश्न गर्नुभयो । यस्ता आपराधिक तत्वलाई जतिसक्दो छिटो कानूनको कठघरामा ल्याएर कारवाही गर्न समेत सरकारसंग आग्रह गर्नुभयो । अपराधीहरुलाई कारवाही गर्ने मामलामा सरकारले “वोल्ड स्टेप“ लिनै पर्छ उहांको जोड थियो । अव पनि उद्योग व्यवसायलाई सुरक्षा भएन भने वन्द गर्नुको विकल्प छैन ।

अवका दिन उद्योग व्यवसायका लागि सजिला छैनन र यसको संकेत आज विहानको घटनाले पुष्टि गरेको छ, महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले बताउनु भयो । वास्तवमा मुलुकभित्र समयमा संविधान वन्न नसकी संक्रमणकाल निरन्तर रहंदाको परिणामनै यस्ता आपराधिक घटनाहरु बढ्दै गएको महासंघका वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले बताउनु भयो ।

होटल संघ नेपालका अध्यक्ष श्यामसुन्दरलाल कक्षपतिले होटल लगायत सेवा व्यवसाय अहिले चलाउनै नसक्ने अवस्थामा रहेको र पलपलमा व्यवसायीहरुमा “थ्रेट“ रहेको वताउनु भयो । अहिले होटल व्यवसायीहरुको अधिकांश समय कर्मचारी व्यवस्थापनमा समय गैरहेकाले उद्यमशिलताका कुनै पनि कार्य गर्न नपाएको गुनासो गर्दै यो अवस्थामा सुधार नआउने हो भने अव होटलहरु धमाधम बन्द हुंदै जाने बताउनु भयो ।

केही समय देखि उहांको होटल ऱ्याडीशनमा अनुशासन वाहिर गई दैनिक होटल संचालनमा अवरोध खडा गर्ने केही कामदारलाई व्यवस्थापनले निलम्वनमा राखेको र सो विषयमा व्यवस्थापन पक्षले सकारात्मक रुपमा लिई वार्ता भैरहेको अवस्थामा होटलका व्यवस्थापकहरुलाई भौतिक कारवाहीसम्मको मोवाइल एसएमएस आएको र सोही अनुसारनै आक्रमण भएको हुन सक्ने पिडीत श्रेष्ठले पत्रकार सम्मेलनमा बताउनु भयो ।

अवस्था यस्तै रह्यो र सुरक्षाको प्रत्याभुति हुन सकेन भने होटल वन्द गर्नुको विकल्प छैन, उहांले स्पष्ट पार्नु भयो । मुलत मुलुकको भविष्यसंग जोडिएको होटल व्यवसाय बन्द गर्नुपर्ने अवस्था पैदा भएमा नेपालको अन्तराष्ट्रिय छविवै धक्का लाग्ने तर्फ पनि उहांले सरकार तथा सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।


 
  
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०१३ सम्पन्न, अन्तर्राष्ट्रिय व्यापार मेला–२०१४ अर्को वर्षको मार्चमा (२०६९/११/३०)
 2013-03-15 05:59:57
  
फागुन २५ गते, शुक्रवारदेखि भृकुटीमण्डपमा संचालन भैरहेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (Nepal International Trade Fair-2013) आज सकियो । अव उक्त मेला अर्को वर्षको फागुन २२ देखि २६ गते (March 6-10, 2014) को बीचमा आयोजना हुनेछ । आज अन्तिम दिन पनि मेलामा दर्शकहरुको चाप शुरुदेखि अन्तसम्मै उस्तै रह्यो ।

मेलाको अन्तिम दिन आजसम्म लगभग दुई लाख २५ हजारले अवलोकन गरेका छन् भने लक्ष्य अनुसार प्रत्यक्ष रुपमा १५ करोडभन्दा बढीको कारोवार भएको अनुमान छ । त्यसैगरी सहभागी राष्ट्रहरु र नेपाली व्यवसायी बीच आपसी व्यवसायिक सम्बन्ध विस्तारमा समेत मेला कोशेढुंगा सावित भएको छ । मेला आयोजनाको क्रममा सम्पन्न व्यवसायिक (B2B) भेटवार्ता निकै उपलव्धीमुलक भएको सहभागी व्यवसायीहरुले वताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकारको सहयोगमा आयोजना भएको छ दिने यो मेला, दोस्रो संस्करण हो । यसअघि महासंघले गतवर्ष पहिलो अन्तराष्ट्रिय व्यापार मेला भव्यतापूर्वक सम्पन्न गरेको थियो भने अवको ठिक एक वर्ष पछि यही समय र स्थानमा अर्को मेला हुने छ । नेपाल अन्तराष्ट्रिय व्यापार मेला–२०१४ का लागि भारतीय, वंगलादेशी, चीन, पाकिस्तान लगायतका देशका करिव १ सय कम्पनीहरुले आफ्नो बुकिङ लिइसकेका छन् ।

महासंघद्वारा आयोजना गरिएको मेलाले राष्ट्रिय अर्थतन्त्रमा निकै ठूलो महत्व राखेको विश्लेषण गरिएको छ । राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी यो मेलाको यस वर्षको संस्करणलाई सफल पार्न सहयोग पुर्‍याउने विशेषगरी नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, पर्यटन वोर्ड, काठमाडौंस्थित भारतीय राजदुतावास, बंगलादेश राजदुतावास, चीनको सिचुवान व्यूरो अफ एक्सो अफियर्स (Sichuan Bureau of Expo Affairs), विभिन्न संघ/संस्था, उद्योग प्रतिष्ठान, संचार माध्यम सहित आम सर्वसाधारण हार्दिक आभार सहित धन्यवाद प्रकट गरेको छ ।

साथै महासंघले नेपाल सरकारका मन्त्रीहरु, नेपालस्थित विभिन्न देशका महामहिम राजदूतहरु, कुटनीतिक नियोगका वरिष्ठ पदाधिकारीहरु, नेपाल सरकारका मुख्य सचिव सहित सचिवहरु, उच्च सरकारी अधिकारीहरु प्रतिपनि आभार प्रकट गरेको छ । साथै मेलालाई सफल पार्न सौजन्यताप्रदान गर्ने विभिन्न कम्पनी, उद्योग प्रतिष्ठान, मेला स्थल उपलव्ध गराउने भृकुटीमण्डप प्रदर्शनीस्थलप्रति पनि महासंघले आभार प्रकट गरेको छ ।

यस वर्षको मेलाको अनुभवलाई लिएर महासंघले अर्को वर्ष मेलामा सहभागी देशहरुको संख्या बढाउन रणनीतिक रुपमै अगाडी बढ्ने योजना बनाएको छ । मेलाका क्रममा प्लास्टिक्स, कस्मेटिक्स, लेदर र गार्मेन्ट उत्पादनका विषयमा विटुवी व्यवसायिक भेटघाट समेत सम्पन्न भयो । यसबाट ती वस्तुहरुमा लगानी तथा प्रविधि प्रवद्र्धन, व्यवसायिक सम्बन्ध विस्तारमा महत्वपूर्ण उपलव्धी भएको छ ।

यस वर्षको मेलाको नेपाली हस्तकलाका सामग्री, यसवर्ष नयां ल्याइएको भ्हजष्दष्तष्यल त्भलत, भारत तथा वंगलादेशको स्टल विशेष आकर्षणको रुपमा रह्यो । मेला अवधिभर आउने विभिन्न व्यक्तित्वहरुबाट अर्कोवर्षको मेलालाई अझ बढी विशिष्टिकृत र परिमार्जित गर्ने तथा अन्तराष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण लगायतका विषयमा महासंघले नेतृत्व लिन समेत सुझाव आएको थियो ।

नेपाल लगायत भारत, पाकिस्तान, वंगलादेश लगायतका देशहरुको सहभागिता रहेको मेलामा तीन सय ५० स्टल (नेपाल २५०, भारत ४०, बंगलादेश ५०, पाकिस्तान ८, अमेरिका १०) मार्फत ती देशका उत्पादन तथा सेवाको प्रदर्शनी गरिएको थियो । मेलामा लत्ता कपडा, सूचना प्रविधि, हस्तकला, छालाजन्य, शिक्षा, स्वास्थ, औषधि, व्यवसायिक कृषि उत्पादनहरुको राखिएको थियो । नेपालको स्टलमा विशेष गरी नेपाल व्यापार रणनीति २०१० (NTIS) का अन्तरगत पहिचान गरिएका तीन क्षेत्रका १९ वटा वस्तुहरुको प्रवर्द्धनमा विशेष जोड दिइएको थियो ।

मेलाको मुख्य प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र रहेका छन् । मेलाको मुख्य प्रायोजक सिभिल होम्स प्रा.लि. रहेको छ भने अन्य प्रायोजकमा सिल्भर स्पोन्सर शिखर शु प्रा.लि., मिन्सक ड्रिकिङ वाटर, आधिकारिक एयरलाइन्समा इतिहाद एयरवेज रहेका छन् । त्यसैगरी सहयोगी अन्य संस्थाहरुमा एभेन्यूज टेलिभिजन, स्टाण्डर्ड चार्टर्ड बैंक, ट्रिवेनी ग्रुप, सेन्सडाइन, भक्तपुर उद्योग वाणिज्य संघ, छाला जुत्ता तथा वस्तु उत्पादक संघ, घरेलु तथा साना उद्योग महासंघ रहेका छन् भने अन्तराष्ट्रिय साझेदारहरुमा ब्रावेड भारत (BRAWFED INDIA), स्पाडिक्स लि. वंगलादेश (SPADIX LIMITED BANGLADESH), र सिग्नी वोल्र्ड लि. पाकिस्तान (SIGNE WORLD LIMITED PAKISTAN) रहेका छन् । मेलाको व्यवस्थापकमा डाइरेक्शन नेपाल प्रालि र एस्टरिस्क एडभरटाइजिङ प्रा.लि. रहेका छन् ।


 
 
 
5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 
 
 



 © Copyright 2005-2013. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.
Designed and Maintained by Yomari