»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















Press Release
  
नेउवामहासंघका उपाध्यक्ष ताम्राकारसग पर्वतका व्यवसायीहरुबाट भेट (२०६६/९/५)
 2009-12-20 01:12:21
  
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्ण प्रसाद ताम्राकारसंग विभिन्न जिल्लाहरुमा रहेका उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमणका क्रममा उपत्यकाका उवासंघहरुको भ्रमणमा रहेको पर्वत उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले ललितपुरमा भेटगरि जिल्लाको आर्थिक व्यवसायिक विकासमा संघको तर्फबाट भएका गतिविधि तथा महासंघका तर्फबाट हुनु पर्ने सहयोगका विषयमा विस्तृत छलफल गर्यो ।

सो अवसरमा प्रतिनिधिमण्डलका नेता एवं पर्वत उवासंघका अध्यक्ष होमनारायण श्रेष्ठले भ्रमणबाट विभिन्न संघहरुले संघ व्यवस्थापन, स्थानीय निकायहरुसंग गरेका सहकार्य, दीगो आर्थिक श्रोत व्यवस्थापन, आर्थिक व्यवसायिक विकासमा हासिल गरेका उपलव्धीहरुका विषयमा जान्ने अवसर प्राप्त भएको र समग्रमा भ्रमण पर्वत उवासंघका लागि आगामी रणनीति तय गर्न उपलव्धीमुलक भएको बताउनु भयो ।

उहाँले पर्वतको विकासका लागि व्यासायिक कृषि विकास, जिल्लालाई एकगाउँ एक उत्पादन कार्यक्रम अन्तरगत समावेश गर्ने तथा इलम प्रशिक्षण कार्यक्रम संचालनका लागि महासंघका तर्फबाट आवश्यक सहयोग हुन जोड दिनु भयो ।

सो अवसरमा व्यवसायिक प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका उपाध्यक्ष ताम्राकारले महासंघले अगाडी बढाएका हरेक कार्यक्रममा आफना सदस्यहरुलाई कुनै न कुनै रुपमा सहभागी वनाएर लैजाने नीति अनुरुप एक गाउँ एक उत्पादन, इलम प्रशिक्षण कार्यक्रम सहित अन्य कार्यक्रमहरुमा समेत पर्वतलाईसंगै लैजाने विश्वास दिलाउनु भयो ।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष नरेशकुमार श्रेष्ठ र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागिता रहेको सो अवसरमा अल्लोका लागि वागलुङ तथा पर्वत सम्भावित क्षेत्र भएकाले आधुनिक प्राविधि अनुरुप यिनीहरुलाई विकास गरि लैजानु पर्नेमा जोड दिइयो ।


 
  
संस्थागत विकास तथा आपसी सहयोग विस्तारका लागि नेउवामहासंघ र सेजन बीच समझदारी (२०६६/९/३)
 2009-12-18 01:27:20
  
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच आर्थिक समृद्धिका लागि मुलुकभित्र लगानीको उचित वातावरण निर्माण, सस्थागत विकास तथा आपसी सहयोग विस्तारका लागि सहकार्य गर्ने उद्देश्यले आज एक कार्यक्रम बीच महासंघ सचिवालयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा महासंघका अध्यक्ष कुशकुमार जोशी र सेजनका अध्यक्ष नारायण सापकोटाले हस्ताक्षर गर्नु भयो ।

१. देशको उद्योग वाणिज्य क्षेत्रको छाता संस्था एफएनसीसीआई र आर्थिक व्यवसायिक विषयमा कलम चलाउने आर्थिक पत्रकारहरुको प्रतिनिधि संस्था सेजनले एक अर्कामा सहयोगीको भूमिका निर्वाह गर्ने,

२. दुवै संस्था बीच हालसम्म रही आएको आपसी सम्पर्क र सम्बन्धलाई अझ सुदृढ गर्न संस्थागत सम्बन्ध स्थापना गर्ने,

३. देशको उद्योग वाणिज्य लगायत आर्थिक क्षेत्रको विकास र प्रवर्द्धनका लागि सेजनले आफ्ना सदस्यहरु मार्फत प्रोत्साहनदायी एवं सहयोगात्मक भूमिका खेल्ने र आर्थिक पत्रकारिता विषयमा कलम चलाउने समाजमा आवद्ध आर्थिक पत्रकारहरुको हक हित प्रवर्द्धनका लागि एफएनसीसीआई आफै तथा आफ्ना सदस्यहरु मार्फत सहयोगात्मक र प्रोत्साहनदायी भूमिका निर्वाह गर्ने,

४. मुलुकको आर्थिक व्यवसायिक लगायत समग्र अर्थतन्त्रको विकासमा एफएनसीसीआईले अघि बढाएका कार्यक्रमलाई सेजनले र आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि एवं पेशागत वृत्ति विकासका लागि सेजनले अघि बढाएका कार्यक्रमलाई एफएनसीसीआईले आवश्यक सहयोग पुर्याउने,

५. समय समयमा एफएनसीसीआई र सेजनले आपसी सम्पर्क, भेटघाट र छलफल कार्यक्रमहरु गर्दै जाने एवं आवश्यकताका अनुसार आपसी सहयोगका नयाँ नयाँ क्षेत्रहरुको पहिचान र विस्तार गर्दै लैजाने,

६. सेजनका सदस्यलाई स्वदेश तथा विदेशमा तालिम कार्यक्रम आयोजना गर्न एफएनसीसीआईको तर्फबाट अनुकुलता हेरि सहयोग गर्ने,

७. आर्थिक क्षेत्रका विषयमा सेजनका सदस्य मार्फत अध्ययन गराउने, आवश्यकताका तथा विषय (क्षेत्र) को महत्व समेतका आधारमा कम्तिमा वस्तुगत संघमा आवद्व क्षेत्रका उद्योगको अवस्थाको अध्ययन प्रतिवेदन वर्ष भरीमा तयार पार्ने,

८. कार्यक्रमको महत्व, आवश्यकता, वजेटको अवस्था र अनुकुलता समेतलाई हेरेर एफएनसीसीआईको विदेश भ्रमणमा सेजनको सिफारिशमा कम्तिमा एक प्रतिनिधि सामेल गराउने,

९. सेजनले आर्थिक पत्रकारिता पुरस्कार दिन स्थापना गरेको अक्षयकोषमा एफएनसीसीआईको तर्फबाट सहभागीता जुटाउन पहल गर्ने ।
 

  
उद्योग व्यवसाय एवं विभिन्न पेशा संघ/संस्थाबाट आम हड्तालका विषयमा चिन्ताः आम हड्ताल आव्हान फिर्ता लिन अपिल (२०६६/९/३)
 2009-12-18 01:22:29
  
राजनीतिक सहमतिका माध्यमबाट निर्धारित समयमानै संविधान निर्माण सहित शान्ति र सुरक्षाको सुनिश्चितताको लागि आम जनताबाट चौतर्फी रुपमा आग्रह भईरहेको अवस्थामा मुलुक पुनः अशान्ति, हड्ताल र बन्दको चपेटामा परेको कारण आम नागरिक, उद्योगी/व्यवसायी, नागरिक समाज एवं पेशागत संघ संस्थामा पुनः नैराश्यता एवं असंतोष व्याप्त भएको विश्लेषण उद्योगी/व्यवसायी एवं विभिन्न पेशागत संघ/संस्थाका पदाधिकारी एवं प्रतिनिधिहरुको नेपाल उद्योग वाणिज्य महासंघमा सम्पन्न वैठकमा गरिएको छ ।

बैठकले बन्द हड्तालका क्रियाकलाप लगायत श्रृङखावद्ध रुपमा हुन थालेका हत्या हिंसा, लुटपाट जस्ता घटनाले मुलुकमा दीगो शान्ति स्थापनाको हालको प्रयासलाई कतै पुरानै अवस्थामा पुर्याउने होकी भन्ने चिन्ता व्यक्त गर्दै बन्द, हड्तालजन्य गतिविधिले आम मानिसको स्वतन्त्रता पूर्वक जीवनयापन गर्न पाउने, स्वतन्त्रतापूर्वक आवात जावत, हिडडुल गर्न पाउने, व्यापार व्यवसाय गर्न पाउने जस्ता मौलिक अधिकार हनन हुने निष्कर्श सहित यस्ता क्रियाकलाप मानव अधिकार विरोधी समेत भएकाले मुलुकका जिम्मेवार राजनीतिक पार्टी तिनका भातृ संगठनबाट हुनु कुनै पनि अवस्थामा न्यायसंगत होइन भन्ने ठहर पनि गरेको छ ।

आजसम्म जतिपनि बन्द आयोजना भए त्यसबाट रातदिन काम गरेर विहान वेलुकाको हातमुख जोर्नुपर्ने वाध्य गरिव नेपाली जनता, आकष्मिक उपचारको खोजीमा छटपर्टाई रहने जनता, विद्यालय जाने वालवालिका, चौविसै घण्टा उद्योग कलकारखाना चलाएर राष्ट्रिय अर्थतन्त्रलाई बचाई राख्ने उद्यमी व्यवसायी, उद्योग व्यवसायमा कार्यरत लाखौं कामदार मजदुरहरु प्रत्यक्ष रुपमा प्रभावित भएका र यसबाट समष्टिमा मुलुकनै बरवाद हुने वास्तविकतालाई मनन गर्न पनि बैठकले बन्द आयोजकलाई गम्भीर आग्रह गर्दै यस्तो वातावरण र अवस्थामा उद्योग/व्यवसाय संचालन गर्न नसकिने जनाउंदै देहाय अनुसारको आव्हान वैठकले सरकार र बन्दकर्तासंग गरेको छ ।

१ बन्द आव्हान भएका दिन र बन्द कार्यक्रम भएका स्थानमा उद्योग धन्दा, कलकारखाना, व्यवसाय संचालन र खोल्नको लागि उद्योगी/व्यवसायी तयार छन तर सरकारले शान्ति सुरक्षाको प्रत्याभूति सहित आवश्यक व्यवस्था मिलाउनु पर्दछ । यसो नभएमा हड्तालबाट भएको र हुने क्षतिको क्षतिपूर्ति सरकार वा बन्द आयोजकले व्यहोर्नु पर्नेछ । साथै कसैको पनि बन्द हामी स्वीकार गर्दैनौं ।

२ एकिकृत नेकपा (माओवादी)लाई यही पौष ५, ६ र ७ गते आव्हान गरेको आम हड्ताल कार्यक्रम फिर्ता लिन आव्हान गर्दै सो कार्यक्रम फिर्ता गराउन सरकारका तर्फाट तत्तकाल आवश्यक पहल गरियोस । सरकारबाट सुरक्षाको प्रत्याभूति भएमा उद्योगी व्यवसायी आ-आफना उद्योग व्यवसाय संचालन गर्न तयार छन् ।


 
  
वारा, पर्सा रौतहटका वन्द उद्योग प्रतिष्ठानहरु तत्काल सुचारु गर्न नेउवामहासंघको गम्भीर आग्रह (२०६६/८/२६)
 2009-12-11 01:47:01
  
वीरगंजस्थित नेशनल मेडिकल कलेजको श्रम विवादलाई लिएर एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) निकट अखिल नेपाल ट्रेड युनियन महासंघ र सोही पार्टी निकट भोजपुरा उप-राज्य समितिद्वारा बारा, पर्सा रौतहट जिल्लाका सम्पूर्ण उद्योगहरु वुधवारदेखि अनिश्चितकालका लागि बन्द गरिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । शान्ति सुरक्षाको अत्यन्त कमजोर अवस्था र चर्को लोडसेडिङबाट पिल्सिएका उद्योग प्रतिष्ठानहरुमा श्रम ऐन विपरित अचानक गरिएका यस्ता गतिविधिले उद्योग व्यवसाय लगायत सिंगो अर्थतन्त्रलाईनै वर्वादी तर्फलैजाने होकि भन्नेमा महासंघ चिन्तित हुन पुगेको छ ।

मेडिकल कलेजको विवाद छुट्टै हो । तर कलेज संचालन भैरहनु जवकी कलेजको विवादलाई कारण बनाएर अन्य उद्योग व्यवसाय बन्द गर्नु कुनै हालतमा न्यायोचित होइन । एउटा क्षेत्रमा भएको श्रम विवादलाई माध्यम बनाएर अन्य क्षेत्रका उद्योग व्यवसायहरुलाई वलजफ्ती बन्दक बनाईनु कुनै पनि आधारमा तर्क संगत होइन र यस्ता कार्य अत्यन्त खेदजनक रहेको नेपाल उद्योग वाणिज्य महासंघको ठहर छ । अन्य क्षेत्रको समस्या र विवादको समाधान सोही क्षेत्रमा खोज्न तथा समस्त उद्योग क्षेत्रको वातावरणलाई विथोल्ने कार्य नगरि घोषित अनिश्चितकालिन उद्योग प्रतिष्ठान बन्द कार्यक्रम फिर्ता लिन सम्बन्धित पक्षसग आग्रह गर्दै अहिलेको मुलुकको संवेदनशीलतालाई मनन गरि यस्ता कार्यमाथि तत्तकाल हस्तक्षेप गरि उद्योग व्यवसाय सुचारु गर्ने वातावरण वनाई दिन महासंघ मुलुकका जिम्मेवार राजनीतिक दल समक्ष समेत गम्भीर आग्रह गर्दछ । साथै उक्त क्षेत्रमा अनिश्चितकालिन उद्योग प्रतिष्ठान बन्द गराउने कार्यमाथि हस्तक्षेप गरि उद्योग व्यवसाय तत्तकाल खोल्ने वातावरणका लागि सरकारका तर्फाट शीघ्र कदम चाल्न महासंघ आग्रह गर्दछ ।

साथै महासंघ यस्ता भिन्न प्रकृतिका विवादमा सामेल नभई आफ्नो कामप्रति उत्तिकै जिम्मेवारीपूर्वक लाग्न सवै श्रमिकहरुमा आव्हान गर्दै काम छाडेर आन्दोलनमा जाने श्रमिकहरुलाई "नो वर्क नो पे" (No Work No Pay) को व्यवस्था लागू गर्न सम्बन्धित सबैमा जानकारी गराउंदछ ।


 
  
बन्द हड्ताल कार्यक्रम प्रति नेउवामहासंघको गम्भीर ध्यानाकर्षण बन्द फिर्ता लिन आग्रह (२०६६/८/२३)
 2009-12-08 07:55:43
  
 
65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 
 
 



 © Copyright 2005-2013. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.
Designed and Maintained by Yomari