»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















Press Release
  
नेपाल तथा विश्व सम्बन्धी तथ्यांक पुस्तक २००८ प्रकाशित (२०६६।१।६)
 2009-04-21 01:35:02
  
नेपाल उद्योग वाणिज्य महासंघले नेपाल तथा विश्वः एक तथ्यांक नामक पुस्तकको सन् २००८ को संस्करण हालै प्रकाशमा ल्याएको छ ।

उक्त पुस्तकमा नेपाल सम्बन्धी आधारभूत जानकारीहरुका साथै उद्योग, वैदेशिक व्यापार एवं विदेशी विनिमय, वैदेशिक एवं संयुक्त लगानी, लगानीकर्ताको लागि आधारभूत जानकारी, कृषि, हवाई तथा सडक यातायात, विद्युत, पर्यटन, मुद्रा तथा वित्त, विनिमय दर, धितोपत्र बजार, मूल्य सूचकांकसंग सम्बन्धित तथ्यांकहरुका साथै दक्षिण एशियाली मुलुकहरु लगायत विश्व अर्थतन्त्रसंग सम्बन्धित महत्वपूर्ण तथ्यांकहरु समेत समावेश गरिएका छन् ।

त्यसैगरी सो पुस्तकमा राष्ट्रिय तथा औद्योगिक उत्पादन, औद्योगिक रोजगारी, वैदेशिक व्यापार, विदेशी विनिमय दर, पर्यटन आदिसंग सम्बन्धित ग्राफ चार्ट समेत प्रस्तुतीकरण गरिनुका साथै आर्थिक क्षेत्रका केही सान्दर्भिक प्रकाशनहरुको संक्षिप्त विवरण समेत प्रस्तुत गरिएको छ ।

सो पुस्तक नेपालमा तथा नेपालसंग व्यवसाय गर्नेहरुका लागि तथा विदेशी लगानीकर्ता, नीति निर्माता, योजनाकार, अनुसन्धानकर्ता, अर्थविद् तथा विद्यार्थीहरुको लागि समेत उपयोगी एवं रुचिकर हुने विश्वास लिइएको छ ।

यस पटक देखि सो पुस्तकलाई CD-ROM Version मा पनि निकालिएको छ ।

सो पुस्तकको मूल्य रु. ३००। तथा CD-ROM को मूल्य रु. २००। तोकिएको छ ।


 
  
महासंघ र यूनान उप-परिषद आपसी आर्थिक सम्बन्ध विस्तार गर्न सहमत - चीनको यूनान प्रान्तका व्यवसायिक प्रतिनिधिमण्डल नेउवामहासंघमा - (२०६६/१/१)
 2009-04-16 01:55:34
  
नेपाल र जनवादी गणतन्त्र चीनको यूनान प्रान्त बीचको आर्थिक तथा व्यवसायिक सम्वन्ध विस्तारको सम्भाव्यतालाई यथार्थतामा परिणत गर्न निजी क्षेत्रको तर्फबाट भएको प्रयासलाई तिब्रता दिनु पर्ने आवश्यकता नेपाली तथा चिनियां व्यवसायिक क्षेत्रबाट औल्याइएको छ ।

चीनको यूनान प्रान्तमा आगामी जुन ५ देखि ७ तारिखसम्म हुने चीन-दक्षिण एशिया व्यावसायिक मंचको चौथो बैठक (4th China-South Asia Business Forum), यूनानमै आयोजना हुने चाइना आयात निर्यात मेलाको सत्रौ संस्करण (17th Session of China Export & Import Fair) एवं दक्षिण एशियाली मुलुकहरुको दोश्रो वस्तु प्रदर्शनी (2nd South Asian Commodities Fair) मा नेपाली पक्षको सहभागिताका विषयमा छलफल गर्न नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणमा अन्तराष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चिनियाँ परिषद यूनान उप-परिषद (China Council for the Promotion of International Trade (CCPIT) Yunnan Sub-Council)का अध्यक्ष ली चियाशोउ (Li Jiasou) को नेतृत्वमा नेपाल आएको त्यहाँको यवसायिक प्रतिनिधिमण्डलसंग आज महासंघ सचिवालयमा भएको बैठकमा सो कुरा औल्याइएको हो ।

खासगरि दक्षिण एशियासंग मुख्य द्वारको रुपमा जोडन सकिने र दक्षिण तथा दक्षिण पूर्वी एशियासंग सिमाना जोडिएको पर्यटन, चिया तथा खनिज उद्योगमा सम्पन्न चीनको यूनान प्रान्त नेपालसंग सहकार्य गर्न तीव्र इच्छुक रहेको सो अवसरमा यूनानको प्रतिनिधिमण्डलले जोड दिएको छ ।

सो प्रतिनिधिमण्डलाई महासंघमा स्वागत गर्नुहुंदै महासंघका वरिष्ठ उपाध्यक्ष सुरज वैद्यले दुवै देश बीच आर्थिक तथा व्यवसायिक सम्वन्ध विस्तार तथा लगानी अभिवृद्धि गर्ने उद्देश्यले नेउवामहासंघ र सीसीपीआइटी बीच समझदारीपत्रमा हस्ताक्षर समेत भैसकेको स्मरण गर्नुहुंदै सो सहमती अनुसार व्यवसायिक प्रतिनिधिमण्डलको भ्रमण तथा व्यवसायिक सूचना आदान प्रदानमा समेत महत्वपूर्ण सहयोग मिलेको बताउनु भयो ।

सरकारी तहबाट मात्र नभै जनस्तरमा भएको सम्वन्ध विस्तारबाट पनि द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्वन्ध बिस्तार एवं लगानी प्रवर्द्धनमा सफलता मिलेको बताउनु हुंदै वरिष्ठ उपाध्यक्ष वैद्यले नेपालको चीनसंग रहेको उच्च व्यापार घाटालाई कम गर्न नेपाली वस्तुलाई चिनियां बजारमा सहुलियत प्रवेश दिनु पर्नेमा जोड दिनु भयो । वरिष्ठ उपाध्यक्ष वैद्यले नेपालमा उत्पादित वस्तुहरुको चीन तथा भारतमा ठूलो वजार रहेकाले नेपालमा यूनान प्रान्तबाट जलश्रोत, कृषि उद्योग तथा पर्यटन लगायतका क्षेत्रमा लगानीका लागि आव्हान समेत गर्नुभयो । विदेशी लगानीको आकर्षाका लागि सबै प्रकारको सहयोग गर्न नेपाल सरकार प्रतिवद्ध रहेको जानकारी गराउ“दै निजी क्षेत्रको तर्फाट आवश्यक सहयोग पुर्‍याउन महासंघ निकै अग्रसर रहेको स्पष्ट पार्नुभयो । वरिष्ठ उपाध्यक्ष वैद्यले चीन-दक्षिण एशिया व्यवसायिक मंचलाई बढी प्रतिफलमुखी वनाउनु पर्ने सुझाव पनि सो अवसरमा राख्नु भएको थियो ।

नेपाल सरकारले केही क्षेत्र बाहेक अधिकांश क्षेत्रलाई शत प्रतिशत विदेशी लगानीका लागि खुला गरेको र करका दरहरु पनि दक्षिण एशियाका अन्य देशहरुको तुलनामा अत्यन्त कम रहेको जानकारी गराउनुहुंदै वरिष्ठ उपाध्यक्ष वैद्यले चिनीयां उद्यमीहरुले नेपालसंग मिलेर थुप्रै क्षेत्रमा सहकार्य गर्न सक्ने स्पष्ट पार्नु भयो । साथै उहांले चिनीयां कच्चा पदार्थमा आधारित रहेर नेपालमा संयुक्त लगानीमा निर्माण सामग्री, उपभोग्य वस्तुहरु र खाद्य वस्तुहरु उत्पादन गर्ने उद्योगहरु स्थापना गर्न सकेमा दुवै देशलाई फाइदा हुने संभावना पनि औल्याउनु भयो ।

सो अवसरमा प्रतिनिधिमण्डलका नेता ली चियाशोउ (Li Jiasou) ले भ्रमणको उद्देश्य माथि प्रकाश पार्दै सीसीपीआइटी र नेउवामहासंघ बीचको सहमती अनुसारका उद्देश्यहरु पुरा गर्न यूनान शाखाले पुरा सहयोग पुर्‍याउने बताउनु भयो । यूनान प्रान्त वाह्य देशहरुसंग आर्थिक तथा व्यापारिक सम्वन्ध विस्तार गरी सकेको जानकारी दिनुहुंदै उहांले यो भ्रमणवाट यूनान प्रान्त र नेपाल बीचको आर्थिक सम्वन्ध विस्तारमा थप उर्जा दिने विश्वास व्यक्त गर्नु भयो ।

सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ र अन्तराष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चिनियाँ परिषद यूनान उपपरिषद (China Council for the Promotion of International Trade (CCPIT) - Yunnan Sub-Council) बीच आपसी आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले एक सहमतीपत्रमा हस्ताक्षर समेत भएको छ । महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष सुरज वैद्य तथा सीसीपीआइटी यूनानका अध्यक्ष ली चियाशोउले सहमतीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापत्रमा नेपाल र चीनको यूनान प्रान्त बीच आर्थिक, व्यापारिक, वैज्ञानिक, प्रविधि सम्बन्धी सहयोग प्रवर्द्धन गर्ने, व्यवसायिक सम्बन्ध विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्ने, उद्योग व्यापार व्यवसाय लगायत आर्थिक क्षेत्रसंग सम्बन्धित सबै प्रकारका सूचना तथा जानकारी एवं सम्बन्धित देशको व्यापार, लगानी सम्बन्धी नीति तथा कानूनको आदान प्रदान, सभा सम्मेलन, गोष्ठी, बैठक, अध्ययन भ्रमण, व्यापारिक भ्रमणको आदान प्रदान तथा आवश्यकताका आधारमा तालीम संचालन एवं एक अर्का देशमा व्यापार मेला महोत्सवको आयोजना मार्फ व्यापार विस्तारमा भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरि व्यापार तथा लगानीका सम्भव्य क्षेत्रहरुको सही पहिचान तथा सो सम्बन्धी सूचनाहरुको आदान प्रदानका अतिरिक्त दुवै देशको हीतका लागि एक अर्काले आवश्यक ठानेका अन्य व्यवसायिक गतिविधिहरु संयुक्त रुपमा संचालन गर्ने पनि सम्झौतापत्रमा उल्लेख गरिएको छ ।


 
  
महासंघको गम्भीर ध्यानाकर्षण (२०६५/१२/३१)
 2009-04-16 01:40:08
  
पाटन औद्योगिक क्षेत्र भित्र अखिल नेपाल औद्योगिक मजदुर संघ १ नम्बर एरिया समितिको नामबाट विभिन्न मागहरु राखी आज देखि सो औद्योगिक क्षेत्रको मूल ढोकानै बन्द गरी उद्योग सञ्चालनमा अवरोध उत्पन्न भएको भन्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

व्यवस्थानले पूरा गर्ननै नसक्ने खालका माग राखी सरकारको स्वामित्व र रेखदेखमा रहेको औद्योगिक क्षेत्रको मूल ढोकामा समेत सांचो लगाई काम गर्न चाहने मजदूरहरुलाई काममा जानबाट रोकी अवरोध खडा गर्न नहुने तर्फ सम्बन्धित पक्षको ध्याकर्षण गराउंदै यस प्रकारको गैर कानूनी बन्द एवं हडताल अवधिभरको तलव भत्ता दिन व्यवस्थापन वाध्य नहुने र यस सम्बन्धमा कल्याण तथा सुरक्षा समिति कार्यालय, पाटन औद्योगिक क्षेत्रले लिएको अडान प्रति ऐक्यबद्धता जनाउंदै उद्योग सुचारु सञ्चालन गरी वार्ताद्वारा समस्याको समाधान गर्न सम्बन्धित सबै पक्षमा महासंघ आग्रह गर्दछ ।


 
  
महासंघको ४३ औं वाषिर्क साधारण सभा, उद्योग वाणिज्य दिवस तथा राष्ट्रिय कृषि मेला आयोजना (२०६५/१२/२७)
 2009-04-16 01:21:21
  
नेपाल उद्योग वाणिज्य महासंघको ४३ औं वाषिर्क साधारण सभा चैत्र २८ र २९ गते काठमाडौंमा आयोजना हुने भएको छ । प्रत्येक वर्षचैत्र २८ गते मनाइदै आएको उद्योग वाणिज्य दिवस पनि यस वर्षेखि महासंघको वाषिर्क साधारण सभास“गै मनाउन थालिएको छ । सोही अवसरमा कृषि र कृषि व्यवसायमा भएको विकास र प्रगतिको झलक प्रस्तुत गर्ने र व्यवसायिक कृषिलाई बढावा दिने उद्देश्यका साथ राष्ट्रियस्तरको राष्ट्रिय कृषि मेला-२०६५ (Agro Expo 2009) समेत आयोजना हुने भएको छ ।

राष्ट्रिय कृषि मेला-२०६५ को राष्ट्रपति डा. रामवरण यादवबाट प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा विहान ९ बजे तथा महासंघको ४३ औं वाषिर्क साधारण सभा तथा उद्योग वाणिज्य दिवस-२०६५ को प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बाट अपरान्ह ४ बजे होटल हायात रिजेन्सी वौद्धमा समुद्घाटन हुने कार्यक्रम छ । साधारण सभा तथा उद्योग वाणिज्य दिवस कार्यक्रममा महासंघका ७५ जिल्लाका ९२ वटा जिल्ला/नगर उद्योग वाणिज्य संघहरु, ६८ वस्तुगत संघ, १० द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु, ३२१ वटा एसोसिएट सदस्यहरुबाट गरि करिव ७ सय जना प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता रहने कार्यक्रम छ । समुद्घाटन कार्यक्रममा प्रधानमन्त्रीबाट उत्कृष्ठ हुने महासंघका सदस्यहरु संघ/संस्थाहरुलाई कदर सम्मानबाट सम्मानित गर्ने कार्यक्रम पनि रहेको छ ।

नयाँ संविधानमा निजी क्षेत्रको भावनाहरुलाई पनि समावेश गराउने अभियानमा महासंघ जुटिरेहको सर्न्दर्भमा महासंघको साधारण सभाको दोश्रो दिन चैत्र २९ गते नयाँ संविधानका विषयमा निजी क्षेत्रको तर्फबाट संकलित सुझावका आधारमा तयार पारिएको निजी क्षेत्रको अवधारणा पत्र (Charter Paper) र आर्थिक रुपान्तरणबाट अर्थतन्त्रमा परेको प्रभाव विषयमा विस्तृत छलफल हुने कार्यक्रम छ । छलफलपछि आएका सुझाव समेतका आधारमा नया“ संविधानमा निजी क्षेत्रको अवधारणालाई अन्तिम रुप दिई संविधान सभा, संवैधानिक समिति, राजनीतिक दल तथा नेपाल सरकारमा पेश गर्ने कार्यक्रम रहेको छ । नयां संविधानमा निजी क्षेत्रको भूमिका सम्बन्धमा अधिवक्ता भीमार्जुन आचार्यबाट प्रस्तुती तथा आर्थिक रुपान्तरणबाट अर्थतन्त्रमा परेको प्रभाव विषयमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माबाट कार्यपत्र प्रस्तुती हुने कार्यक्रम रहेको छ ।

सरकारमा महासंघ विधिवत दर्ता भएको दिन चैत्र २८ गतेलाई वि. सं. २०५६ सालदेखि प्रत्येक वर्षमहासंघ र यसका सबै सदस्य संघ/संस्थाहरुले उद्योग वाणिज्य दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउ“दै आएका छन् भने नेपाल सरकारले पनि यस दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिएको छ । राष्ट्रिय वाषिर्क क्यालेण्डरमा समेत सो दिन उद्योग वाणिज्य दिवस अंकित गर्न थलिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ/कृषि उद्यम केन्द्रले नेपाल सरकारका विभिन्न निकाय तथा वस्तुगत संघहरुको सहयोगमा चैत्र २८ देखि-आगामी वैशाख १ सम्म चल्ने राष्ट्रिय कृषि मेला-२०६५ (Agro Expo 2009)को मुख्य नारा "आर्थिक उत्थानका लागि कृषि व्यवसायको विकास" भन्ने रहेको छ । राष्ट्रिय कृषि मेलामा विभिन्न करिव २ सयवटा स्टल मार्फ व्यवसायिक कृषिको झलक प्रस्तुत गरिने छ ।

वि.सं. २०२२ सालमा स्थापित महासंघको वाषिर्क साधारण सभामा अर्थतन्त्रका विविध पक्षहरुमा राष्ट्रिय तथा स्थानीय महत्वका समसामयिक बिषयहरु माथि समेत छलफल हुने छ । मुलुकभरीका उद्योगी व्यापारी व्यवसायीहरुको महत्वपूर्ण भेलाको रुपमा आयोजना हुने उक्त सभामा भाग लिन आएका विभिन्न जिल्लाका प्रतिनिधिहरुबाट आ-आफ्नो क्षेत्रमा भोग्नु परेका समस्याहरु वारे अवगत गराउने तथा उक्त अवसरमा समाधानको बाटो निर्दिष्ट गरिने छ ।

नयाँ राजनीतिक व्यवस्था, नया“ संविधान निर्माणको तयारी र आर्थिक तथा व्यवसायिक क्षेत्र अत्यन्त चुनौतीपूर्ण र अनेकन समस्यासंग संर्घष गरिरहेको अवस्थामा आयोजना हुन लागेको उक्त सभाले महासंघको आगामी भूमिकालाई मार्गनिर्देश समेत गर्ने छ ।

महासंघको दीर्घकालिन सोच र नीति अर्न्तर्गत महासंघमा थप विभिन्न केन्द्र एवं विभागको सञ्चालन व्यवस्था गरी सोही अनुसारको सचिवालय संगठनलाई प्रभावकारी बनाउने क्रममा हाल महासंघ भित्र मानव संसाधन विकास केन्द्र, विश्व व्यापार संगठन इकाई, दक्षिण एशियाली व्यावसायिक मञ्च जस्ता विभिन्न इकाई तथा कार्यक्रमहरु समेत सञ्चालन गरिएको छ । त्यसैगरी महासंघ भित्र कृषि उद्यम केन्द्र, इलम प्रशिक्षण केन्द्र, उजुरी सुनुवाई इकाई, व्यवसायिक मध्यस्थता केन्द्र, गैर आवासीय नेपाली एसोसिएसन सचिवालय, नेपाली युवा उद्यमी मंच, प्रविधि तथा व्यापार सूचना प्रवर्द्धन प्रणाली नेपाल नेशनल व्युरो (Technology and Trade Information Promotion System (TIPS) National Bureau), वीनरक इन्टरनेशनल (WINROCK International), साउथ यूरोप मीट्स साउथ एशिया (SEMSA) आदि परियोजनाहरु संचालित छन् ।

नेपाल र जनवादी गणतन्त्र चीन बीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहयोग विस्तार गर्ने उद्देश्यले नेपाल-चीन गैर सरकारी सहयोग मञ्च (Nepal China Non-Governmental Cooperation Forum) र नेपालमा भारतीय लगानीको प्रवाह तथा भारतमा नेपाली निर्यात बढाउने उद्देश्यले महासंघ र भारतीय उद्योग महासंघ (CII) बीच नेपाल-भारत संयुक्त आर्थिक परिषद् (Nepal India Joint Economic Council), पाकिस्तान र वंगलादेशसंग पनि त्यहांका उद्योग वाणिज्य महासंघहरु क्रमशः पाकिस्तान उद्योग वाणिज्य महासंघ र वंगलादेश उद्योग वाणिज्य महासंघसंग छुट्टाछुट्टै संयुक्त व्यवसायिक परिषद (Joint Business Council) गठन भई द्वीपक्षिय आर्थिक तथा व्यवसायिक सम्बन्ध विकास एवं विस्तारका कार्यहरु प्रभावकारी रुपमा हुंदै आएका छन् । त्यसैगरि महासंघस“ग हालसम्म विभिन्न देशका ३३ वटा उद्योग वाणिज्य संघ/महासंघहरुले द्विपक्षीय आर्थिक तथा व्यवसायिक सम्बन्ध विस्तारका लागि सहमतीपत्रमा हस्ताक्षर गरिसकेका छन् भने विभिन्न सात वटा प्रतिष्ठित अन्तराष्ट्रिय आर्थिक तथा व्यवसायिक संगठनहरुसंग महासंघको आवद्धता रहेको छ ।


 
  
प्रधानमन्त्रीका साथ निजी क्षेत्रको प्रतिनिधिमण्डलबाट भएको नर्वे र फिनलैण्डको भ्रमणका प्रमुख उपलव्धिहरु (२०६५/१२/२३)
 2009-04-05 03:56:42
  
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बाट नर्वे र फिनलैण्डको यही चैत्र १५ देखि २२ गतेसम्मको औपचारिक भ्रमणका साथ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको निजी क्षेत्रको प्रतिनिधिमण्डलको भ्रमण अत्यन्त उपलव्धिमूलक भएको छ ।

निजी क्षेत्रको उक्त प्रतिनिधिमण्डलमा महासंघको जलविद्युत विकास फोरमका संयोजक ज्ञानेन्द्रलाल प्रधान एवं महासंघका एशोसिएट सदस्यहरु हिमालयन वैंक लिमिटेड र ग्लोबल वैंक लिमिटेडका अध्यक्षहरु क्रमशः मनोज बहादुर श्रेष्ठ र चन्द्र प्रसाद ढकाल संलग्न हुनुहुन्थ्यो ।

साथै गैर आवासीय नेपाली संघ (NRN) का अध्यक्ष उपेन्द्र महतो पनि नेपाली प्रतिनिधिमण्डल साथ रहनु भएको थियो ।

निजी क्षेत्रको उक्त प्रतिनिधिमण्डलले प्रधानमन्त्रीको भ्रमणलाई उपलब्धिमूलक बनाउन सहयोग गर्नुका साथै जलविद्युत, उर्जा एवं अन्य संभाव्य क्षेत्रमा नर्वे र फिनलैण्डको लगानीका साथै ती देशबाट पर्यटन एवं उपयुक्त प्रविधि नेपालमा आकषिर्त गर्न पहल गर्नुका अतिरिक्त व्यापार विस्तार एवं आपसी सहयोगका क्षेत्रहरु सम्बन्धमा ती मुलुकका सरकारी क्षेत्रका साथै निजी क्षेत्रका औद्योगिक व्यवसायिक संघ/संस्थासंग विस्तृत छलफल गरेको थियो ।

प्रधानमन्त्रीको प्रथम चरणमा भएको नर्वेको (चैत्र १६, १७ र १८ गते) तीन दिने भ्रमणका क्रममा नर्वे सरकारले अनुदान ऋण सहयोग र लगानीका रुपमा नेपालको जलविद्युत विकासमा सहयोग गर्न चासो देखाएको छ । यस सम्बन्धमा नेपाल र नर्वे सरकार बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । नर्वेको एसएन पावरले नेपाली लगानीकर्ताको साझेदारीमा खिम्ती जलविद्युत परियोजनामा विकास गरेको छ भने पश्चिम सेतीमा पनि लगानीको तयारी गर्ने भएको छ र तामाकोशीमा लगानी गर्ने इच्छुक रही आएको छ । त्यसैगरी नेपालमा एउटा पोलिटेक्निकल इन्ष्टिच्यूट उपहार स्वरुप निर्माण गर्ने भएको छ ।

नेपाली निजी क्षेत्रको प्रतिनिधिमण्डल र नर्वेको नोराड (NORAD) एवं नर्वे विकास कोष (NOR Fund) संग भएको बैठकमा नविकरणीय उर्जा विकासका साथै उर्जा विकासमा नेपाली निजी क्षेत्रको क्षमता अभिबृद्धिका लागि प्राविधिक सहयोग एवं प्राविधिज्ञ पठाउने वारे बृहद छलफल भएको थियो ।

सो छलफलमा नेपाली निजी क्षेत्रले नेपाल उद्योग वाणिज्य महासंघ र जिल्ला विकास समिति महासंघद्वारा यसै वर्षललितपुरमा आयोजित सम्मेलनको घोषणा बमोजिम साना जलविद्युत आयोजनालाई कसरी विकास गर्न सकिन्छ भन्ने सम्बन्धमा महासंघबाट प्रस्ताव राखिएको थियो ।

उक्त प्रस्ताव अनुसार हाल देशका सम्भाव्य विशेषगरी पहाडि ४५ जिल्लामा जलविद्युत उत्पादन गरी ३०० गाउं विकास समितिलाई जलविद्युतसंग आवद्ध गर्ने रहेको छ ।

एक जिल्लामा १ देखि ५ मेगावाटसम्मको जलविद्युत उत्पादन गर्ने प्रस्ताव गरिएको उक्त प्रस्तावित योजनामा कम्तिमा १५० मेगावाट जलविद्युत उत्पादन हुने छ ।

उक्त योजनाका लागि NOR Fund ले काम गर्न इच्छा व्यक्त गरेको छ ।

सो योजना अघि बढेमा सार्वजनिक निजी-साझेदारी अवधारणा (PPP Concept) समेत प्रभावकारी रुपमा अघि बढ्न सघाउ पुग्ने छ ।

ती संस्थाहरुसंग भएको बैठकमा नेपालमा जलविद्युत विकासका लागि प्राविधिक सहयोग प्रदान गर्न, संचालनमा रहेका विद्युत आयोजनाहरुको क्षमता बृद्धि गर्न र हिम पर्वत पग्लिई विश्वव्यापि रुपमा बढ्दो तापक्रम (Global Warming) मा कसरी प्रभाव परिरहेको छ भन्ने सम्बन्धमा अध्ययन गर्न समेत नेपाली निजी क्षेत्रको प्रतिनिधिमण्डलले नर्वे सरकारलाई अनुरोध गरेको छ ।

त्यसैगरी प्रधानमन्त्रीबाट यही चैत्र १९, २० र २१ गते भएको फिनलैण्डको भ्रमणका क्रममा फिनलैण्ड सरकारले नेपालमा प्राविधिक शिक्षालय खोल्न सहयोग गर्ने इच्छा व्यक्त गर्नुका साथै नेपाली निजी क्षेत्रको प्रतिनिधिमण्डल र फिनलैण्डको निजी क्षेत्र बीच भएको बैठक एवं छलफलमा फिनिश पक्षले काठमाडौं स्वच्छ परियोजना (Kathmandu Clean Project) सम्बन्धमा विगतमा गरिएको अध्ययनलाई अघि बर्ढाई (१) फोहोर मैलाबाट उर्जा उत्पादन (२) पानी सुद्धिकरण र (३) हावाबाट उर्जा उत्पादन सम्बन्धी परियोजना सञ्चालन गर्ने इच्छा व्यक्त गरेको छ र यो परियोजना महासंघ मार्फत आउन सक्ने सम्भावना देखिएको छ ।

त्यसैगरी द्विपक्षीय व्यापारिक एवं आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र द सेन्ट्रल चेम्बर अफ कमर्स अफ फिनलैण्ड (The Central Chamber of Commerce of Finland) बीच एक संयुक्त सहयोग सम्झौता (Joint Cooperation Agreement) मा चैत्र २० गते फिनलैण्डमा हस्ताक्षर भएको छ ।

महासंघका अध्यक्ष कुशकुमार जोशी र फिनलैण्डको उक्त चेम्बरका महानिर्देशक डा. कारि जलास (Dr. Kari Jalas) ले हस्ताक्षर गर्नु भएको उक्त सम्झौता अनुसार साना तथा मझौला उद्यमको विकासका साथै संस्थागत सामाजिक दायित्व (CSR) एवं आर्थिक प्राविधिक लगायत सम्भाव्य सहयोगको आदान प्रदान, व्यापारिक सूचना र प्रतिनिधिमण्डलको आदान प्रदान प्रमुख रहेका छन् ।

यस अघि महासंघ र फिनलैण्डको उक्त संस्था बीच सन् १९९३ मा समझदारीपत्रमा हस्ताक्षर भई आपसी सहयोग र सर्म्पर्क विस्तार एवं औद्योगिक व्यापारिक सूचना एवं जानकारीको आदान प्रदान हुंदै आएको थियो ।

ती मुलुकहरुको भ्रमणको क्रममा भएको सरकारी तथा निजी क्षेत्र बीचको बैठक एवं छलफलबाट मुख्यतया जलविद्युत, उर्जा, व्यापार, पर्यटन तथा लगानी विस्तार, आर्थिक प्राविधिक सहयोग, प्राविधिक जनशक्तिको विकास, रोजगारी सृजना, सरसफाई, निजी क्षेत्रको क्षमता विकास, वातावरणीय विकास, जस्ता क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने देखिएको छ ।


 
 
 
82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 
 
 



 © Copyright 2005-2013. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.
Designed and Maintained by Yomari