»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















Press Release
  
महासंघका अध्यक्ष एवं र्टर्कीका राजदुत बीचको भेटमा नेपाल र र्टर्की बीच आर्थिक सम्बन्ध विस्तारमा जोड (२०६५/११/३०)
 2009-03-13 05:09:42
  
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी र नेपालका लागि र्टर्कीका राजदुत लेवेन्ट विलम्यान (Lebent Bilman, Ambassador of Turkey) बीच आज महासंघ सचिवालयमा भएको भेटमा नेपाल र र्टर्की एक आपसमा व्यापार, लगानी, पर्यटन तथा प्रविधि विस्तारका विषयमा विस्तृत छलफल भयो ।

सो अवसरमा दुइ देश बीच हाल रहेको न्यूनतम आयात निर्यात व्यापारलाई बढोत्तरी गर्ने विषयमा पनि जोड दिइएको थियो । एक तथ्यांक अनुसार सन् २००७/०८ मा नेपालबाट र्टर्कीतर्फरु. १० करोड ७७ लाख मूल्य वरावरको वस्तुहरु निर्यात भएको छ भने नेपालले रु. १० करोड ४१ लाख मुल्य वरोवरको वस्तु आयात गरेको थियो ।

सो अवसरमा राजदुतको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष जोशीले लगानी पर््रवर्द्धनका लागि प्रधानमन्त्रीको अध्यक्षतामा गठित लगानी पर््रवर्द्धन वोर्डले लगानीका लागि फाष्ट ट्रयाकका रुपमा काम गर्ने, १० वर्षा १० हजार मेगावाट जलविद्युत उत्पादन गर्ने र सन् २०११ लाई नेपाल भ्रमण वर्षमनाउने र प्रति वर्ष१० लाख पर्यटक भित्रयाउने लक्ष समेत रहेकोले जलविद्युत पर्यटन, कृषि उद्यम पर्ूवाधार विकास, स्वास्थ्य तथा शिक्षा लगायतका ठूला परियोजनामा र्टर्कीस लगानीका लागि पहल गर्न राजदुतसंग आग्रह गर्नुभयो ।

अध्यक्ष जोशीले नेपाली निजी क्षेत्रको प्रतिनिधिमण्डलले हालै गरेको र्टर्की भ्रमणका क्रममा त्यहांका राष्ट्रपति एवं औद्योगिक व्यवसायिक समूदायसंग भएको भेटघाट एवं अन्तरक्रिया तथा त्यहांको र्टर्की उद्योग वाणिज्य महासंघ (Confederation of Businessmen & Industrialists of Turkey) संग द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारका लागि स्मृतीपत्रमा हस्ताक्षर भएको उल्लेख स्मरण गर्दै नेपाली व्यवसायिक प्रतिधिमण्डलले अनुकुल समयमा र्टर्की भ्रमण गर्ने सोंच रहेको बताउनु भयो ।

नेपाल-र्टर्की उद्योग वाणिज्य संघका अध्यक्ष अखिलकुमार चापागार्“इ र नेपालका लागि र्टर्कीका अवैतनिक महावाणिज्य दूत सीपी खेतान समेतको उपस्थिति रहेको सो भेटघाटमा राजदुत विलम्यानले नेपालस“ग आर्थिक तथा व्यापारिक सम्झौता गर्न समेत र्टर्की इच्छुक रहेको र यसक्रममा सूचना एवं जानकारीको आदानप्रदानलाई तीव्रता दिनुपर्ने सुझाव सहित नेपालसंग लगानी एवं व्यापार विस्तारका लागि आफूले सक्दो पहल गर्ने विश्वास दिलाउनु भयो ।


 
  
जल विद्युत एवं उत्पादनशिल क्षेत्रमा भएको लगानीको श्रोत नखोजिने सहमति (२०६५/११/२८)
 2009-03-12 01:26:22
  
प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" संग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको निजी क्षेत्रको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गरी करको दायरामा आएको कुनै पनि क्षेत्रमा भएको लगानीलाई आयको स्वयं घोषणा (vdis) अन्तरगत श्रोत खोजिनु हुदैन भन्ने माग पुनः गरेको छ ।

अर्थ मन्त्री डा. बाबुराम भट्टर्राई समेतको उपस्थितिमा महासंघका अन्य पदाधिकारी एवं नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, होटल संघ (नेपाल), नेपाल समुद्रपार निकासी पैठारी संघ र नेपाल बैकर्स संघका पदाधिकारीहरु समेतको सहभागिता रहेको उक्त भेटघाटमा प्रतिनिधिमण्डलले देशको हरेक क्षेत्रमा लगानीको अवसर सृजना गर्न लगानीलाई प्रोत्साहन गर्नुपर्ने र त्यसको लागि सरकारले लगानी अनुकूलको कार्यक्रम (Package) ल्याई लगानीको परिभाषालाई समेत स्पष्ट पार्नुपर्ने माग गर्यो ।

उक्त अवसरमा अर्थ मन्त्री भट्टर्राईले लगानीको क्षेत्रलाई प्रोत्साहित गरी दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्न तथा पूंजी पलायन हुन नदिनका लागि नै आयको स्वयं घोषणा कार्यक्रम ल्याएको र सरकारले रोजगारी सृजना गर्ने उत्पादनशिल लगानी तथा जलविद्युतको क्षेत्रमा भएको लगानीको श्रोत नखोज्ने सहमति सहित त्यस्तो लगानीकर्ताले करको दायरामा आउनु नपर्ने स्पष्ट पार्नु भयो ।

उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले देशको वर्तमान परिस्थिति आर्थिक विकास नभएको कारणबाटनै र्सृजना भएको स्पष्ट पार्नु हुदै देशमा लगानी बढाउन र उद्योग व्यवसायलाई राहत दिन सरकारले आगामी आर्थिक वर्षो बजेटमा प्राथमिकता प्राप्त क्षेत्रका उद्योगहरुमा गरिने लगानी बारे स्पष्ट व्यवस्था गरी विशेष कार्यक्रम एवं योजनाको घोषणा गर्ने तय गरेको समेत उल्लेख गर्नुभयो ।


 
  
अन्तर्राष्ट्रिय वैठकद्वारा खाद्यान्नमा मुल्य वृद्धिको संकट सम्बन्धमा विभिन्न सिफारिस (२०६५/११/२८)
 2009-03-12 01:22:10
  
संयुक्त राष्ट्र संघीय नियोग लगायत विभिन्न मुलुकका सरकार, रोजगारदाता र कामदारहरुको सहभागितामा स्वीजरलैण्डको जेनेभामा हालै आयोजित त्रिपक्षीय अन्तर्राष्ट्रिय बैठकले सन् २००८ मा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Conference) द्वारा र्सवसम्मतिले अनुमोदित गरिवी निवारणका लागि ग्रामीण रोजगारी सम्बन्धी सुझावहरु तर्फध्यानाकर्ष0f गर्दै विश्व खाद्य संकट सम्बन्धमा विभिन्न सिफारिश गरेको छ ।

विश्व खाद्य सुरक्षाको आवश्यकता एवं अन्तरसम्बन्ध रहेका तत्वहरु दीगो कृषि प्रणाली, वनस्पति उर्जाको संरक्षण, उत्पादकत्वमा सुधार, बढ्दो माग अनुरुप खाद्यान्न उत्पादन बृद्धि, दीगो उद्यम व्यवसाय एवं सम्मानजक कामको विकास, व्यवसायिक सुरक्षा तथा स्वास्थ्य, रोजगारी सिर्जना जस्ता क्षेत्रमा विशेष जोड दिनु पर्ने सिफारिश गरेको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) र रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन (International Organization of Employers=IOE) द्वारा संयुक्त रुपमा आयोजित सम्मानजनक काममा खाद्यान्नको मूल्य संकटको प्रभाव (The Impact of food price crisisis on decent work) बिषयक उक्त त्रिपक्षीय प्राविधिक बैठकले सो सिफारिश गरेको हो ।

नेपाली निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले भाग लिनु भएको उक्त बैठकमा नेपाल लगायत अर्जेन्टिना, क्रोएशिया, जमैका, नाइजेरिया, न्यूजिल्याण्ड, सिनेगल, र्टर्की, भेनेजुएला आदि मुलुकको सहभागिता थियो ।

उक्त बैठकले आइएलओ तथा संयुक्त राष्ट्र संघीय उच्चस्तरीय खाद्य सुरक्षा संकट (Global Food Security Crisis) सम्बन्धी कार्यदल बीचको अन्तरक्रियालाई नियमन गर्न "आईएलओ गभर्निङ्ग वडी" लाई सिफारिश गर्नुका साथै प्रभावकारी सामाजिक सुरक्षाका लागि परिमाणजनक कार्यहरु गर्नु पर्ने, विश्वव्यापि सूचना तथा अनुगमन प्रणालीलाई सुदृढ गर्नु पर्ने, बनस्पति उर्जा (Biofuels) सम्बन्धी जनचेतना अन्तर्राष्ट्रिय रुपमानै विकास गर्नु पर्ने र यसका लागि आईएलओले सहयोग गर्नु पर्ने सुझाव दिएको छ ।

त्यसैगरी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खाद्य सुरक्षा नीतिका लागि सहयोग पुर्‍याउन सक्ने ग्रँमीण, जनशक्ति, श्रम बजार तथा उद्यम सम्बन्धी तथ्याङ्क संकलन एवं पुनरावलोकन गर्नु पर्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय नीति निर्माण एवं कार्यान्वयनका लागि खाद्य सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चस्तरीय कार्यदल र विभिन्न मुलुकमा खाद्य सुरक्षा सम्बन्धमा कार्यरत अधिकारीहरुलाई रोजगारदाता (Employers') तथा श्रम (Workers') संगठन सर्म्पर्क राखी कार्य गर्न सिफारिश गरेको छ । साथै उक्त बैठकले रोजगारी, आधारभूत सिद्धान्त एवं कामको अधिकार, सामाजिक सुरक्षा, कृषि क्षेत्रमा बालश्रम निवारण जस्ता कार्यमा आईएलओले विश्वव्यापि साझेदारको रुपमा सहयोग गर्नु पर्ने सिफारिश गरेको छ ।

महासंघका अध्यक्ष जोशीले नेपालमा हालैका वर्षरुका खाद्यान्नमा भएको चर्को मूल्य वृद्धि तथा त्यसबाट पर्न गएको प्रभाव एवं खाद्य असुरक्षाबाट उत्पन्न हुन सक्ने समस्यालाई समयमै निराकरण गर्न महासंघले संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रम (UN-World Food Program-UNWFP) संग मिलेर गरेका प्रयासहरु सम्बन्धी धारणा प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा अध्यक्ष जोशीले खाद्यान्नमा भएको चर्को मुल्य वृद्धि र यसबाट पर्न जाने संकटबाट बच्न समयमै सही सूचनाको आदान प्रदान, उपयुक्त खाद्य नीतिको अवलम्वन, प्रभावकारी आपूर्ति व्यवस्था तथा पर्याप्त भण्डारणको वन्दोवस्ती, मूल्य नियन्त्रण एवं वजार अनुगमन, स्वच्छ र पारदर्शी व्यापारको अभ्यास, पर्याप्त खाद्यान्न उत्पादनका लागि प्रोत्साहनदायी व्यवस्था तथा खाद्य संकलन प्रणालीमा सुधार लगायतका उपायहरु अवलम्वन गर्नुपर्ने सुझाव समेत व्यक्त गर्नु भएको थियो ।


 
  
नेपालमा टर्कीको लगानी विस्तारमा जोड (२०६५/११/२६)
 2009-03-12 01:15:11
  
नेपाल र र्टर्की बीच शिक्षा, स्वास्थ्य, उर्जा तथा वैकिङ लगायतका प्रमुख क्षेत्रहरुमा संयुक्त लगानी विस्तार गर्न सकिनेमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी र र्टर्की स्थित अन्तराष्ट्रिय विश्व विद्यालय एसोसिएसनका अध्यक्ष प्रो. डा. सेरिफ अली टोकलान (Prof, Dr. Serif Ali Tokalan, Chairman of International Association of University, Turky) को नेतृत्वमा नेपाल भ्रमणमा आएको ६ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा भएको भेटघाटमा सो कुरामा जोड दिइएको हो ।

भेटघाटका अवसरमा उर्जा, शिक्षा, स्वास्थ, लगानीका विषयमा र्टर्कीले हासिल गरेको सफलता अहिलेको पर्रि्रेक्षमा नेपालका लागि निकै उपयोगी हुनेमा जोड दिंदै र्टर्कीका लगानीकर्तालाई नेपालमा लगानीका लागि आवश्यक सहयोग गर्न नेपाली निजी क्षेत्र तत्पर रहेकोमा समेत जोड दिइएको थियो ।

महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डे तथा नेपाल र्टर्की उद्योग वाणिज्य संघका अध्यक्ष अखिलकुमार चापागार्“इको समेत उपस्थिति रहेको सो भेटघाटमा प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष कुशकुमार जोशीले हालै र्टर्की भ्रमणका क्रममा त्यहा“को विकासबाट आफू अत्यन्त प्रभावित भएको स्मरण गर्नुहुंदै नेपालमा र्टर्कीले खासगरि शिक्षा, उर्जा तथा लगानीका क्षेत्रमा हासिल गरेको सफलता आदान प्रदान गर्न उत्साहित भएको बताउनु भयो । अध्यक्ष जोशीले नेपालमा तुलनात्मक लाभका क्षेत्रहरु पर्यटन, उर्जा, शिक्षा, तथा वैकिङ क्षेत्रमा लगानीका लागि सो प्रतिनिधिमण्डलसंग आग्रह गर्नुभयो । सो अवसरमा अध्यक्ष जोशीले नेपालको आर्थिक विकासमा महासंघले खेलेको भूमिका माथि पनि जानकारी गराउनु भएको थियो ।

प्रतिनिधिमण्डलका प्रमुख सरिफ अली ( Serif Ali) ले नेपाल भ्रमणबाट आफू अत्यन्त प्रभावित भएको र नेपालमा र्टर्कीको लगानीको निकै ठूलो सम्भाव्यता रहेको आफूले पाएको बताउनु भयो । उहांले नेपालमा लगानी विस्तारका सम्बन्धमा नेपाली निजी क्षेत्रसंग सहकार्य गरि अघि बढ्न आफूहरु तयार रहेको समेत विश्वास दिलाउनु भयो ।


 
  
उद्योग संगठन मोरङ्गद्वारा सञ्चालित आन्दोलन प्रति समर्थन सहित ऐक्यबद्धता जाहेर (२०६५/११/२५)
 2009-03-08 04:47:57
  
वर्तमान अवस्थाको अकल्पनिय विद्युत लोडसेडिङ्ग, बन्द-हडताल, चन्दा आतंक लगायत उद्योग क्षेत्रले भोग्नु परिहेका जटिल समस्या समाधानको माग राख्दै उद्योग संगठन मोरङ्गको आयोजनामा सुनसरी-मोरङ्ग औद्योगिक कोरिडोरका उद्योगी व्यवसायीहरुद्वारा विगत दई सातादेखि सञ्चालित चरणबद्ध आन्दोलन प्रति नेपाल उद्योग वाणिज्य महासंघ जोडदार समर्थन सहित ऐक्यबद्धता जाहेर गर्दछ ।

राजनीतिक एजेण्डाको टुंगो लागि देश र जनताको ध्यान नया“ संविधान निर्माण तर्फ केन्द्रित भएको वर्तमान अवस्थामा मुलुकको समग्र विकासका लागि आर्थिक एजेण्डा सहित सिंगो मुलुक आर्थिक क्रान्ति तर्फ लाग्नु पर्नेमा यसको विपरित अशान्ति र असुरक्षा, दैनिक २० घण्टासम्मको लोडसेडिङ्ग, श्रम विवाद, निरन्तरको बन्द हडताल जस्ता गतिविधिले उद्योग व्यवसाय मात्र नभई दैनिक जनजीवननै ठप्प हुन पुगेको छ ।

उद्योग धन्दाको प्रमुख पूर्वाधारको रुपमा रहेको विद्युत शक्तिको अभाव लगायत औद्योगिक वातावरण अनुकूल नभएका कारण उद्योग स्वतः बन्द गर्नु स्थिति सृजना भएकोले यसबाट रोजगारी, राजश्व एवं अर्थतन्त्रनै अस्तव्यस्त भई मुलुक गम्भीर संकटमा फस्ने हुंदा तत्काल सो संगठनका मागलाई संबोधन गरी अनुकूल औद्योगिक व्यवसायिक वातावरण सृजना गर्न महासंघ सरकारको गम्भीर ध्यानाकर्षा गर्दछ ।

साथै सो समस्या तत्काल समाधान नभएमा देशभरका सम्पूर्ण उद्योग बन्द गर्नु पर्ने अवस्था आई सकेको तर्फ पनि महासंघ सरकारको ध्यानाकर्षण गराउंदछ ।


 
 
 
85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 
 
 



 © Copyright 2005-2013. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.
Designed and Maintained by Yomari