»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















Press Release
  
आर्थिक क्रियाकलाप विस्तार एवं अर्थतन्त्र र रोजगारी प्रवर्द्धनमा मेला/महोत्सव महत्वपूर्ण (२०६५/९/२३)
 2009-01-08 03:27:41
  
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्ण प्रसाद ताम्राकारले देशका विभिन्न भागका कला र शीप सहित उत्पादन तथा स्थानीय व्यवसायको प्रवर्द्धन मार्फत उद्योग व्यापार लगायतको आर्थिक क्रियाकलाप विस्तार गरी राष्ट्रिय अर्थतन्त्र र रोजगारी प्रवर्द्धनका साथै गरिवी निवारणमा सघाउ पुर्‍याउने उद्देश्यले महासंघले आफ्ना सदस्यहरुलाई मेला महोत्सव तर्फनिरन्तर रुपमा प्रोत्साहित गर्दै आएको बताउनु भएको छ ।

सो क्रममा महासंघ समेतको सहयोगमा गत वर्ष २२ वटा र यस वर्षो हालसम्ममा करिव एक दर्जन मेला/महोत्सव सम्पन्न भईसकेको उल्लेख गर्नु हुदै यस्ता कार्यक्रम आयोजना गर्नमा निकासी तथा निर्यात प्रवर्द्धन समित, घरेलु तथा साना उद्योग विकास कोष र नेपाल पर्यटन बोर्ड समेतले प्रोत्साहित गर्दै आएको उल्लेख गर्नुभयो ।

वालिङ्ग महोत्सव-२०६५ सम्बन्धमा महासंघमा आयोजित पत्रकार सम्मेलनमा उहांले सो कुरा उल्लेख गर्नु भएको हो ।

एकदशक लामो द्वन्दका समयमा समेत देशका विभिन्न भागमा मेला/महोत्सव मार्फत महासंघले आर्थिक क्रियाकलापलाई जीवन्त राख्न योगदान गर्दै आएको स्मरण गर्नु हुदै वालिङ्ग उद्योग वाणिज्य संघको सक्रियता एवं सरकार र स्थानीय सहयोगमा वालिङ्गमा निर्माण भईरहेको बहुउद्देश्यीय सामूदायिक भवन निर्माणका लागि सवै पक्षबाट सहयोग हुने अपेक्षा गर्नुभयो ।

महासंघको मेला तथा प्रदर्शनी समितिका सभापति ए.जी. शेर्पाले विश्वका विकसित एवं विकासोन्मुख मुलुकमा उत्पादन र सेवाको प्रवर्द्धनमा मेला/महोत्सवले पुर्‍याउंदै आएको उल्लेखनीय योगदानलाई समेत दृष्टिगत गरी नेपाली उत्पादन र सेवाको प्रवर्द्धनका लागि महासंघले त्यस्ता कार्यक्रमलाई प्रोत्साहित गर्दै आएको उल्लेख गर्नुहुदै देशमा राजनीतिक क्रान्ति टुङ्गो लागि सकेको अवस्थामा आर्थिक क्रान्तिलाई अघि बढाउन समेत मेला/महोत्सवलाई त्रि्रता दिइएको बताउनु भयो ।

महासंघको स्थल यातायात तथा पारवहन समितिका सभापति चोपनारायण श्रेष्ठ समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा वालिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष ले. याम बहादुर गुरुङ्गले स्याङ्गजा मात्र नभई पर्वत, गुल्मी, पाल्पा लगायतको व्यापारिक केन्द्रविन्दुको रुपमा रहेको वालिङ्गमा स्थानीय उत्पादन प्रदर्शन गरी उद्योग व्यापार, कृषि तथा पर्यटन प्रवद्धनका साथै आय आर्जनको चेतना जगाउन उक्त महोत्सव महत्वपूर्ण हुने उल्लेख गर्नु हुदै वालिङ्ग सुन्तला, कफि, उखु र जडिवुटिका लागि महत्वपूर्ण भएकोले त्यस्ता नगदेवालीको प्रवर्द्धनमा समेत महोत्सवबाट ठूलो योगदान पुग्न सक्ने धारणा व्यक्त गर्नु भयो ।

वालिङ्ग नगरपालिका तथा आसपासका गाविसहरुको समग्र आर्थिक, सामाजिक उत्थानका लागि उद्योग व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका विविध पक्षको प्रवर्द्धन गर्दै वालिङ्ग तथा सिंगो स्याङजा जिल्लाकै पहिचान राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यले (आयोजित वालिङ्ग महोत्सव पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक, पर्यटन, कृषि तथा व्यापार मेला) आगामी माघ १ गतेदेखि १८ गतेसम्म वालिङ्गको खेल मैदानमा हुदैछ ।

"हाम्रो गौरव हाम्रो शान, वालिङ्ग महोत्सव हाम्रो पहिचान" मूल नाराका साथ नेपाल उद्योग वाणिज्य महासंघ, वालिङ्ग उद्योग वाणिज्य संघ र नेपाल सरकार, घरेलु तथा साना उद्योग विकास कोषको आयोजनामा हुने उक्त महोत्सवका प्रमुख आकर्षाहरुमा कृषिजन्य एवं औद्योगिक उत्पादन, पर्यटन, बाल उद्यान, विभिन्न सांस्कृतिक कार्यक्रमहरु रहेका छन् । करिव दुई लाख दर्शक एवं पर्यटहरुले भ्रमण गर्ने तथा करिव ३ करोड ५० लाख आर्थिक कारोबार हुने अपेक्षा गरिएको उक्त महोत्सवमा जम्मा २०० वटा स्टलहरु रहने व्यवस्था छ ।

महोत्सवका मुख्य सहयोगीहरुमा वालिङ्ग नगरपालिका र जिल्ला विकास समिति, स्याङजा तथा सहयोगीहरुमा लेखनाथ उद्योग वाणिज्य संघ, जिटिजेड चेम्बर सपोर्ट कार्यक्रम, नेपाल चेम्बर अफ कमर्श, व्यापार तथा निकासी प्रवर्द्धन समिति, कृषि उद्यम केन्द्र, पोखरा र स्याङजा जिल्ला उद्योग वाणिज्य संघ एवं प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ ।


 
  
आन्दोलन अन्त गरी जुट उद्योग सुचारु सञ्चालनका साथै औद्योगिक शान्ति कायम गर्न महासंघद्वारा जोडदार आग्रह (२०६५/९/१७)
 2009-01-02 12:06:26
  
जुट उद्योगमा कार्यरत कामदार कर्मचारीहरुले संयुक्त जुट मिल संर्घष समिति मोरङ्ग, सुनसरीको नामबाट न्यूनतम पारिश्रमिकको बिषयलाई लिएर गत पाँच दिनदेखि सुनसरी र मोरङ्ग क्षेत्रका जुट मिलहरु बन्द गरेको तथा यही पौष १६ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सञ्चालनको क्रममा मोरङ्ग उद्योग संगठनको सचिवालयमा अनिश्चितकालिन तालाबन्दी गरिनुका साथै अन्य निकायहरुमा समेत त्यस्ता कार्यक्रम राखिएकोमा यस नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

देशमा शान्ति सुरक्षा विग्रंदै जानुका साथै विद्युत संकट लगायतका विभिन्न समस्याहरुका कारण उद्योग व्यवसाय थप संकटग्रस्त हुन पुगेको अवस्थामा जुट उद्योगका कामदार कर्मचारीको न्यूनतम वेतन सम्बन्धमा सरकारबाट त्रिपक्षीय कार्यदल गठन भई कार्य भई रहेको अवस्थामा समेत उद्योग बन्द, तालाबन्दी, घेराउ सहित सञ्चालित सञ्चालन हुने आन्दोलनका कार्यक्रमले स्थितिलाई अझै जटिल बनाएको छ । यस प्रकारका गतिविधिले देशमा औद्योगिक शान्ति खलबलिन जाने र यसबाट उद्योग तथा उद्योगमा कार्यरत कामदार कर्मचारी समेतलाई ठूलो नोक्सानी पर्न जाने भएकोले कुनै पनि विवाद शान्तिपूर्ण वार्ताको माध्यमबाट समाधान गरिनु पर्दछ भन्नेमा यस महासंघ दृढ रहेको छ ।

तर्सथ हाल उत्पन्न विवाद समाधानका लागि सम्बन्धित सबै पक्षहरु बीच शीघ्र वार्ता गरी उद्योग सुचारु सञ्चालन गर्नुका साथै शान्तिपूर्ण औद्योगिक वातावरण कायम गर्न महासंघ सम्बन्धित सबैसंग जोडदार आग्रह गर्दछ ।


 
  
नेउवामहासंघसंग निर्माण व्यवसायका समस्या समाधानका लागि पहल गर्न निर्माण व्यवसायी महासंघको आग्रह (२०६५/९/१६)
 2008-12-31 08:05:09
  
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीसंग नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष यक्षध्वज कार्कीको नेतृत्वमा आएको सो महासंघको प्रतिनिधिमण्डलले हिजो महासंघ सचिवालयमा भेटगरि निर्माण व्यवसाय क्षेत्रमा हाल देखापरेका समस्याका विषयमा विस्तृत छलफल गर्‍यो ।

महासंघका उपाध्यक्षहरु कृष्णप्रसाद ताम्राकार र प्रदीपजंग पाण्डेको पनि उपस्थिति रहेको उक्त भेटघाटमा निर्माण व्यवसायी महासंघका अध्यक्ष कार्कीले नेपाल सरकारले हालै उपभोक्ता समिति मार्फ रु. ६० लाखसम्मका निर्माण कार्य गराउने सम्बन्धमा गरेको निर्णयबाट साना निर्माण व्यवसायीहरुको रोजीरोटी समेत गुम्न जाने अवस्था सृजना भएकोले उक्त निर्णय तत्काल पुनरविचार गरी यस अघिकै व्यवस्था लागू गर्नुपर्ने, निर्माण क्षेत्रमा न्यूनतम वेतन लगायतका विषयमा उत्पन्न श्रम समस्यालाई तत्काल सम्वोधन गर्नुपर्ने, वोलपत्र प्रक्रियाका अनियमितता तथा हुलहुज्जत नियन्त्रण गरि पूर्ण प्रतिस्पर्धामा निर्माण कार्य गर्ने/गराउने वातावरण सृजना हुनुपर्ने र यसका लागि नेपाल उद्योग वाणिज्य महासंघबाट सरकारमा जोडदार पहल हुन आग्रह गर्नुभयो ।

निर्माण व्यवसाय लगायत अधिकांश उद्योग व्यवसाय चल्नै नसक्ने अवस्थामा पुगेकाले निजी क्षेत्रको साझा सवालमा दुवै महासंघ एक भएर अगाडी बढ्नु पर्नेमा जोड दिंदै उहांले निर्माण व्यवसायी महासंघ वर्तमान समस्या समाधानका लागि उद्योग वाणिज्य महासंघले गरेका सबै प्रयासमा एक साथ अघि बढ्ने प्रतिवद्धता समेत जनाउनु भयो । साथै अध्यक्ष कार्कीले र्सार्वजनिक खरिद ऐन-२०६३ र र्सार्वजनिक खरिद नियमावली-२०६४ अनुसार र्सार्वजनिक निर्माण कार्य हुनुपर्नेमा पनि जोड दिनु भयो ।

सो अवसरमा निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले सरकारले हालै ल्याएको नीति कानूनहरु निर्माण व्यवसायलाई प्रोत्साहन दिने भन्दा पनि हतोत्साहित पार्नेतर्फबढी उद्दत देखिएकाले सरकारी निर्णय पुनरविचार हुनुपर्नेमा जोड दिएको थियो ।

सो अवसरमा महासंघका अध्यक्ष जोशीले चर्को लोडसेडिङ, श्रम समस्या तथा शान्ति सुरक्षाको पेचिलो अवस्थाले उद्योग व्यवसाय गर्नै नसक्ने अवस्था सृजना भएको तर्फगम्भीरता जनाउंदै वर्तमान अन्यौलको अवस्थाबाट राष्ट्रलाई सकुसल बचाउन व्यवसायिक एकतामा जोड दिनुभयो । अध्यक्ष जोशीले वर्तमान अन्यौलको अवस्थाबाट उद्योग व्यवसाय क्षेत्रलाई परेका समस्या तथा भोग्नु परेको क्षतिको उचित मूल्यांकन गर्न महासंघले छिट्टै सदस्य संघ/संस्थाहरुसंग वृहद छलफल गर्ने र निष्कर्षनिकालेर कार्यान्वयनका लागि सरकारलाई वुझाउने सोंच रहेको पनि जानकारी गराउनु भयो । निर्माण व्यवसायमा देखिएको राजनीतिक हस्तक्षेपबाट सच्चा निर्माण व्यवसायीलाई परेको असरप्रति गम्भीरता जनाउंदै अध्यक्ष जोशीले यस प्रकारको विकृतिको अन्त्यका लागि निजी क्षेत्र एकभएर अघि बढ्नु पर्नेमा जोड दिनु भयो । निर्माण व्यवसायीका समस्याप्रति आफू गम्भीर भएको र समस्या समाधानमा महासंघका तर्फाट सक्दो सहयोग पुर्‍याउने विश्वास दिलाउंदै अध्यक्ष जोशीले र्सार्वजनिक खरिद ऐनको परिमार्जनमा जोड दिनुभयो ।

उक्त भेटघाटमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्यहरु डीवी वस्नेत, दिनेश श्रेष्ठ, प्रदीपमान वैद्य, किशोरकुमार प्रधान, लोक विक्रम थापा, आजाद श्रेष्ठ, सुकुन्तलाल हिराचन तथा निर्माण व्यवसायी महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।


 
  
मध्यपश्चिम महोत्सव-२०६५: महासंघका अध्यक्ष जोशीद्वारा शान्ति, सुव्यवस्था र उर्जा सहितको औद्योगिक वातावरण बनाउन आग्रह (२०६५/९/१५)
 2008-12-30 02:10:17
  
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले शान्ति, सुव्यवस्था र उर्जा सहितको औद्योगिक वातावरण बनाउन आग्रह गर्नु भएको छ । उर्जा संकट सहित शान्ति सुरक्षाको यस्तै अवस्था रहेमा औद्योगिक संकटको घोषणा गर्नुपर्ने अवस्था आउने पनि अध्यक्ष जोशीले बताउनु भयो ।

आगामी माघ १३ देखि २४ गतेसम्म दाङ तुल्सीपुरमा आयोजना हुने मध्यपश्चिम महोत्सव-२०६५ का विषयमा जानकारी गराउन आज महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्वोधन गर्नुहुंदै अध्यक्ष जोशीले भन्नु भयो-लोड सेडिङका वखत उद्योग व्यवसायले व्यवहोर्नु परेको क्षतिको यथार्थ मूल्यांकन गरि छिट्टै सरकारलाई प्रस्ताव पेश गर्ने तयारीमा छौं ।

अध्यक्ष जोशीले महासंघले जस्तो सुकै कठिन अवस्थामा पनि मुलुकका विभिन्न स्थानहरुमा क्षेत्रीय तथा राष्ट्रियस्तरका मेला महोत्सवको आयोजना गरि अर्थतन्त्रलाई क्रियाशिल राख्ने कार्य गरेको बताउंदै मेला महोत्सवको आयोजनामा महासंघका सदस्य संघ/संस्थाहरुको सहयोगको सराहना गर्नुभयो ।

मध्यपश्चिममा आर्थिक गतिविधि विस्तार गर्दै त्यस क्षेत्रका जनताहरुको जीवनस्तर सुधार गर्ने कार्यमा मध्यपश्चिम महोत्सवले सघाउ पुर्‍याउने विश्वास प्रकट गर्नुहुंदै अध्यक्ष जोशीले स्थानीय आर्थिक गतिविधिलाई सशक्त पार्न महोत्सव निकै प्रभावकारी भएको अनुभव निजी क्षेत्रमा रहेको बताउनु भयो । उहांले मध्यपश्चिममा लगानी ल्याउन र त्यस क्षेत्रको स्थानीय उत्पादनको पर््रवर्द्धनमा महोत्सव कोषे ढुंगा हुने बताउनु भयो ।

महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले सुविधासम्पन्न प्रदर्शनी कक्षको अभाव भैरहेको अवस्थामा जतिसक्दो छिटो त्यसप्रकारको प्रदशनी स्थल बन्ने विश्वास निजी क्षेत्रलाई भएको बताउनु भयो । स्थानीय आर्थिक गतिविधिलाई सशक्त बनाउदै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउन व्यापार, मेला तथा महोत्सव निकै प्रभावकारी हुदै गएकोले महासंघले मेला महोत्सवको आयोजनामा जोड दिएको स्पष्ट पार्नुभयो ।

धन्यवाद मन्तव्य दिनुहुंदै महासंघका मेला तथा प्रदर्शनी समितिका सभापति एजी शेर्पाले समग्रमा मेला महोत्सवले स्थानीय राष्ट्रिय आर्थिक विकासमा ठूलो योगदान पुर्‍याएको बताउनु भयो । उहांले मेला महोत्सवका उत्कृष्ट उत्पादनहरुलाई विशेष प्रोत्साहन दिने नीति लिएको पनि जानकारी गराउनु भयो ।

पत्रकार सम्मेलनमा महासंघका कार्यकारिणी समितिका सदस्यहरु डीबी वस्नेत, लोकविक्रम थापा, निरक केसी र आजाद श्रेष्ठ र तुल्सीपुर उद्योग वाणिज्य संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।


 
  
दमक महोत्सव र पूर्वाञ्चल क्षेत्रीय महोत्सव-२०६५ का विषयमा पत्रकार सम्मेलन: महासंघका उपाध्यक्ष ताम्राकारद्वारा अन्तराष्ट्रियस्तरको प्रदर्शनी कक्षको निर्माणमा जोड (२०६५/९/१३)
 2008-12-28 08:53:18
  
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले स्थानीय आर्थिक गतिविधिलाई सशक्त बनाउदै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउन व्यापार मेला तथा महोत्सव निकै प्रभावकारी हुदै गएकोले महासंघले व्यापार मेला महोत्सवको आयोजनामा जोड दिंदै आएको बताउनु भएको छ ।

यही पौष १८ देखि २७ गतेसम्म झापामा आयोजना हुने दमक महोत्सव-२०६५ (पूर्वाञ्चल औद्योगिक व्यापार, पर्यटन एवं कृषि महोत्सव) तथा आगामी माघ १६ देखि २६ गतेसम्म उदयपुरको त्रियुगा गाईघाटमा आयोजना हुने पूर्वाञ्चल क्षेत्रीय महोत्सव-२०६५का विषयमा जानकारी दिन आज महासंघ सचिवालयमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुंदै उपाध्यक्ष ताम्राकारले स्थानीय उत्पादनको प्रवर्द्धनमा पनि मेला/महोत्सवको महत्व रहेको वताउनु भयो । नेपाल उद्योग वाणिज्य महासंघ समेतको सहभागितामा झापामा दमक उद्योग वाणिज्य संघ र गाईघाटमा त्रियुगा उद्योग वाणिज्य संघद्वारा स्थानीय निकायहरुको सहयोग तथा सहभागितामा उक्त महोत्सव आयोजना हुन लागेको हो ।

उपाध्यक्ष ताम्राकारले सुविधासम्पन्न प्रदर्शनी कक्षको निर्माणमा जोड दिंदै त्यस प्रकारको प्रदशनी स्थलको अभावमा अन्तर्राष्ट्रियस्तरको महोत्सव आयोजना गर्न नसकिएको बताउनु भयो । प्रदर्शनी कक्षको निर्माणमा राज्यको ध्यान जानु पर्नेमा पनि उहांले जोड दिनु भयो ।

धन्यवाद मन्तव्य दिनुहुंदै महासंघका मेला तथा प्रदर्शनी समितिका सभापति एजी शेर्पाले समग्रमा मेला महोत्सवले स्थानीय राष्ट्रिय आर्थिक विकासमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गर्दै महासंघले मेला महोत्सवको आयोजनामा निरन्तरता दिंदै जाने बताउनु भयो । उहांले यस वर्षकरिव ३१ वटा मेला महोत्सवको आयोजना गर्ने कार्यक्रम रहेकोमा अहिलेसम्म ८ वटा मेला महोत्सव सम्पन्न भैसकेको जानकारी गराउनु भयो ।

पत्रकार सम्मेलनमा दमक उद्योग वाणिज्य संघका महासचिव तीर्थराज वस्नेत (शंकर) र त्रियुगा उद्योग वाणिज्य संघका महासचिव गोपाल श्रेष्ठले महोत्सवका वारे विस्तृत जानकारी गराउनु भएको थियो । पत्रकार सम्मेलनमा महासंघको मेला तथा प्रदर्शनी समितिका सदस्यहरु तथा दुवै उद्योग वाणिज्य संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


 
 
 
89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 
 
 



 © Copyright 2005-2013. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.
Designed and Maintained by Yomari