»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category

Press Release
  
लेखनाथ महोत्सव-२०६५(२०६५/९/१)
 2008-12-18 01:54:29
  
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले स्थानीय आर्थिक गतिविधिलाई सशक्त बनाउदै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउन व्यापार मेला तथा महोत्सव निकै प्रभावकारी हुदै गएकोले महासंघले व्यापार मेला महोत्सवको आयोजनामा जोड दिंदै आएको बताउनु भएको छ ।

आगामी माघ ९ देखि १९ गतेसम्म कांश्की लेखनाथमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार वाणिज्य मन्त्रालय समेतको सहभागितामा लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजना हुन लागेको पांचौ लेखनाथ महोत्सव-२०६५ का सम्बन्धमा जानकारी दिन आज महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुंदै अध्यक्ष जोशीले चर्को लोडसेडिंङ, औद्योगिक असुरक्षा र श्रम विवादका कारण उद्योग व्यवसाय प्रभावित भएको बताउनु भयो । लोडसेडिंङको अन्त्य गर्न महासंघले नेपाल सरकारलाई दिएको सुझाब कार्यान्वयन गरे आगामी तीन महिनामा लोडसेडिंङ अन्त्य हुने दाबी गर्नुहुंदै अध्यक्ष जोशीले सरकारले राष्ट्रलाई उर्जा संकटग्रस्त राष्ट्रको रुपमा घोषणा गर्नुपर्ने बताउनु भयो ।

महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले मुलुकमा अन्तर्रर्ााट्रयस्तरको पर््रदर्शनी कक्षको अभावमा ठूल्ठूला मेला महोत्सव आयोजन गर्न नसकिएको यथार्थता राख्नुहुंदै त्यस प्रकारको पर््रदर्शनी कक्षको निर्माणमा राज्यको ध्यान जानु पर्नेमा जोड दिनु भयो ।

धन्यवाद मन्तव्य दिनुहुंदै महासंघका मेला तथा पर््रदर्शनी समितिका सभापति एजी शर्ेपाले समग्रमा लेखनाथ महोत्सवले स्थानीय राष्ट्रिय आर्थिक विकासमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गर्दै महासंघले मेला महोत्सवको आयोजनामा निरन्तरता दिंदै जाने बताउनु भयो ।

महासंघको आपर्ुर्ति समितिका सभापति एवं लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको समेत उपस्थिति रहेको सो पत्रकार सम्मेलनमा कांश्की जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, लेखनाथ नगरपालिकाका कार्यकारि अधिकृत हर्रि्रसाद किरण ओझा, राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधि भुपेन्द्र पाण्डे लगायतले मन्तव्य दिनुभएको थियो । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष चतुराखर अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका सम्मानित व्यक्तित्व हरिहर सुवेदी र महासचिव लक्ष्मीप्रसाद त्रिपाठीको पनि उपस्थिति थियो ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले स्थानीय आर्थिक गतिविधिलाई सशक्त बनाउदै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउन व्यापार मेला तथा महोत्सव निकै प्रभावकारी हुदै गएकोले महासंघले व्यापार मेला महोत्सवको आयोजनामा जोड दिंदै आएको बताउनु भएको छ ।

आगामी माघ ९ देखि १९ गतेसम्म कांश्की लेखनाथमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार वाणिज्य मन्त्रालय समेतको सहभागितामा लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजना हुन लागेको पांचौ लेखनाथ महोत्सव-२०६५ का सम्बन्धमा जानकारी दिन आज महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुंदै अध्यक्ष जोशीले चर्को लोडसेडिंङ, औद्योगिक असुरक्षा र श्रम विवादका कारण उद्योग व्यवसाय प्रभावित भएको बताउनु भयो । लोडसेडिंङको अन्त्य गर्न महासंघले नेपाल सरकारलाई दिएको सुझाब कार्यान्वयन गरे आगामी तीन महिनामा लोडसेडिंङ अन्त्य हुने दाबी गर्नुहुंदै अध्यक्ष जोशीले सरकारले राष्ट्रलाई उर्जा संकटग्रस्त राष्ट्रको रुपमा घोषणा गर्नुपर्ने बताउनु भयो ।

महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले मुलुकमा अन्तर्रर्ााट्रयस्तरको पर््रदर्शनी कक्षको अभावमा ठूल्ठूला मेला महोत्सव आयोजन गर्न नसकिएको यथार्थता राख्नुहुंदै त्यस प्रकारको पर््रदर्शनी कक्षको निर्माणमा राज्यको ध्यान जानु पर्नेमा जोड दिनु भयो ।

धन्यवाद मन्तव्य दिनुहुंदै महासंघका मेला तथा पर््रदर्शनी समितिका सभापति एजी शेपाले समग्रमा लेखनाथ महोत्सवले स्थानीय राष्ट्रिय आर्थिक विकासमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गर्दै महासंघले मेला महोत्सवको आयोजनामा निरन्तरता दिंदै जाने बताउनु भयो ।

महासंघको आपर्ुर्ति समितिका सभापति एवं लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको समेत उपस्थिति रहेको सो पत्रकार सम्मेलनमा कांश्की जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, लेखनाथ नगरपालिकाका कार्यकारि अधिकृत हर्रि्रसाद किरण ओझा, राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधि भुपेन्द्र पाण्डे लगायतले मन्तव्य दिनुभएको थियो । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष चतुराखर अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका सम्मानित व्यक्तित्व हरिहर सुवेदी र महासचिव लक्ष्मीप्रसाद त्रिपाठीको पनि उपस्थिति थियो ।

महासंघको कार्यकारिणी समितिमा सदस्यहरुको पद पूर्ति (२०६५/८/२६)
 2008-12-15 08:09:30
  
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा पूर्वाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कुमार गोल्छा र पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र कुमार अग्रहरी रहनु भएको छ ।

क्षेत्रीय उद्योग वाणिज्य संघको निर्वाचित सभापति कार्यकारिणी समिति सदस्यमा रहने महासंघको विधानमा भएको व्यवस्था अनुसार उहांहरु उक्त पदमा रहनु भएको हो ।

त्यसैगरी बस्तुगत संघ तर्फको रिक्त कार्यकारिणी समिति सदस्यमा नेपाल फ्रेट फर्वार्र्डर्स एशोएशनका अध्यक्ष रामेश्वर के.सी. मनोनित हुनु भएको छ र आजाद श्रेष्ठ महासंघका अध्यक्षको तर्फबाट मनोनित हुनु भएको छ ।

अझै श्रम विवाद कायम रहनुका साथै औद्योगिक व्यवसायिक वातावरण बन्न नसकेकोमा महासंघको कार्यकारिणी समिति बैठकद्वारा गम्भीर चिन्ता व्यक्त (२०६५/८/२६)
 2008-12-11 07:45:14
  
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको अध्यक्षतामा हिजो बसेको महासंघको कार्यकारिणी समितिको पांचौ बैठकले न्यूनतम पारिश्रमिक लागू गर्ने सम्बन्धमा सम्बन्धित सबै पक्षहरु बीच सहमति भई राजपत्रमा समेत प्रकाशित भईसकेको अवस्थामा पनि हाल देशका विभिन्न भागका उद्योग प्रतिष्ठानहरुमा विभिन्न ट्रेड यूनियन महासंघसंग आवद्ध ट्रेड यूनियनहरुले नियम विपरित अल्टिमेटम दिएकोमा गम्भीर ध्यानाकर्षण गर्दै जवरजस्ती एवं गैर जिम्मेवारपूर्ण ढंगले हडताल तथा घेराउ जस्ता श्रम ऐन नियम विपरितका कार्यहरु तत्काल बन्द गरी स्वस्थ र सौहार्दपूर्ण वातावरण बनाई देशको औद्योगिक विकासमा योगदान पुर्‍याउनु सम्पूर्ण कामदार एवं ट्रेड यूनियनहरुको कर्तव्य भएको स्मरण गराएको छ ।

त्यसैगरी उक्त बैठकले विश्व आर्थिक मन्दीको प्रभाव नेपालमा न्यून गर्न सरकारले समयमै प्रभावकारी कदम चाल्नु पर्ने, शान्ति सुरक्षाको प्रत्याभूति सहित अनुकूल औद्योगिक व्यवसायिक वातावरण निर्माण गर्नु पर्ने, चन्दा आतंक र डर त्रासको वातावरणको अन्त गर्नु पर्ने तथा कर व्यवस्थालाई सरलिकरण गर्दै जानु पर्नेमा जटिल बनाउने र थप करका बोझहरु उद्योगी व्यवसायी माथि थोपर्नु नहुने, विद्युत लोड सेडिङ्गबाट उद्योग व्यवसाय क्षेत्रमा पर्ने प्रभाव न्यून गर्न तत्कालै आवश्यक कदम चाल्नु पर्ने तथा उद्योग, वाणिज्य एवं श्रम ऐनमा निजी क्षेत्रको सुझावलाई समेट्नु पर्नेमा समेत जोड दिएको छ ।

उक्त बैठकले महासंघको सदस्यता समितिको सिफारिश अनुसार विभिन्न ९ वटा औद्योगिक व्यवसायिक प्रतिष्ठान, कम्पनी, बैंक तथा उद्योगलाई एशोसिएट सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । नयां सदस्यता प्राप्त गर्नेहरुमा सिद्धार्थ इन्स्योरेन्स लिमिटेड, नेपाल एक्सप्रेस फाइनान्स लिमिटेड, किर्ती कार्पेट इन्डष्ट्रीज, हाइटेन्सन स्वीच गियर्स प्रा.लि., सिटिजन्स बैंक इन्टरनेशनल लि., इजी मल्टिट्रेड इन्टरनेशनल प्रा.लि., गोर्खा लाहारी प्रा.लि., दिप ज्योति ओभरसिज प्रा.लि. र ग्लोवल एलाईन्स कन्सल्टेन्सी छन् ।

बैठकले परिषद् एवं समिति सभापति तथा फोरम संयोजकहरुबाट प्रस्तुत प्रतिवेदन तथा महानिर्देशकको प्रतिवेदनलाई अनुमोदन गर्‍यो ।

बैठकलाई सम्बोधन गर्नु हुंदै महासंघका अध्यक्ष जोशीले विश्व आर्थिक मन्दीको प्रभावबाट नेपाललाई जोगाउन समयमानै सरकारले निजी क्षेत्र समेतको सहभागितामा योजनाबद्ध रुपमा नीति तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्नु पर्ने, उद्योग प्रतिष्ठानका कामदार/कर्मचारीहरुको न्यूनतम वेतनका बिषयमा महासंघबाट विभिन्न तहमा छलफल, वार्ता एवं सहमति भएता पनि यस विपरित कार्यस्थल (Work Place) मा अझै पनि भएको श्रम अशान्ति लगायत औद्योगिक सुरक्षाको अभावमा उद्योग व्यवसाय लगायत अर्थतन्त्रमै गम्भीर असर पर्न लागेको, औद्योगिक नीति, वाणिज्य नीति र बैदेशिक लगानी नीति सम्बन्धी सुझाव माथि विस्तृत छलफल जारी रहेको तथा सार्वजनिक-निजी साझेदारी (PPP) अवधारणालाई सरकारले प्रणाली (System) को रुपमा अघि बढाउनुका साथै यस सम्बन्धी स्पष्ट नीति ल्याउनु पर्नेमा जोड दिनु भयो ।

महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार समितिका सभापति महेश लाल प्रधान, पूर्व अध्यक्ष एवं अनुसाशन समितिका सभापति रविभक्त श्रेष्ठ र भूतपूर्व अध्यक्ष एवं विशिष्ट सदस्य बिनोद बहादुर श्रेष्ठ समेतको उपस्थिति रहेको उक्त बैठकमा महासंघका उपाध्यक्ष कृष्ण प्रसाद ताम्राकारले सार्वजनिक-निजी साझेदारी सम्बन्धमा हालसम्म भएका उपलव्धि वारे प्रकाश पार्नु हुंदै हालै सम्पन्न सो सम्बन्धी सम्मेलनको प्रस्ताव सरकारमा पेश गर्ने तयारी सम्बन्धमा प्रकाश पार्नु भयो ।

वैठकमा उपाध्यक्ष प्रदीपजंग पाण्डेले उद्योग प्रतिष्ठानका कामदार/कर्मचारीको न्यूनतम वेतन सम्बन्धमा सरकार, सम्बन्धित ट्रेड यूनियनहरु र महासंघ बीच भएको सहमति तथा वर्तमान श्रम अशान्ति वारे प्रकाश पार्नु भएको थियो ।

न्यूनतम वेतन कार्यान्वयन सम्बन्धमा नेउवामहासंघको ध्यानाकर्षण (२०६५/८/२५)
 2008-12-11 07:38:47
  
विगत केही समयदेखि न्यूनतम पारिश्रमिक लागु गर्ने सम्बन्धमा नेपाल सरकार, ट्रेड यूनियन महासंघका प्रतिनिधिहरु र नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधिहरु बीच न्यूनतम बेतन निर्धारण गरि लागू गर्नेमा सबै पक्षहरु सकारात्मक भएको र यसै बिषयमा सरकारले यहि मंसिर २३ गते राजपत्र प्रकाशित गरेको छ । हाल देशका बिभिन्न भागहरुमा स्थानीयस्तरमा बिभिन्न ट्रेड यूनियन महासंघसंग आवद्ध ट्रेड यूनियनहरुले उद्योग प्रतिष्ठानहरुमा नियम विपरित बन्द गर्ने/गराउने भनि चौबिस घण्टे, अठ्चालिस घण्टे अल्टीमेटम दिएको सम्बन्धमा नेपाल उद्योग बाणिज्य महासंघको गम्भीर ध्यानाकर्षा भएको छ ।

यसरी जबरजस्ती गैरजिम्मेवार पूर्ण ढंगले हड्ताल गर्ने, घेराउ गर्ने जस्ता श्रम ऐन नियम विपरित कार्यहरु तत्काल बन्द गरि स्वस्थ र सौहार्दपूर्ण बातावरण बनाई देशको औद्योगिक विकासमा योगदान पुर्‍याउनु सबै कामदारहरु तथा ट्रेड यूनियनहरुको समेत कर्तव्य भएको व्यहोरा संबद्ध सबैलाई पुनः स्मरण गराउन चाहान्छौं ।

गैर कानूनी र श्रम ऐन नियम विपरित देशको कुनै पनि उद्योग प्रतिष्ठानहरुमा हडताल, घेराउ जस्ता कार्यहरु गरिएमा सो अबधिभर उद्योग प्रतिष्ठानहरुले No Work No Pay लागु गर्ने, सामुहिक रुपमा विरोध गर्ने जस्ता कदम उठाउन बाध्य हुनु पर्ने व्यहोरा सबैको जानकारीको लागि सुचित गरिएको छ ।

न्यूनतम पारिश्रमिक कार्यान्वयन/उद्योग प्रतिष्ठानहरु सूचारु संचालनको आग्रह (२०६५/८/२२)
 2008-12-07 01:32:20
  
नेपाल सरकारले उद्योग प्रतिष्ठानमा काम गर्ने कामदारहरुको लागि निर्धारण गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र टे्रड यूनियन महासंघहरु वीच द्विपक्षीय सहमति भएको र सो सहमति यही मंसीर १६ गते बसेको केन्द्रीय श्रम सल्लाहकार समितिको वैठकबाट पनि अनुमोदन भई यस महासंघबाट न्यूनतम पारिश्रमिक कार्यान्वयनको लागि सवै उद्योग प्रतिष्ठानलाई परिपत्र गरि न्यूनतम पारिश्रमिक लागू गर्न अनुरोध भई सकेको सम्बन्धित सवैमा अवगतै छ । तत्पश्चात पनि विभिन्न औद्योगिक क्षेत्रका उद्योगहरु खास गरि बारा, पर्सर्ााकलैया, वीरगञ्ज तथा विराटनगरका औद्योगिक करिडोरका साथै बहुराष्ट्रिय कम्पनी लगायतका उद्योग प्रतिष्ठानहरुमा न्यूनतम पारिश्रमिक कार्यान्वयनको विषयलाई लिएर विभिन्न माग सहित अल्टिमेटम दिने जस्ता कार्य भएकोमा नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षा भएको छ । न्यूनतम पारिश्रमिक कार्यान्वयन सम्बन्धमा यस महासंघ र सम्बन्धित टे्रड यूनियन महासंघहरु वीच थप छलफल भए बमोजिम यस विषयमा नेपाल सरकारबाट पनि छिट्टै थप स्पष्ट पार्ने आश्वासन प्राप्त भएको हुंदा हाललाई माग दावि केही पेश नगरी सम्पर्ूण्ा उद्योग प्रतिष्ठानहरु निर्वाध रुपमा संचालन गर्नु/गराउनु भई राष्ट्रको औद्योगिक एवं आर्थिक विकासमा निरन्तर सहयोग पुर्‍याउन हुन सम्पर्ूण्ा कामदार, टे्रड यूनियन तथा उद्योग व्यवस्थापनमा यस महासंघ हार्दिक आग्रह गर्दछ ।

91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 
 
 © Copyright 2005-2013. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.
Designed and Maintained by Yomari