|
Press Release |
| नेपाल-फिलिपिन्स आर्थिक सम्बन्ध विस्तार सम्बन्धमा महासंघ र फिलिपिन्स सीसीआई बीच हस्ताक्षर (२०६५/७/१०) | 2008-10-26 03:02:36 |
निजी स्तरबाट नेपाल र फिलिपिन्स बीचको औद्योगिक व्यापारिक लगायतको आर्थिक सम्बन्ध सुदृढ गर्दै दुई पक्षीय व्यापार विस्तार एवं लगानी प्रबर्द्धन गर्ने मुख्य उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र फिलिपिन्स उद्योग वाणिज्य संघ (The Philippine Chamber of Commerce and Industry) बीच हालै एक सम्झौतापत्र (MOU) मा हस्ताक्षर भएको छ ।
फिलिपिन्सको राजधानी मनिलामा यही कार्तिक ६ देखि ८ गतेसम्म आयोजित एशिया प्रशान्त उद्योग वाणिज्य महासंघ (Confederation of Asia Pacific Chambers of Commerce and Industry - CACCI ) को २२ औं सम्मेलनका क्रममा महासंघ र फिलिपिन्स उवासंघ बीच सो सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ र सो संघका अध्यक्ष इदगार्दो जी. ल्याकसन (Edgardo G. Lacson, President, Philippine CCI) ले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतापत्रमा दई देश बीच आर्थिक, व्यापारिक, वैज्ञानिक, प्रविधि सम्बन्धी सहयोग प्रवर्द्धन गर्ने, व्यवसायिक सम्बन्ध विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्ने, उद्योग व्यापार व्यवसाय लगायत आर्थिक क्षेत्रसंग सम्बन्धित सबै प्रकारका सूचना तथा जानकारीहरु आदान प्रदान गर्ने, सभा सम्मेलन, गोष्ठी, बैठक, अध्ययन भ्रमण, व्यापारिक भ्रमणको आदान प्रदान तथा एक अर्का देशमा व्यापार मेला महोत्सवको आयोजना मार्फत व्यापार विस्तारमा भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।
यसका अतिरिक्त दुवै देशको हीतका लागि एक अर्काले आवश्यक ठानेका अन्य व्यवसायिक गतिविधिहरु संयुक्त रुपमा संचालन गर्ने र दुवै देशमा एक/एक व्यवसायिक परिषद गठन गर्ने विषयलाई पनि सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
एशिया प्रशान्त उद्योग वाणिज्य महासंघ (Confederation of Asia Pacific Chambers of Commerce and Industry - CACCI ) को २२ औं सम्मेलन (22nd CACCI Conference)तथा ७४ र ७५ औं क्यासी परिषद्को बैठक (74 - 75 CACCI Council Meeting) मा महासंघका पूर्व अध्यक्ष श्रेष्ठको नेतृत्वमा वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष अशोककुमार अग्रवाल, महासचिव गोपाल केडिया र महासंघका सहायक निर्देशक रतिस वस्न्यात सहितको प्रतिनिधिमण्डलले भाग लिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ उक्त परिषदको सदस्य रहेको छ ।
फिलिपिन्सका राष्ट्रपति श्रीमती ग्लोरिया म्याकापागल-अरोया (Mrs, Gloria Macapagal-Arroyo) ले उद्घाटन गर्नुभएको सो सम्मेलनमा विश्व अर्थतन्त्रमा एशिया प्रशान्त क्षेत्रको भूमिका, आर्थिक चुनौतीः जोखिम तथा अवसरहरु, सार्वजनिक-निजी साझेदारीका मार्फत एशिया-प्रशान्त क्षेत्रको दीगो आर्थिक विकास, भूमण्डलीय तापमान र यसका मुद्दा तथा चुनौती र सुचना प्रविधि आदि महत्वपूर्ण विषयमा एशिया प्रशान्त क्षेत्रका विद्वान, उद्योगी व्यवसायी, नीति निर्माताहरुले वृहद छलफल गरेका गरेका थिए ।
महासंघका पूर्व अध्यक्ष श्रेष्ठले सार्वजनिक-निजी साझेदारी मार्फत एशिया प्रशान्त आर्थिक क्षेत्रको दीगो विकास (Sustaining Asia-Pacific Economic Dynamism through Public-Private Partnership) बिषयक सत्रको सभापतित्व गर्नु भएको उक्त सम्मेलनले क्यासीका अध्यक्षमा ताइवानका हार्वे चाङ्ग (Harvey Chang) लाई आगामी दई वर्षअर्थात (२००८-२०१०) का लागि र्सवसम्मतिले पुनः निर्वाचित गरेको छ ।
एशिया तथा प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रका क्यासीका सदस्य उद्योग वाणिज्य महासंघ/संघ/संस्थाहरुको सहभागिता रहेको उक्त कार्यक्रमका क्रममा महासंघको प्रतिनिधिमण्डलले नेपालमा लगानी एवं पर्यटन आकर्षण, नेपालको निर्यात प्रवर्द्धन, आर्थिक सम्बन्ध विस्तार, प्रविधि तथा सूचनाको आदान प्रदान सम्बन्धमा विभिन्न मुलुकका प्रतिनिधिमण्डलसंग विस्तृत छलफल समेत गरेको छ । |
| रौतहटमा मध्यमाञ्चल महोत्सवको तयारी (२०६५/७/८) | 2008-10-24 03:58:54 |
मध्यमाञ्चल विकास क्षेत्रको उद्योग, व्यापार, पर्यटन, सूचना प्रविधि, घरेलु तथा लघु उद्यम, कृषि, कला, संस्कृति तथा साहित्य आदिको विकास तथा प्रबर्द्धन गर्ने प्रमुख उद्देश्यले यही कार्तिक २७ देखि मसिर ६ गते सम्म रौतहट उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति रौतहट, गौर नगरपालिका, उद्योग मन्त्रालय, लघु घरेलु तथा साना उद्योग विकास कोष, वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रबर्द्धन केन्द्र, वातावरण विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा मध्यमाञ्चल महोत्सव २०६५ आयोजना गरिने भएको छ । सो महोत्सवको प्रबर्द्धनमा नेपाल पर्यटन बोर्ड, कृषि व्यवसाय प्रबर्द्धन कार्यक्रम र लघु उद्यम विकास कार्यक्रम रहेका छन् ।
उक्त महोत्सव सम्बन्धमा जानकारी गराउन महासंघमा आज आयोजित पत्रकार सम्मेलनमा विभिन्न प्राकृति, धार्मिक एवं सांस्कृतिक सम्पदाका साथै पर्यटन प्रबर्द्धन विकासको बलियो सम्भावना बोकेको रौतहटमा सञ्चालन हुने उक्त बृहद महोत्सव तथा प्रदर्शनीमा मध्यमाञ्चल क्षेत्र लगायत देशका विभिन्न कुनाबाट व्यापारिक कम्पनीहरु, वितरक र उपभोक्ताहरुलाई एउटै मञ्चमा भेटघाट र व्यवसाय प्रबर्द्धनको राम्रो अवसर प्राप्त हुने बताइयो ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्नु हुंदै महासंघका अध्यक्ष कुशकुमार जोशीले औद्योगिक व्यापार मेला, महोत्सव एवं प्रदर्शनीले उपभोक्ताको चाहना अनुरुप उत्पादन र सेवालाई विविधिकरण गर्नुका साथै गुणस्तर सुधारका लागि समेत सघाउ पुर्Юयाउने, उत्पादन र सेवा लगायतका आर्थिक क्रियाकलाप विस्तार भई रोजगारी प्रबर्द्धन, औद्योगिक व्यवसायिक सर्म्पर्क विस्तार एवं बजार प्रबर्द्धन तथा गरिवी निवारणमा समेत सघाउ पुर्Юयाउन सक्ने हुंदा महासंघले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा समेत त्यस्ता कार्यक्रमलाई प्रोत्साहित गर्दै आएको बताउनु भयो ।
देशका विभिन्न जिल्लाका औद्योगिक व्यवसायिक संभाव्यता एवं शीप र जागर मेला महोत्वबाट उजार भई बहुपक्षीय लाभ प्राप्त हुने हुंदा क्षेत्रीय एवं जिल्ला स्तरमा मेला महोत्सव आयोजनालाई निरन्तरता एवं व्यापकता दिदैं आएको पनि उहांले बताउनु भयो ।
महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारले विगतको द्वन्दका बेला समेत महासंघले सदस्य संघ लगायत विभिन्न निकायको सहयोग र सहभागितामा वाषिर्क २० देखि ५० वटासम्म मेला महोत्सव आयोजना गर्दै आएको जानकारी दिनु हुदै यस आर्थिक वर्षपनि विभिन्न क्षेत्र र जिल्लामा गरि २ दर्जन भन्दा बढी संख्यामा आयोजना गरिने बताउनु भयो ।
मेला महोत्सवको आयोजनाबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुग्ने हुंदा नेपाल पर्यटन बोर्ड मार्फत देशका विभिन्न भागमा मेला महोत्सव गरी पर्यटकीय स्थलहरुको विकासका साथै आर्थिक, सामाजिक मात्र नभई कला र संस्कृतिको विकासमा समेत मद्दत पुग्नेमा पनि उपाध्यक्ष राजकणिर्कारले जोड दिनु भयो ।
दुई सय स्टलहरु राखिने उक्त महोत्सव अवधि भर ३ करोड रुपैयां वरावरको बिक्री वितरणको अपेक्षा १ लाख व्यक्तिहरुले सहभागिता रहने अनुमान गरिएको सो बृहद महोत्सव तथा प्रदर्शनीलाई अझ रोचक तथा आकर्षण बनाउन विभिन्न सांस्कृतिक कार्यक्रमका साथै विभिन्न मनोरञ्जनात्मक खेलहरु तथा फूड फेस्टिभल समेत आयोजना गरिने जानकारी समेत सो अवसरमा दिईयो । प्रदर्शनी स्थल सूचना तथा सञ्चार, प्राविधिक सेवा, मर्मत सम्भार र चौविसै घण्टा सुरक्षा व्यवस्था मिलाइएको बताइएको छ ।
महासंघको व्यापार मेला तथा प्रदर्शनी समितिका सभापति ए.जी. शेर्पाले मेला र महोत्सव बारे चर्चा गर्नु भएको उक्त कार्यक्रममा सामाजिक सेवा समितिका सभापति लोक विक्रम थापा, कार्यकारिणी समितिका सदस्य एवं महाकाली अञ्चल प्रतिनिधि प्रकाश बहादुर साउदले मेला महोत्सव वारे प्रकाश पार्नु भयो । रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष देव प्रयाग गुप्ताले उक्त मेला सम्बन्धमा विस्तृत जानकारी दिनु भएको थियो ।
|
| सुदूर पश्चिमाञ्चल महोत्सव कार्तिक २४ देखि डडेलधुरामा (२०६५/७/८) | 2008-10-24 03:53:36 |
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले विकसित क्षेत्र र शहर बजारमा मात्र सीमित रहंदै आएको मेला महोत्सवलाई दुर्गम एवं अविकसित क्षेत्रमा समेत आयोजना गरी त्यस क्षेत्रको आर्थिक क्रियाकलाप विस्तारको माध्यमबाट विकासको गतिलाई अघि बढाउन महासंघले त्यस्ता क्षेत्रमा समेत उद्योग व्यापार मेला महोत्सव आयोजनालाई तीब्रता दिने नीति लिएको बताउनु भएको छ ।
सुदूर पश्चिमाञ्चल क्षेत्रको उद्योग, व्यापार, पर्यटन, सूचना प्रविधि, घरेलु तथा लघु उद्यम कृषि, कला, संस्कृति तथा साहित्य आदिको विकास तथा प्रबर्द्धन गर्ने प्रमुख उद्देश्यले यही कार्तिक २४ देखि मंसीर ३ गतेसम्म डडेल्धुरा उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति डडेल्धुरा, अमरगढि नगरपालिका, नेपाल सरकार उद्योग मन्त्रालय/लघु घरेलु तथा साना उद्योग विकास कोष, नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रबर्द्धन केन्द्र, नेपाल सरकार वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघको आयोजनामा डडेल्धुरामा आयोजना गरिने सुदूर पश्चिमाञ्चल महोत्सव २०६५ वारे जानकारी गराउन आज महासंघमा आयोजित पत्रकार सम्मेलनमा उहांले उक्त कुरा बताउनु भएको हो ।
साथै सार्वजनिक-निजी साझेदारीलाई अघि बढाउने क्रममा समेत मेला महोत्सव महत्वपूर्ण हुने उल्लेख गर्नु हुंदै स्थानीय औद्योगिक व्यवसायिक, पर्यटकीय सम्भाव्यता लगायत कला संस्कृतिको प्रबर्द्धनमा समेत सो माध्यम अत्यन्त लाभदायक हुने बताउनु भयो ।
महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारले महासंघले मेला महोत्सवको माध्यमबाट समेत मुलुकको आर्थिक सामाजिक विकासमा सघाउ पुर्Юयाउने उद्देश्यले मेला महोत्सव आयोजनाका लागि निरन्तर रुपमा प्रोत्साहित गर्दै आएको उल्लेख गर्नु हुदै यसबाट उद्योग व्यापार व्यवसाय मात्र नभई पर्यटन एवं कला कौशलको समेत विकास हुने, स्थानीय उत्पादन र सेवाको प्रवर्द्धन हुने हुंदा यस्ता कार्यक्रमलाई देशभर व्यापकता दिन सके नयां तथा समृद्ध नेपाल बनाउन पनि योगदान पुग्ने बताउनु भयो ।
साथै उहांले मेला महोत्सव आयोजनबाट सधै नाफा नभई घाटा समेत हुने भएतापनि त्यस्ता कार्यक्रमबाट आर्थिक क्रियाकलापमा गतिशिलता र रोजगारी प्रवर्द्धन तथा सामाजिक विकासमा समेत सहयोग पुग्नेमा जोड दिनु भयो ।
महासंघको व्यापार मेला तथा प्रदर्शनी समितिका सभापति ए.जी. शेपाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा महासंघको सामाजिक सेवा समितिका सभापति लोक विक्रम थापा, कार्यकारिणी समितिका सदस्य एवं महाकाली अञ्चल प्रतिनिधि प्रकाश बहादुर साउदले मेला महोत्सव सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।
वैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नर बहादुर चन्दको समेत उपस्थिति रहेको कार्यक्रममा डडेलधुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले डडेलधुरा महोत्सव सम्बन्धमा प्रकाश पार्नु भयो ।
प्रबर्द्धकमा नेपाल पर्यटन बोर्ड र कृषि व्यवसाय प्रबर्द्धन कार्यक्रम, लघु उद्यम विकास कार्यक्रम रहेको उक्त महोत्सव सुदूर पश्चिमको प्रसिद्ध उग्रतारा भगवती मेलालाई मध्यनजर गरी राखिएको हुंदा उक्त बृहद महोत्सव तथा प्रदर्शनीमा सुदूर पश्चिम लगायत देशका विभिन्न कुनाबाट लगानीकर्ताहरु, ठूला, मझौला र साना औद्योगिक व्यापारिक कम्पनीहरु, वितरक र उपभोक्ताहरुलाई एउटै मञ्चमा भेटघाट र व्यवसाय प्रबर्द्धनको राम्रो अवसर प्राप्त हुने अपेक्षा गरिएको छ । प्रदर्शनी अवधिभर २ करोड वरावरको बिक्री वितरणको अपेक्षा गरिएको, १ लाख व्यक्तिहरुको सहभागिता रहने अनुमान गरिएको, विभिन्न सांस्कृतिक कार्यक्रम बाल उद्यान र र्सकस लगायतका १८ विभिन्न मनोरन्जनात्मक खेलहरु तथा भोजन उत्सवको समेत आयोजना गरिनुका साथै उत्कृष्ट सजावटका स्टललाई प्रशंसा पत्र तथा उपहारको कार्यक्रम रहेको बताइएको छ । |
| рд╕рд╛рд░реНрд╡рдЬрдирд┐рдХ рдирд┐рдЬреА рд╕рд╛рдЭреЗрджрд╛рд░реА рд╡рд┐рд╖рдпрдХ рд░рд╛рд╖реНрдЯрд┐реНрдп рдЧреЛрд╖реНрдареА - реирежремрелредренредрен | 2008-10-24 01:22:54 |
рд╕рдореНрдорд╛рдирдиреАрдп рдкреНрд░рдзрд╛рдирдордиреНрддреНрд░реА рдкреБрд╖реНрдкрдХрдорд▓ рджрд╣рд╛рд▓ рдкреНрд░рдЪрдгреНрдбрдХреЛ рдкреНрд░рдореБрдЦ рдЖрддрд┐рдереНрдпрддрд╛рдорд╛ рдиреЗрдкрд╛рд▓ рдЙрджреНрдпреЛрдЧ рд╡рд╛рдгрд┐рдЬреНрдп рдорд╣рд╛рд╕рдВрдШ, рдиреЗрдкрд╛рд▓ рд╕рд░рдХрд╛рд░ рд░ UNDP рдХреЛ рд╕рд╛рдЭреЗрджрд╛рд░реАрдорд╛ рдЖрдпреЛрдЬрдирд╛ рдХрд╛рд░реНрддрд┐рдХ рем рд░ рен рдЧрддреЗ рдХрд╛рдардорд╛рдбреМрдВрдорд╛ рдЖрдпреЛрдЬрдирд╛ рднрдПрдХреЛ рд╕рд╛рд░реНрд╡рдЬрдирд┐рдХ рдирд┐рдЬреА рд╕рд╛рдЭреЗрджрд╛рд░реА рд╡рд┐рд╖рдпрдХ рд░рд╛рд╖реНрдЯреНрд░рд┐рдп рдЧреЛрд╖реНрдареА рд╕рдлрд▓рддрд╛рдкреВрд░реНрд╡рдХ рд╕рдореНрдкрдиреНрди рднрдпреЛ ред
рд╕рдореНрдорд╛рдирдиреАрдп рдкреНрд░рдзрд╛рдирдордиреНрддреНрд░реА рдкреНрд░рдЪрдгреНрдбрджреНрд╡рд╛рд░рд╛ рд╕рдореБрджреНрдШрд╛рдЯрд┐рдд рдпрд╕ рдЧреЛрд╖реНрдареАрдорд╛ рдкрд░реНрдпрдЯрди, рд╕реНрдерд╛рдиреАрдп рд╡рд┐рдХрд╛рд╕, рд╢рд┐рдХреНрд╖рд╛, рдХреГрд╖рд┐, рдкреВрд░реНрд╡рд╛рдзрд╛рд░ рд╡рд┐рдХрд╛рд╕, рд╕реНрд╡рд╛рд╕реНрдереНрдп рдХреНрд╖реЗрддреНрд░рдорд╛ рд╕рд╛рд░реНрд╡рдЬрдирд┐рдХ рдирд┐рдЬреА рд╕рд╛рдЭреЗрджрд╛рд░реА рд╡рд┐рд╖рдпрд╣рд░реБрдорд╛ рд╕рдореНрдмрдиреНрдзрд┐рдд рдордиреНрддреНрд░рд╛рд▓рдпрдХрд╛ рдордиреНрддреНрд░реА рддрдерд╛ рд╕рдЪрд┐рд╡рд╣рд░реБрд▓реЗ рд╕рднрд╛рдкрддрд┐рддреНрд╡ рдЧрд░реНрдиреБ рднрдИ рд╕рд░рдХрд╛рд░ рддрдерд╛ рдирд┐рдЬреА рдХреНрд╖реЗрддреНрд░рдмрд╛рдЯ рд╡рд┐рд╖рдпрдЧрдд рдмреЗрдЧреНрд▓рд╛ рдмреЗрдЧреНрд▓реИ рдХрд╛рд░реНрдпрдкрддреНрд░рд╣рд░реБ рд╕рдореЗрдд рдкреНрд░рд╕реНрддреБрдд рднрдПрдХрд╛ рдерд┐рдП ред
рдЧреЛрд╖реНрдареАрдорд╛ рд╕рд░рдХрд╛рд░ рддрдерд╛ рдирд┐рдЬреА рдХреНрд╖реЗрддреНрд░рдХрд╛ рддрд░реНрдлрдмрд╛рдЯ рдЬрдореНрдорд╛ резреи рд╡рдЯрд╛ рдХрд╛рд░реНрдпрдкрддреНрд░ рдкреНрд░рд╕реНрддреБрдд рдЧрд░рд┐рдПрдХреЛ рдерд┐рдпреЛ ред рдиреАрддрд┐ рдирд┐рд░реНрдорд╛рддрд╛, рдЕрдиреБрд╕рдиреНрдзрд╛рдирдХрд░реНрддрд╛, рд╕рдореНрдмрдиреНрдзрд┐рдд рдХреНрд╖реЗрддреНрд░рдХрд╛ рд╡рд┐рд╖рдпрдЬреНрдЮрд╛рддрд╛рд╣рд░реБ рдЧрд░рд┐ рдХрд░рд┐рд╡ рен рд╕рдп рдЬрдирд╛рд▓реЗ рдкреНрд░рддреНрдпрдХреНрд╖ рднрд╛рдЧ рд▓рд┐рдПрдХреЛ рдЧреЛрд╖реНрдареАрдорд╛ рдиреЗрдкрд╛рд▓, рднрд╛рд░рдд рддрдерд╛ рдПрд╢рд┐рдпрд╛рдорд╛ рд╕рд╛рд░реНрд╡рдЬрдирд┐рдХ рдирд┐рдЬреА рд╕рд╛рдЭреЗрджрд╛рд░реАрдХрд╛ рд╕рдлрд▓рддрдо рдЙрджрд╛рд╣рд░рдг рдЧреЛрд╖реНрдареАрдорд╛ рдирд┐рдореНрддреНрдпрд╛рдЗрдПрдХрд╛ рдореБрдЦреНрдп рд╡рдХреНрддрд╛рд╣рд░реБрд▓реЗ рдкреНрд░рд╕реНрддреБрдд рдЧрд░реНрдиреБрднрдПрдХреЛ рдерд┐рдпреЛ ред
рджреБрдЗ рджрд┐рдиреЗ рдпрд╕ рдЧреЛрд╖реНрдареАрд▓реЗ рдирд┐рдореНрди рдирд┐рдЪреЛрдб рдирд┐рдХрд╛рд▓реЗрдХреЛ рдЫ ред
|
| कार्यकारिणी समिति सदस्य शर्मा माथिको आक्रमणप्रति महासंघद्वारा गम्भीर निन्दा एवं भत्र्सना (२०६५।७।७) | 2008-10-23 10:04:57 |
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य एवं महासंघको क्षेत्रिय अंचल (लुम्विनी) प्रतिनिधि तथा सिर्द्धार्थनगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद शर्मालाई वीरपुर चन्द्रौटा कपिलवस्तु स्थित आफनो उद्योग दृष्टान्त कंक्रिट प्रा.लि.मा कामको शीलशीलामा हिजो राति ११:३० बजे जाने क्रममा अज्ञात समूहले आक्रमण गरि गम्भीर घाइते बनाएको घटनाप्रति महासंघ अत्यन्त चिन्ता प्रकट गर्दछ । महासंघ त्यस प्रकारको सांघातिक आक्रमणको घोर निन्दा एवं भत्र्सना समेत गर्दछ ।
आक्रमणबाट उहांको टाउकोमा गम्भीर चोट लाग्नुको साथै आक्रमणकारीले उहांको साथमा रहेको आठ सेट मोवाइल, उहांले लगाउनु भएको एकथान घडी सहित करिव दुई लाख नगद समेत लुटेर लगेका छन् । गम्भीर घाइते शर्मालाई उपचारको लागि काठमाडौ ल्याइएको छ ।
शान्ति सुरक्षाको अवस्था सुदृढ हुंदै गएको सरकारको दावी आइरहेका वेला उद्योगी व्यवसायी माथि भएका यस प्रकारका सांघातिक आक्रमणले शान्ति सुरक्षाको अवस्था सुदृढ होइन अझ जटिल हुंदै गएको आभास हामीलाई भएको छ । आफनो कार्यक्षेत्रमा गएको वेला भएका यस प्रकारका सांघातिक आक्रमणबाट हामी थप चिन्तित र भएभित भएका छौं । विगतमा पनि वारम्वार उद्या्ेगी व्यवसायी माथि भएका आक्रमणबाट निजी क्षेत्र प्रताडीत हुन पुगेको र अव राजनीति व्यवस्था परिवर्तनसंगै शान्ति सुरक्षामा पनि सुधार हुने उद्योग व्यवसाय गर्ने वातावरण बन्ला भनेर आशमा रहेका हामी उद्यमी व्यवसायीलाई थप चिन्ता र गम्भीर बनाएको छ ।
यस प्रकारका सांघातिक आक्रमणमा संलग्न अपराधीहरुलाई तत्काल खोजी गरि कानूनको कठघरामा उभ्याई शान्ति सुरक्षाको अवस्थामा तत्काल सुधार ल्याउन महासंघ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण समेत गराउंदछ । शान्ति सुरक्षाको अवस्थामा सुधार नहुने र उद्यमी व्यवसायीमाथि निरन्तर आक्रमण हुंदै गएमा निजी क्षेत्र आफ्नो सुरक्षाको लागि गम्भीर कदम चाल्न बाध्य हुने पनि यसै विज्ञप्ति मार्फ सरकारको ध्यानाकर्षा समेत गराउंदछ । साथै महासंघ घाइते शर्माको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ । |
|
| |
|
|
| |
| |
|
|