»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















Press Release
  
नेपालमा लगानी तथा नेपालको निर्यात सम्भाव्यता पहिल्याउन नेउवामहासंघ र सीआईआई बीच स्मृति पत्रमा हस्ताक्षर (२०६५/५/३०)
 2008-09-15 08:59:23
  
भारतको सदभावना भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को समुपस्थितिमा आपसी सहयोगका क्षेत्रहरुको पहिचानका साथै जलविद्युत, पर्यटन, स्थल-जल तथा हवाई यातायात एवं कृषि तथा वनजन्य उद्योग व्यवसायमा भारतीय लगानी तथा नेपालको निर्यात बृद्धिको सम्भावना पहिल्याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र भारतीय उद्योग महासंघ (CII) बीच आज नयाँ दिल्लीमा आयोजित समारोहमा स्मृतिपत्र (MOU) मा हस्ताक्षर भएको छ ।

उक्त स्मृति पत्रमा नेउवाहासंघ (FNCCI) का तर्फबाट अध्यक्ष कुशकुमार जोशी र भारतीय उद्योग महासंघ (CII) का तर्फबाट भूतपूर्व अध्यक्ष सुवोध भार्गव (Subodh Bhargava) ले हस्ताक्षर गर्नु भयो ।

त्यसैगरी नेपाल र भारत बीच आर्थिक सहयोग विस्तार गर्ने उद्देश्यले नेउवामहासंघ (FNCCI) र सीआईआई (CII) बीच सन् १९९५ मा एक स्मृति पत्रमा हस्ताक्षर भई नेपालमा भारतीय लगानी तथा नेपालको निर्यात प्रबर्द्धन गर्ने उद्देश्यले गठित संयुक्त कार्यदलको प्रतिवेदन अनुसार सन् १९९६ मा सम्पन्न व्यापार सन्धि (Trade Treaty) हाल विकसित आर्थिक एवं राजनीतिक परिवेशमा बृहद रुपमा अध्ययन गर्न नयाँ संयुक्त कार्यदल (New Joint Task Force) गठन गर्ने निर्णय समेत गरिएको छ ।

उक्त कार्यदलका प्रमुख कार्यमा दुई देश बीच आर्थिक सहयोग बृद्धिका उपाय वारे सुझाव दिनु, भारतीय लगानी तथा प्रविधि हस्तान्तरण लगायत संयुक्त लगानीको पहिचान, भारतीय लगानीको लागि दीगो तथा प्रतिस्पर्धी क्षेत्र र बस्तुको पहिचान गरी व्यापार तथा वाणिज्य विकासका लागि उपयुक्त सिफारिश गर्नु, शिक्षा, उर्जा, वातावरणीय व्यवस्थापन, वातावरणीय परिवर्तन, मानव साधन विकास, स्वास्थ्य, कृषि लगायतका डब्लुटिओ समेतसंग सम्बन्धित बिषयहरुमा सम्भाव्य सहयोगका क्षेत्र पहिल्याउनु, विशेषगरी, पूर्वाधार सुधार, सञ्चार तथा यातायात सुविधा सम्बन्धी नीति तथा प्रक्रिया वारे दुवै देशका सरकारहरुलाई सुझाव दिनु, नेपाली उद्योग व्यवसायमा कार्यरत कामदारहरुको दक्षता बृद्धिको विशेष आवश्यकताहरु निर्धारण गर्नु तथा दुई देशको आपसी हितका आर्थिक सहयोगका अन्य उपायहरु पहिल्याउनु रहेको छ ।

सो नव गठित कार्यदलले कार्यदल गठन भएको ६ महिना भित्र आफ्नो प्रतिवेदन नेउवामहासंघ (FNCCI) - सीआईआई (CII) संयुक्त आर्थिक परिषद् (JEC) लाई पेश गर्ने पनि उक्त स्मृति पत्रमा उल्लेख छ ।

सो समारोहलाई सम्बोधन गर्नु हुंदै प्रधानमन्त्री 'प्रचण्ड' ले दुई संस्था बीच भएको सहमति अत्यन्त महत्वपूर्ण दस्तावेज भएको उल्लेख गर्नु हुंदै सो सम्बन्धी संयुक्त कार्यदलको प्रतिवेदन प्राप्त भएपछि नेपाल सरकारले कार्यान्वयनको लागि अघि बढाउनुका साथै भारत सरकारबाट कार्यान्वयनका लागि समेत पहल गर्ने आश्वासन दिनु भयो ।

परराष्ट्र मन्त्री उपेन्द्र यादव, जलश्रोत मन्त्री बिष्णु पौडेल, सूचना तथा सञ्चार मन्त्री कृष्ण बहादुर महरा, वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतो र नेपाल र भारतका उच्च पदस्थ अधिकारीहरुको समेत सहभागिता रहेको सो समारोहमा महासंघका अध्यक्ष जोशीले सन् १९९६ को व्यापार सन्धिलाई नयाँ शिराबाट हेर्नु पर्ने महसूस गरी महत्वपूर्ण प्रक्रियाको पहल भएको र यसले नेपाल-भारत आर्थिक सम्बन्धलाई विस्तार गर्नुका साथै दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था बीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नु भयो ।

समारोहमा महासंघका निवर्तमान अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्षद्वय भाष्करराज राजकणिर्कार र प्रदीपजंग पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकार, नेपाल भारत उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार चौधरी एवं प्रतिनिधिमण्डलका अन्य सदस्यहरुका साथै भारतीय उद्योग महासंघका एस सेन र नेउवामहासंघका महानिर्देशक मेघनाथ न्यौपाने समेतको उपस्थिति थियो ।


 
  
प्रधानमन्त्रीका साथ महासंघको प्रतिनिधिमण्डलको भारत भ्रमण अत्यन्त फलदायी हुने (२०६५/५/२९)
 2008-09-15 03:45:57
  
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बाट मित्र राष्ट्र भारतका प्रधानमन्त्री डा. मनमोहन सिंहको मैत्रीपूर्ण निमन्त्रणामा यहि भदौ २९ देखि असोज २ गतेसम्म हुने भारतको पांच दिने भ्रमणका साथ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा महासंघको ३८ सदस्यीय प्रतिनिधिमण्डल आज नयां दिल्ली तर्फ प्रस्थान गर्यो ।

प्रधानमन्त्री 'प्रचण्ड'का साथ सम्मिलित महासंघको प्रतिनिधिमण्डलबाट भारतका समकक्षी संस्थाहरुका साथै भारत सरकारका मन्त्री, उच्च पदस्थ अधिकारी एवं व्यवसायिक नेतृत्वसंग हुने भेटघाट, छलफल, अन्तरक्रिया एवं सहमतिबाट नेपालको उद्योग, व्यापार, जलश्रोत, कृषि, पारवहन, यातायात तथा पर्यटन प्रबर्द्धन र निर्यात व्यापारमा देखिएका समस्या समाधानका साथै द्विपक्षीय आर्थिक सम्बन्धको विकासमा अत्यन्त सकारात्मक प्रभाव पार्नुका अतिरिक्त प्रधानमन्त्रीको भ्रमणलाई अत्यन्त फलदायी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

उक्त प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा महासंघका निवर्तमान अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष भाष्करराज राजकणिर्कार तथा प्रदीपजंग पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकार, नेपाल-भारत उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार चौधरी, महासंघका पूर्व उपाध्यक्ष दिवाकर गोल्छा, नेपाल चलचित्र उत्पादक संघका अध्यक्ष एवं महासंघको सांस्कृतिक विकास फोरमका संयोजक अशोक शर्मा, नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष एवं महासंघको कार्यकारिणी समितिका सदस्य प्रशान्त पोखरेल, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष तथा महासंघको पूर्वाधार विकास फोरमका संयोजक सुकुन्तलाल हिराचन, होटल संघ नेपालका अध्यक्ष प्रशिद्ध बहादुर पाण्डे, नेपाल बैंकर्स संघका अध्यक्ष राधेश पन्त, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष दिनेश भण्डारी, नेपाल चामल तेल तथा दाल उद्योग संघका अध्यक्ष तथा महासंघको व्यापार समितिका सभापति कुमुद कुमार दुगड, महासंघको जलविद्युत विकास फोरमका संयोजक ज्ञानेन्द्रलाल प्रधान एवं कार्यकारिणी समिति सदस्य ओम प्रकाश बंशल, मोरङ्ग व्यापार संघका अध्यक्ष महेश जाजु, उद्योग संगठन मोरङ्गका अध्यक्ष दिनेश गोल्छा, नेपाल चेम्बर अफ कमर्सका भूतपूर्व अध्यक्ष बनवारीलाल मित्तल, मोरङ्ग व्यापार संघका भूतपूर्व अध्यक्ष शंकर लाल अग्रवाल, नेपाल-भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष शशिराज पाण्डे, नेपाल ब्रिटेन उद्योग वाणिज्य संघका उपाध्यक्ष शनी श्रेष्ठ, मोरङ्ग व्यापार संघका महासचिब अविनाश बोहरा, नेपाल-भारत उवासंघका कोषाध्यक्ष श्याम कुमार लोहिया, बीरगञ्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष अशोक कुमार बैद्य, मोरङ्ग व्यापार संघका कार्यकारिणी समिति सदस्य रमेश राठी, उद्योग संगठन मोरङ्गका कार्यकारिणी समिति सदस्यहरु प्रदीप कुमार मुरारका तथा नन्द किशोर राठी, नेपाल चेम्बर अफ कमर्सका कार्यकारिणी समिति सदस्यहरु राजेन्द्र अर्याल, राजेन्द्र मल्ल, कमल कुमार बेगानी र किशोर कुमार अग्रवाल, सानिमा विकास बैंक लिमिटेडका कार्यकारी अध्यक्ष बद्री प्रसाद ओझा, ग्लोबल बैंक लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल, होटल संघ नेपालका कानूनी सल्लाहकार गान्धि पण्डित, अनमोल क्याटरिङ्ग र्सर्भिस प्रा.लि. का अध्यक्ष बी.एल. शर्मा, नेउवामहासंघका महानिर्देशक मेघनाथ न्यौपाने र सहायक निर्देशक रतिश बस्न्यात हुनु हुन्छ ।

यसरी उक्त प्रतिनिधिमण्डलमा जलविद्युत, विद्युत तथा विद्युतीय सामग्री, निर्माण व्यवसाय, इन्जिनियरिङ्ग, तयारी पोशाक, हस्तकला, पश्मिना, ऊनी गलैंचा, चिया, यातायात तथा यातायातका साधन, होटल तथा रेष्टुरा लगायतको पर्यटन, पूर्वाधार विकास, सूचना तथा सञ्चार, मेला तथा प्रदर्शनी, औषधि, जडिबुटी, खनिज, बैंक वित्त तथा विमा, आवास, पेय पदार्थ, स्टेनलेस स्टिल, निर्माण तथा घरायसी उपयोगका सामग्री, कृषिजन्य उद्योग तथा उत्पादन, प्लाष्टिक तथा प्लाष्टिकजन्य उद्योग, कागज तथा शैक्षिक सामग्री, काष्ठ उद्योग, अफिस सामान, मलखाद, चलचित्र, प्रकाशन, आयात निर्यात आदि उद्योग व्यवसाय क्षेत्रको प्रतिनिधित्व भएको छ ।

प्रधानमन्त्री 'प्रचण्ड'को सम्मानमा भारतीय उद्योग महासंघ (CII), भारतीय उद्योग वाणिज्य महासंघ (FICCI) तथा एशोसिएटेड चेम्बर अफ कमर्स (ASSOCHAM) द्वारा संयुक्त रुपमा भदौ ३० गते नयां दिल्लीमा आयोजित दिवाभोज बैठकमा महासंघको प्रतिनिधिमण्डल सम्मिलित हुने छ ।

नेपाल र भारत बीच आर्थिक सहयोग विस्तार गर्ने उद्देश्यले नेउवामहासंघ (FNCCI) र सीआईआई (CII) बीच सन् १९९५ मा एक स्मृतिपत्रमा हस्ताक्षर भई नेपालमा भारतीय लगानी तथा नेपालको निर्यात प्रबर्द्धन गर्ने उद्देश्यले गठित संयुक्त कार्यदलको प्रतिवेदन सन् १९९६ मा दुवै मुलुकका प्रधानमन्त्रीहरुलाई प्रस्तुत गरिएको थियो । हाल विकसित आर्थिक एवं राजनीतिक परिवेशमा नयाँ संयुक्त कार्यदल (New Joint Task Force) गठन गरी आपसी सहयोगका क्षेत्रहरुको पहिचानका साथै जलविद्युत, पर्यटन, स्थल-जल तथा हवाई यातायात एवं कृषि तथा वनजन्य उद्योग व्यवसायमा भारतीय लगानी तथा नेपालको निर्यात बृद्धिको सम्भाव्यता पहिल्याउने उद्देश्यले सोही दिन नेउवामहासंघ र सीआईआई बीच स्मृतिपत्र (MOU) मा हस्ताक्षर हुने कार्यक्रम छ ।

त्यसैगरी सोहि दिन महासंघको प्रतिनिधिमण्डलले भारत सरकारका पर्यटन र अर्थमन्त्रीका साथै उच्च पदस्थ अधिकारीहरुसंग समेत शिष्टाचार भेट गरी नेपालमा पर्यटन प्रबर्द्धन तथा द्विपक्षीय आर्थिक सहयोग विस्तार वारे विस्तृत छलफल गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री 'प्रचण्ड'द्वारा भारत अन्तर्राष्ट्रिय केन्द्रमा भदौ ३१ गते हुने संबोधन तथा भारतका लागि नेपाली राजदूतद्वारा नेपाली राजदूतावासमा आयोजना गरिने स्वागत समारोहमा समेत महासंघको प्रतिनिधिमण्डलको सहभागिता रहने छ ।


 
  
महासंघको विशिष्ट सदस्यमा भूतपूर्व अध्यक्ष विनोद बहादुर श्रेष्ठ (२०६५/५/२६)
 2008-09-14 12:58:53
  
नेपाल उद्योग वाणिज्य महासंघको विधानको दफा ११ को उपदफा ११.१ बमोजिम महासंघका भूतपूर्व अध्यक्ष बिनोद बहादुर श्रेष्ठलाई वर्तमान कार्यकारिणी समितिको कार्यावधिसम्मका लागि विशिष्ट सदस्यता (Distinguished Member) प्रदान गरिएको छ ।

महासंघका अध्यक्ष कुशकुमार जोशीको अध्यक्षतामा हिजो भक्तपुर उद्योग वाणिज्य संघमा बसेको महासंघको चौथो कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको हो ।

सो विधानमा महासंघको उद्देश्य प्राप्तिका लागि विशेष योगदान पुर्žयाउने स्वदेशी एवं विदेशी व्यक्ति वा संस्थालाई कार्यकारिणी समितिले आफ्नो कार्यावधिसम्मका लागि महासंघको विशिष्ट सदस्यता प्रदान गर्न सक्ने व्यवस्था छ ।

वि.सं. २०६०-०६२ को अवधिमा महासंघको अध्यक्ष भई कार्य गर्नु भएका विशिष्ट सदस्य श्रेष्ठले यस अघि २०५६-५८ को अवधिमा महासंघको तृतीय उपाध्यक्ष, २०५८-५९ मा प्रथम उपाध्यक्ष र २०५९-६० मा कार्यवाहक अध्यक्षका साथै वि.सं. २०५० देखिनै कार्यकारिणी समिति सदस्य लगायत विभिन्न ओहदामा रहि महासंघको उद्देश्य पूर्तिका साथै नेपालको चेम्बर अभियानलाई अघि बढाउन महत्वपूर्ण योगदान पुर्žयाउंदै आउनु भएको छ ।


 
  
राजनीतिक परिवर्तनसंगै आर्थिक उपलव्धि हुनु पर्नेमा महासंघका उपाध्यक्ष राजकणिर्कारद्वारा जोड (२०६५/५/२४)
 2008-09-14 12:51:38
  
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारले टिकापुर उद्योग वाणिज्य संघको नवौं वाषिर्क साधारण सभाको हिजो कैलालीको टिकापुरमा उद्घाटन गर्नु हुंदै राजनीतिक परिवर्तनसंगै आर्थिक उपलव्धि हासिल हुन सके मात्र नयां नेपालका साथै समृद्ध नेपाल र सम्पन्न नेपाली बन्न सक्ने हुंदा महासंघले देशमा आर्थिक क्रान्ति तत्काल प्रारम्भ गर्नु पर्नेमा जोड दिंदै आएको बताउनु भएको छ ।

प्रमुख अतिथि उपाध्यक्ष राजकणिर्कारले सुदूर पश्चिममा विकासका धेरै सम्भावना र अवसर भएता पनि राज्यले त्यसलाई सम्बोधन गर्न नसक्दा यो क्षेत्र संधै पछि परेकाले अव राजनीतिक प्रतिबद्धताको साथै हरेक तह र तप्काले मानसिक परिवर्तनका साथ काम गर्नु आवश्यक भएको उल्लेख गर्नुका साथै र्सवप्रथम शान्ति सुरक्षाको प्रत्याभूति सहित व्यवसाय मैत्री वातावरण तत्काल सृजना हुनु पर्नेमा जोड दिनु भयो ।

सो कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल हमालले यस क्षेत्रमा अत्यन्त आवश्यक भएको लम्की-खक्रौला सडकखण्ड शीघ्र निर्माणका लागि स्थानीय जनताबाट जोडदार पहल हुनु पर्ने र उद्योग व्यवसाय प्रतिस्पर्धात्मक, स्वतत्र एवं निर्भिकतापूर्वक गर्न पाउने वातावरण कायम हुनु पर्ने बताउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघ मार्फत टिकापुर उद्योग वाणिज्य संघले कोशी वाढी पीडित उद्दार एवं सहयोगका लागि उक्त कार्यक्रममा १० हजार १ सय १ रुपैयां प्रदान गरेको छ ।

समारोहमा सगरमाथा सफल आरोही उषा विष्टलाई ५ हजार नगद, दोसल्ला र कदर पत्र सहित सम्मानित गरिएको थियो ।

संघका संस्थापक गोकर्ण रिमाललाई पनि दोसल्ला र कदर पत्र सहित सम्मान गरियो ।

सोही समारोहमा यस वर्षो प्रवेशिका परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने टिकापुर क्षेत्रका गणेश बाबा इङ्गलिस बोर्डिङ्गका छात्र मनोज एमसी र खड्ग मेमोरियलका छात्रा विहानी सञ्ज्याललाई नगद एक हजार रुपैयां प्रदान गरी सम्मान गरिएको थियो ।

सो समारोहमा पूर्व सांसाद गंगा बहादुर कुंवर, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष मान बहादुर खत्री, नागरिक समाज टिकापुरका संयोजक यज्ञमुर्ति अर्याल, टिकापुर बहुमुखि क्याम्पसका अध्यक्ष नर बहादुर ठकुन्ना लगायतका वक्ताले संघको सो सभाको सफलताको कामना गर्नु भएको थियो ।

टिकापुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार हमालको सभापतित्वमा आयोजित सो समारोहमा प्रथम उपाध्यक्ष नरेश के.सी.ले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सभाले संघका कोषाध्यक्ष कृष्ण प्रसाद चपाइले प्रस्तुत गर्नु भएको संघको आ.व. २०६४।६५ को आर्थिक प्रतिवेदन समेत पारित गरेको छ ।


 
  
बाढी पिडीतहरुका लागि विभिन्न संघ/संस्थाहरुद्वारा राहत सहयोग (२०६५/५/२७)
 2008-09-14 01:19:48
  
सप्तकोशी बाढी पीडितहरुको राहत एवं उद्दारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा हुने गरी नेपाल उद्योग वाणिज्य महासंघका सदस्यहरुद्वारा महासंघ मार्फत राहत सहयोग उपलव्ध गराइएको थप जानकारी प्राप्त भएका छन् । ती संघहरुको नाम तथा सहयोग रकम यस प्रकार छः

म्याग्दी उद्योग वाणिज्य संघ - २५,०००।-
तनहुं उद्योग वाणिज्य संघ - १०,१००।-
टीकापुर उद्योग वाणिज्य संघ - १०,१०१।-
तौलिहवा उद्योग वाणिज्य संघ - १३,००५।-


 
 
 
102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 
 
 



 © Copyright 2005-2013. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.
Designed and Maintained by Yomari