»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















Press Release
  
ट्रक सिण्डिकेटको विरोध, यथार्थ वस्तुस्थिति एवं आगामी रणनीति सम्बन्धमा आयोजित पत्रकार सम्मेलन (२०६५/५/११)
 2008-08-28 03:14:57
  
ट्रक व्यवसायीहरुद्वारा मालसामान ढुवानीको नाममा एकतर्फी रुपमा लागू गरिएको सिण्डिकेट अर्थात आलोपालो, चक्रप्रणाली वा सूचना प्रणाली/प्रथाको सरकार र निजी क्षेत्रले प्रारम्भदेखिनै विरोध गर्दै यो व्यवसायलाई प्रतिस्पर्धी र मर्यादित बनाउने प्रयास धेरै अघि देखि गर्दै आएको हो । प्रारम्भमा नेपालको पूर्वि भागबाट शुरु गरिएको चक्रप्रणाली विस्तार हुंदै पछि यो प्रथा मध्य र सुदुरपश्चिम क्षेत्रमा पनि विस्तार हुंदै गएका कारण मालसामान ढुवानीमा अस्वस्थ प्रतिस्पर्धा भै मालसामानको मूल्य वृद्धिमा समेत असर पर्न गएबाट यस विरुद्ध सरकार एवं निजी क्षेत्र कानूनी उपचारको तहमा समेत पुग्यो ।

यसको फलस्वरुप २०५६ साल चैत्र २७ गते तत्कालिन निर्माण तथा यातायात व्यवस्था मन्त्रालयबाट यो प्रणाली लागू नगर्ने/नगराउने निर्णय भएको थियो ।

यसैगरी, सो प्रणालीको विरोधमा नेपाल उद्योग वाणिज्य महासंघ लगायत अन्य उवासंघहरु एवं उपभोक्ता मंच पनि अघि बढिरहे र यसको परिणाम सो प्रणाली हर्टाई यो क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन एवं यस वारे वृहद अध्ययन गरि सुझावका आधारमा अघि बढाउने उद्देश्यले श्रम तथा यातायात व्यवस्था मन्त्रालयको संयोजनमा २०६३ साल जेठमा महासंघ र नेपाल ट्रक ट्यांकर परिवहन व्यवसायी महासंघ बीच ७ (सात) वूंदे सहमति समेत भयो ।

साथै सिण्डिकेट प्रणाली लागू नगर्न नगराउन मिति २०६३ साल कार्तिक २९ गते पुनरावेदन अदालत विराटनगरबाट पनि निषेधाज्ञा जारि भयो ।

यसरी पर्ूवाञ्चल तर्फसिण्डिकेट विस्तारै हटेपनि पश्चिम, मध्यपश्चिम र सुदूर पश्चिममा यो प्रणाली नहटेका कारण यसको विरुद्धमा यस महासंघ लगायत महासंघका उक्त क्षेत्रका सदस्य उवासंघहरुले आवाज उठाइरहे र महासंघले यो प्रणाली हर्टाई यसलाई व्यवस्थित बनाउन विगत २०६३ सालदेखि हरदम प्रयास गर्दै आएको छ । यी सवै प्रयासका वावजुद यो प्रणालीका कारण अहिले आएर विषेशतः मध्य तथा सुदुर पश्चिमाञ्चल क्षेत्रका उद्योगी व्यवसायी र ट्रक यातायात व्यवसायीहरु बीच बढी तिक्तता श्रृजना भएको छ ।

यी त भए गैर कानूनी रुपमा ट्रक व्यवसायीद्वारा सञ्चालित ट्रक सिण्डिकेटको पृष्ठभूमि ।

वर्तमान वस्तुस्थिति

> सिण्डिकेटको विरोध एवं यो प्रणाली विरुद्ध अहिले राप्ती, भेरी, सेती एवं महाकाली अंचलहरुमा विशेषतः सेती र महाकाली अंचलमा आन्दोलन चर्केको छ र कैलाली उद्योग वाणिज्य संघको पहलमा यस प्रथाको विरुद्धमा विरोधका कार्यक्रम र धर्ना प्रारम्भ भएको आज करिव ६८ दिन भएको छ । यस अवधिमा दुवै पक्षका बीच सहमतिका विभिन्न प्रयास समेत भए ।

> नेपाल उद्योग वाणिज्य महासंघले मध्य तथा सुदुर पश्चिमाञ्चल क्षेत्रका महासंघका सदस्य उवासंघहरु र विशेषतः कैलाली उवासंघले प्रारम्भ गरेको विरोधमा सहमति र ऐक्यवद्धता जनाउंदै यो विरोध कार्यक्रमको अगुवाई अहिले लिएको छ र महासंघका साथमा सम्पूर्ण निजी क्षेत्र छ, तर पनि यो समस्या हटेको छैन ।

> साथै यो प्रथा हटाउन यस बीचमा धेरै प्रयास भएका छन् । विरोधका कार्यक्रम संचालन भए । राजनीतिक नेता, नागरिक समाज, सरकारका उच्च प्रशासकहरु, मन्त्रीहरु यहांसम्मकी प्रधानमन्त्रीबाट समेत सिण्डिकेटका विरुद्धमा कार्यगत एकता प्रदर्शन भएको छ । तर स्थिति आजपनि यथावतै छ ।

आन्दोलनको स्वरुप र महासंघका प्रयास

कैलाली उद्योग वाणिज्य संघले सो प्रथाको विरोधमा २०६५ असार १५ गते कैलाली जिल्ला प्रशासनमा ज्ञापन पत्र वुझाई असार १७ गतेदेखि सम्पूर्ण सामान लोड अनलोड अनिश्चितकालका लागि बन्द सहित धर्ना प्रारम्भ गरेको थियो ।

यो समस्या मिलाउन महासंघबाट अध्यक्ष कुशकुमार जोशी एवं उपाध्यक्षहरु कृष्णप्रसाद ताम्राकार र भाष्करराज राजकणिर्कार गत असार २५ गते धनगढी गई स्थानीय प्रशासन, नागरिक समाज, यातायात व्यवसायीहरुको सहमती र रोहवरमा स्वतन्त्र रुपमा ढुवानी संचालन गर्ने सहमती एवं सुरक्षाको आश्वासन प्राप्त भए पश्चात महासंघको अनुरोधमा विरोधका कार्यक्रम फिर्ता भएको थियो ।

यसरी भएको सहमती अनुसार गत असार २७ गतेदेखि मालसामान लोड अनलोड प्रारम्भ भएकोमा सो सहमती विपरित असार २८ गते चक्र प्रणालीका पक्षधरहरुले ढुवानीका सामान तोडफोड गरि लाखौको धनमाल नष्ट गरेका कारण असार २९ गतेदेखि बजार यातायात सबै वन्द भए ।

उक्त कारणबाट गत असार २९ गतेदेखि साउन ९ गतेसम्म कैलाली बन्द भएपछि २०६५ साउन ९ गतेनै कैलालीमा नौ राजनीतिक दल, कैलाली उवासंघ र सेती महाकाली ट्रक व्यवसायी महासंघ बीच छ वूंदै सहमती भै ९ गतेदेखिनै विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता गरिएको थियो । तर उक्त सहमतिको भोलीपल्टै सहमती पालना नभई पुनः शान्ति सुरक्षाको जटिल स्थिति भएका कारण पुनः बजार र यातायात बन्द हुन गए ।

सो सर्न्दर्भमा गत साउन १ गते महासंघका पदाधिकारी, स्थायी समिति र सल्लाहकार समितिको सदस्यहरुका बैठक बसी सिण्डिकेट विरुद्ध चरणवद्ध रुपमा विरोधका कार्यक्रम घोषणा गरिएको थियो ।

घोषित कार्यक्रम अनुसार मध्य तथा सुदुर पश्चिमाञ्चल क्षेत्रका उवासंघहरुले संर्घष समिति निर्माण गरी संर्घष समितिको निर्णय अनुसार साउन २६ गते सिंहदरवार धर्ना गर्ने कार्यक्रम प्रारम्भ भई सोही मितिदेखि माइतीघर मण्डलामा धर्ना प्रारम्भ भएको थियो ।

यसै बीच यसरी ५७ दिनसम्म वन्द र विरोध भैरहेको स्थितिमा साउन २५ गते तत्कालिन प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूबाट सुरक्षा निकायको संरक्षणमा ढुवानी मिलाउन निर्देशन भएको र शान्ति सुरक्षा कायम हुने विश्वासका साथ साउन २७ गतेदेखि मालसामान लोड अनलोड प्रारम्भ भएको थियो तर समझदारी अनुसार साउन २८ गतेदेखि भाद्र १ गतेसम्म करिव १०० ट्रक मालसामान ढुवानी भएकोमा पछि पुनः यो काम रोकिन गएको छ । यसै बीच पुनः धनमालको क्षति र गुण्डागर्दि व्यापक भएको छ भने मालसामान लोड अनलोड ६६ दिनदेखि बन्द प्राय छ । उद्योग व्यवसाय वन्दबाट करोडौको घाटा छ ।

उपरोक्त घटनाका कारण निम्न माग सहित माइतीभर मण्डलाको धर्ना कायम गरिएको थियोः

> सिण्डिकट खारेजीको तुरुन्त कार्यान्वयन होस
> गण्डागर्दी बन्दगरि ड्राइभर पिट्नेहरुलाई पक्राउ गरियोस
> पिटिनेहरुको औषधि उपचार एवं क्षतिपूर्ति दिइयोस

यसै बीच नवनियुक्त प्रधानमन्त्री समक्ष यस महासंघले सो विषयमा विस्तृत जानकारी गराउंदा उहांले दुवै पक्षलाई मान्य हुने गरि २ महिना भित्र नीति तय गर्ने आश्वास सहित धर्नामा नबस्न र माल सामान लोड अनलोड गर्न आग्रह गर्नुका साथै उक्त क्षेत्रमा कुनै म्ष्कतगचद हुदैन भन्ने पूर्ण भरोसा दिलाइएका कारण यही भदौं ६ गतेबाट माइतीभर मण्डलाको धर्ना र अन्य कार्यक्रम स्थगित गरिएको थियो । तर आजसम्म पनि समस्याको स्थितिमा कुनै परिवर्तन भएको छै्रन र गुण्डाागर्दी तथा शान्ति सुरक्षाको ठूलै प्रश्न उत्पन्न भई रहेको छ ।

यसै बीच सर्वोच्च अदालतको संयुक्त इजलासबाट ट्रक आलोपालो व्यवस्था अहिले कार्यान्वयन नगर्नु नगराउनु भनी जिल्ला प्रशासन कार्यालय कैलाली र सेती महाकाली ट्रक व्यवसायी संघको नाममा यही भदौ ९ गते अन्तरिम आदेश जारी भएतापनि यसको पालना भएको छैन ।


 
  
विभिन्न संघ/संस्थाहरुद्वारा नेउवामहासंघ मार्फत राहत हस्तान्तरण (२०६५/५/१०)
 2008-08-26 08:29:55
  
सप्तकोशी बाढी पिडीतहरुको सहयोगको लागि विभिन्न संघ/संस्थाहरुले नेपाल उद्योग वाणिज्य महासंघ मार्फत प्रभावित क्षेत्रमा वितरणका लागि महासंघका अध्यक्ष कुशकुमार जोशीलाई महासंघ सचिवालयमा आज आयोजित एक कार्यक्रम बीच नगद तथा राहत सामग्री हस्तान्तरण गरेका छन् ।

सो क्रममा नेपाल छाला जुत्ता तथा वस्तु उत्पादक संघका अध्यक्ष रामकृष्ण प्रशाईले संघका तर्फबाट रु. २५,०००/ (पच्चीस हजार) नगद र करिव रु. ३ लाख मुल्य वरावरको लत्ता कपडा, नेपाल मदिरा उत्पादक संघका अध्यक्ष केदारलाल श्रेष्ठले रु. १,११,१५१/- (एक लाख एघार हजार एक सय एकाउन्न) नगद र खिचापोखरी व्यापार संघ तथा खिचापोखरी यूथ क्लवका तर्फबाट संयुक्त रुपमा संघका महासचिव योगेन्द्र देवले रु ३१, ५००/- (एकतीस हजार पांच सय) नगद र रु. ३ लाख भन्दा बढीको जिन्सी सामग्री महासंघका अध्यक्ष जोशीलाई हस्तान्तरण गर्नुभयो ।

राहत हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै महासंघका अध्यक्ष जोशीले सप्तकोशी घटनाबाट सुनसरी जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षतिपुग्न गएकोले विपत्तिको यस घडीमा सवैले आ-आफनो तर्फबाट सक्दो सहयोग गर्नुपर्ने आवश्यकता भएकोमा जोड दिंदै प्राप्त सहयोगको सराहना गर्नुको साथै यथाशीघ्र बाढी प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गरिने विश्वास दिलाउनु भयो ।

महासंघका उपाध्यक्ष एवं नेउवामहासंघ-दैवि प्रकोप उद्धार कार्यदलका प्रवक्ता तथा मूल्याङ्कन टोलीका संयोजक भाष्करराज राजकर्णिकारले महासंघले राहत संकलन तथा वितरण प्रणालीलाई निकै प्रभावकारी रुपमा संचालन गरेको र बाढी प्रभावित क्षेत्रका महासंघका सदस्य उद्योग वाणिज्य संघहरुको समन्वयमा प्रभावित क्षेत्रमा क्याम्पनै संचालन गरि राहत वितरण कार्य भैरहेको जानकारी गराउंदै प्राप्त सहयोगले पिडीत जनताका लागि ठूलो राहत पुग्ने वताउनु भयो ।

महासंघको कार्यकारिणी समितिका सदस्य अंजन श्रेष्ठको पनि उपस्थिति रहेको सो अवसरमा राहत हस्तान्तरण गर्ने संस्थाका पदाधिकारीहरुले राहत सामग्री संकलन गरि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै ती सामग्री बाढी प्रभावीत क्षेत्रमा यथाशक्य छिटो पुग्ने विश्वास प्रकट गर्नुभयो ।


 
  
बीमस्टेक बैठक तथा कोशी बाढी समस्याका विषयमा परराष्ट्रमन्त्री यादवलाई नेउवामहासंघद्वारा विभिन्न सुझावहरु प्रस्तुत (२०६५/५/९)
 2008-08-25 10:39:27
  
नवनियुक्त परराष्ट्रमन्त्री उपेन्द्र यादवसंग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डले आज परराष्ट्र मन्त्रालयमा भेटगरि भारतको राजधानी नयां दिल्लीमा यही भाद्र १३ गतेदेखि आयोजना हुने बीमस्टेक (BIMSTEC) बैठक तथा कोसी बाढी समस्याका विषयमा निजी क्षेत्रका तर्फाट विभिन्न सुझावहरु प्रस्तुत गरेको छ ।

सो अवसरमा महासंघको प्रतिनिधिमण्डलले बीमस्टेकको बैठकमा लगानीका अवसरहरु बढाउन सदस्य राष्ट्रहरु बीच सर्म्पर्क विस्तार (Connectivity) का लागि नेपालका तर्फाट सशक्त रुपमा जोड दिन सुझाव दिएको छ । त्यसैगरि बीमस्टेकको स्थायी सचिवालयको व्यवस्था, सदस्य राष्ट्रहरु बीच व्यापार वृद्धिका लागि संवदेनशील वस्तुहरुको सूची घटाउने तथा उत्पत्तिको नियमलाई सरलीकरण गर्ने आदि विषयमा पनि बैठकमा नेपालका तर्फाट जोड दिनु पर्ने सुझाव दिइएको छ । त्यसैगरि सो प्रतिनिधिमण्डलले सरकारले परराष्ट्र नीतिमा आर्थिक कुटनीतिलाई विशेष जोड दिनु पर्ने र सोका लागि महासंघ एवं परराष्ट्र मन्त्रालय बीच सहकार्य गरेर जानुपर्ने सुझाव समेत दिएको छ ।

महासंघका उपाध्यक्षहरु कृष्णप्रसाद ताम्राकार र प्रदीपजंग पाण्डे, व्यापार समितिका सभापति कुमुद कुमार दुगड र महानिर्देशक मेघनाथ न्यौपानेको समेत सहभागिता रहेको सो अवसरमा परराष्ट्रमन्त्री यादवसंग बीमस्टेक बैठकका क्रममा हुने दुई पक्षिय वार्तामा भारतसंग हालै कोशी नदीको तटवन्ध फुटेर सुनसरी जिल्लामा भएको क्षतिसंगै आपूर्ति व्यवस्थामा भएको समस्यालाई हटाउन भारतीय नाकाहरुको बाटो गरि पूर्वाञ्चल क्षेत्रसंगको यातायात सर्म्पर्क जोड्ने कार्यमा सहयोग पुर्žयाउन आग्रह गर्न पनि सुझाव दिइएको छ ।

"नेपाल टु नेपाल" का लागि भारतीय नाकाहरु जोगवनी, पूणिर्या, मुगल सराय, बरोनी भएर समस्तिपुर रक्सौल हुदै नेपाल प्रवेश गर्ने उत्तम विकल्प भएकाले भारतीय पक्षसंग त्यसका लागि सहयोगका लागि आग्रह गर्न परराष्ट्रमन्त्री यादवलाई सुझाव दिइएको थियो ।

भेटघाटका अवसरमा मन्त्री यादवले महासंघले दिएका सुझावहरुलाई गम्भीरतापर्ूवक लिई त्यसलाई जोडतोडका साथ उठाउने र सप्तकोशीले सुनसरी जिल्लामा पुर्žयाएको क्षती र तत्कालका लागि भारतबाट हुनुपर्ने सहयोगका विषयमा भारतीय पक्षसंग कुरा राख्ने विश्वास दिलाउनु भयो ।

क्षेत्रीय व्यापार विस्तारको उद्देश्यले स्थापित वहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि वंगालको खाडीको प्रयास (BIMSTEC) नामक सो संस्थाको नेपाल लगायत भारत, वंगलादेश, वर्मा, भुटान, थाइल्याण्ड र श्रीलंका सदस्य रहेका छन् ।


 
  
ट्रक आलोपालो व्यवस्था कार्यान्वयन नगर्न/नगराउन सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी (२०६५/५/९)
 2008-08-25 10:34:38
  
सर्वोच्च अदालतले सेती महाकाली ट्रक व्यवसायी संघको विधानको दफा ३(१) बमोजिम आलोपालो व्यवस्था अहिले कार्यान्वयन नगर्नु नगराउनु भनि जिल्ला प्रशासन कार्यालय कैलाली र सेती महाकाली ट्रक व्यवसायि संघको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधिश राम प्रसाद श्रेष्ठ र राम कुमार प्रसाद शाहको संयुक्त इजलासले आज उक्त आदेश जारी गरेको हो ।

सार्वजनिक परिवहन साधन (ट्रक) प्रतिस्पर्धाको आधारमानै चल्नु चलाउनु पर्ने प्रचलित कानूनको व्यवस्था विपरित ट्रक तथा ट्याङ्कर व्यवसायीहरुका संघ, महासंघहरुले चक्र प्रणाली (Syndicate System), क्यू प्रणाली (Que System), डायल प्रणाली (Dial System) वा आलोपालो प्रणाली चलाई आएकोले व्यवसायको प्रतिस्पर्धात्मक क्षमतामा प्रतिकूल असर पुर्žयाएकोले विपक्षीका नाममा नेपालको अन्तरिम संविधान २०६३ को धारा १०७(२) बमोजिम उत्प्रेषण, परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी पाउं भनि नेपाल उद्योग वाणिज्य महासंघ र कैलाली उद्योग वाणिज्य संघले गत साउन २४ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।


 
  
महासंघको टोलीद्वारा वाढी प्रभावित क्षेत्रको निरीक्षणका साथै आवश्यकताको पहिचान एवं मूल्याङ्कन (२०६५/५/८)
 2008-08-25 01:21:11
  
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले सप्तकोशी नदीको बांध फुटी प्रभावित क्षेत्रको आज निरीक्षण एवं अध्ययन अवलोकन गरी महासंघका सदस्य उद्योग वाणिज्य संघहरुद्वारा वाढी पीडितहरुको उद्धारका लागि सञ्चालित शीविरबाट आफू निकै प्रभावित भएको उल्लेख गर्नु हुदै सहयोग एवं उद्धार कार्यलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

महासंघका अध्यक्ष जोशी र उपाध्यक्ष एवं नेउवामहासंघ-दैवि प्रकोप उद्धार कार्यदलका प्रवक्ता तथा मूल्याङ्कन टोलीका संयोजक भाष्करराज राजकणिर्कार सहितको टोलीले आज गरेको बाढी प्रभावित सबै क्षेत्रको हवाई निरीक्षण तथा अध्ययन अवलोकनका साथै आवश्यक सहयोगको पहिचान एवं मूल्याङ्कनपछि उहांले उक्त कुरामा जोड दिनु भएको हो ।

नेपाली सेनाको सहयोगमा प्राप्त हेलिकप्टरबाट गरिएको उक्त हवाइ निरीक्षण अवलोकनमा पृतनापति राम बहादुर गुरुङ्ग, महासंघका समिति सभापति एवं उक्त कार्यदलका सदस्यहरु, डि.बी. बस्नेत, लोक विक्रम थापा र प्रदीपमान बैद्य समेत हुनु हुन्थ्यो ।

उक्त टोलीले सुनसरीको भण्टावारी सीविरमा रहेका बाढी पीडितहरुलाई महासंघद्वारा संकलित राहत सामग्री वितरण गर्नुका साथै सुनसरीका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी एवं मोरङ्ग व्यापार संघका अध्यक्ष महेश कुमार जाजु, उद्योग संगठन मोरङ्गका अध्यक्ष दिनेश गोल्छा, उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष अशोक ताम्राकार, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष सुकदेव मेहता र धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष लालचन्द गोंग्वा समेतको सहभागितामा सुनसरीमा आयोजित बैठकमा सप्तकोशीले गरेको कटान, प्रभावित क्षेत्र, तत्काल आवश्यक राहत, मूल्याङ्कन एवं आवश्यक व्यवस्था, पुनर्निर्माण जस्ता विविध पक्षमा छलफल गर्žयो ।

सो टोलीले मोरङ्ग व्यापार संघ, उद्योग संगठन मोरङ्ग, उद्योग वाणिज्य संघ सुनसरी, इनरुवा, इटहरी लगायतले सञ्चालन गरेका वाढी पीडित उद्धार शीविरहरुको निरीक्षण समेत गरेको थियो ।


 
 
 
106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 
 
 



 © Copyright 2005-2013. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.
Designed and Maintained by Yomari