Aug 10, 2017
महासंघ प्रतिनिधिमण्डल र नेपाल राष्ट्र बैंकका गभर्नर बीच भेटवार्ता (२०७४/०४/२६)
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वको महासंघ प्रतिनिधिमण्डल र नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल बीच आज राष्ट्र बैंकमा भेटवार्ता भयो । 

महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, बैंक तथा वित्तीय समितिका सभापति सौरभ ज्योति, उपसभापतिद्वय गोपाल खनाल र विजय सिं वैध, कार्यकारिणी समितिका सदस्य शाहिल अग्रवाल सम्मिलित महासंघको प्रतिनिधिमण्डलले भेटका अवसरमा पछिल्लो अवस्थामा राष्ट्र बैंकले मुलुकको उद्योग व्यवसायको उत्थानका लागि चाल्नु पर्ने नीतिगत व्यवस्थाका विषयमा ध्यानाकर्षण गरायो । 

सो अवसरमा महासंघका तर्फबाट भारतबाट पैठारी हुने कच्चा पदार्थको भुक्तानी विदेशी परिवत्र्य मुद्रामा हुने हालको व्यवस्थालाई निरन्तरता दिनु पर्ने, भारतमा जीएसटी लागु भएपछि नेपाल पैठारी हुने सामाग्रीको एल.सी. डकुमेन्टमा ए.आर.ई वान  फर्मको सट्टा जीएसटी विल संलग्न हुने भएकोले एल.सी.मा लेखिने वाक्यमा आवश्यक संसोधन हुनुपर्ने, हाल बाणिज्य बैंकहरुको पूँजी बृद्धि भएको र रिजर्भमा समेत रकम भएकाले सहवित्तीयकरण ९ऋयलकयचतष्गm० को हालको रु. एक अर्बको सिमामा बृद्धि गरिनुपर्ने सुझाव दिइएको थियो । 

त्यसैगरी एकै दिनमा सयौंलाई भुक्तानी दिनुपर्ने रेमिट्यान्स काउन्टरहरुलाई दैनिक १० लाखसम्मको मात्र भुक्तानीको सिमा तोकिँदा यसले बैकिङ च्यानलबाट आएको रेमिट्यान्स निरुत्साहित हुने र गैर बैकिङ रेमिट्यान्स फस्टाउने हुंदा उक्त सिमा हटाउने तर्फ विशेष पहल हु्नुपर्ने, यूसेन्स लेटर अफ क्रेडिटलाई संचालनमा ल्याइनु पर्ने, जलविद्युत क्षेत्रमा बैंकहरुले लगानी बृद्धि गर्नुपर्ने, आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीतिमा उल्लेख भएको निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा सवारीको मूल्याङ्कनको बैंकले ६५ प्रतिशत लगानी गर्न सक्ने व्यवस्थाको कार्यान्वयन हुनुपर्ने लगायतका सुझावहरु महासंघको तर्फबाट सो अवसरमा राखियो । 

सो अवसरमा गभर्नर डा. नेपालले महासंघका तर्फबाट आएका सुझावहरुलाई आफूले अत्यन्त सकारात्मक रुपमा लिएको बताउनु् हुंदै अर्थतन्त्रको आकारमा भएको बृद्धि र अर्थतन्त्रलाई थप गतिशिलता प्रदान गर्नका लागि राष्ट्र बैंकका तर्फबाट गरिनु पर्ने सुधारका लागि कार्य गर्ने प्रतिवद्धता जनाउनु भयो ।  
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by