Aug 22, 2017
महासंघबाट प्रभावित जिल्लाहरूमा राहत सामग्री पठाउन शुरु,  आज रौतहट, सुनसरी र धनु्षा जिल्लामा पठाइयो (२०७४/०५/०६)
नेपाल उद्योग वाणिज्य महासंघद्वारा बाढी प्रभावितहरूको सहयोगार्थ संकलित राहत सामग्रीहरू (खाद्यान्न, त्रिपाल, औषधि,पानी) आज बाढी प्रभावित जिल्लाहरू गौर(रौतहट), इनरुवा(सुनसरी), जनकपुर (धनुषा) जिल्लातर्फ पठाइएको छ । महासंघद्वारा पठाइएका ती राहत सामग्रीहरू नेपाल सरकारको स्थानीय दैवि प्रकोप उद्धार समितिको समन्वयमा महासंघको स्थानीय उद्योग वाणिज्य संघहरूले प्रभावित जनताहरूलाई वितरण गर्ने कार्यक्रम छ । 

३ वटा ट्रक मार्फत पठाइएका राहत सामग्रीहरूमा प्रतिट्रक १ सय २० वटा बक्स रहेको छ भने प्रत्येक बक्समा चामल २५ केजी, दाल ५ केजी, खानेतेल १ लिटर, गरम मसला १ पाकेट, नुन १ किलो, वाईवाई ३० प्याकेट, नेविको विस्कुट २० प्याकेट, सोयाविन १ किलो, डिटोल सावुन १ पिस, लुगा धुने सावुन १ पिस, पियूस पानी शुद्धिकरण १ पिस, चिनी १ केजी, जीवनजल ५ पाकेट, चिउरा ५ केजी गरी प्रतिपरिवारलाई एक महिनाका लागि खाद्यान्न राखिएको छ । त्यसैगरी महासंघले रौतहट, सुनसरी र धनुषा जिल्लामा औषधि र एम्बुलेन्स सहितको डाक्टरहरूको टीम समेत पठाइसकेको छ । त्यसैगरी त्रिपाल, लत्ताकपडा समेत ती जिल्लाहरूमा यस अघिनै पठाई सकिएको छ । 

महासंघ र ब्रोडकाष्टिङ एसोसिएसन नेपालको संयुक्त पहलमा बाढी प्रभावित जिल्लाहरूमा जनचेतनामुलक रेडियो संदेश प्रचार प्रसार गरिनुका साथै सामाजिक संजाल, इमेल, फेसवुट, ट्वीटर, गो फण्ड मार्फत अन्तराष्ट्रिय सहयोग परिचालनमा समेत कार्य भैरहेको छ । 

प्रभावित जिल्लामा महासंघका सदस्य उद्योग वाणिज्य संघहरूले अग्रस्थामा रहेर सहयोग गरीरहेका छन् । महासंघले राहत वितरण कार्यक्रमलाई नियमितरुपमा अझ प्रभावकारी ढंगबाट अगाडी बढाउने योजना समेत बनाएको छ । 

बाढी प्रभावितहरुको सहयोगार्थ प्रभावकारी ढंगले काम गर्न महासंघले महासंघको सामाजिक सेवा फोरमका सभापति जय प्रसाद सिवाकोटीको संयोजकत्वमा १७ सदस्यीय बाढी पहिरो व्यवस्थापन कार्यदल २०७४ गठन गरी कार्य गरीरहेको छ ।

बाढी प्रभावित जनताको सहयोगार्थ महासंघले बैंक अफ काठमाडौंमा एफएनसीसीआई रिलिफ खाता संचालनमा ल्याएको छ भने विपत्तिमा परेका जनताहरूको सहयोगार्थ महासंघले संचालनमा ल्याएको द्यबलप या Bank of Kathmandu मा रहेको FNCCI Relief Fund A/C N0: 012500000635 खातामा आआफ्नो क्षेत्रबाट नगद सहयोग गर्न महासंघ आफ्ना सवै सदस्य उद्योग वाणिज्य संघहरू, वस्तुगत संघहरू, द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरू, एसोसिएट सदस्यहरु, उद्यमी व्यवसायीहरू, गैर आवासीय नेपाली संघ लगायत अन्य संघ संस्थाहरू समेत सवैमा हार्दिक अपिल समेत गरेको 
छ ।

संस्थागत सामाजिक दायित्वबाट निजी क्षेत्र सदैव अभिप्रेरित रहेको र मुलुक र मुलुकवासीमा प्राकृतिक विपत्तिका वखत सदैव खुला ह्दयले सहयोग गर्दै आएको स्मरण गराउंदै महासंघले आफ्ना सवै सदस्य संघ संस्थाको सहयोग र सहकार्यमा अग्रस्थानमा रहेर विपत्तिमा परेका जनताको सहयोग गर्ने प्रतिवद्धता नेपाल सरकार समक्ष व्यक्त 
गर्दछ ।  
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by