Aug 24, 2017

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाका साथ भारत भ्रमणमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल आज विभिन्न भेटघाटमा ब्यस्त रह्यो । 

महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान सम्मिलित महासंघको प्रतिनिधिमण्डलले आज त्यहांका सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरी र भारतीय उद्योग परिसंघ (Confederation of Indian Industry-CII) अध्यक्षसंग भेटघाट गर्यो । 

मन्त्री गडकरीसंग भएको भेटवार्तामा नेपालमा भारतीय लगानी प्रवद्र्धन, व्यापार घाटा न्यूनीकरण, आपसी सहकार्यका क्षेत्रहरू लगायतका विषयमा छलफल भयो । 

त्यसैगरी भारतीय उद्योग परिसंघ (Confederation of Indian Industry-CII) संग भएको भेटवार्तामा महासंघ र सीआईआई बीचको सहयोग एवं सहकार्य, यसै वर्ष आयोजना गरिने नेपाल भारत लगानी सम्मेलन तथा रोड शोको सफल आयोजना तथा नेपालमा भारतीय लगानी विस्तारमा सीआईआईको सहयोगका विषयमा छलफल भयो ।  
आजै विहान पिएचडी सीसीआईले पीएचडी हाउसउमा आयोजना गरेको इण्डो नेपाल जीएसटी मीट (Indo-Nepal GST Meet) कार्यक्रमलाई महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले संवोधन गर्नुभयो । सो अवसरमा वरिष्ठ उपाध्यक्ष गोल्छाले नेपालमा निर्यात हुने तथा वस्तु तथा सेवामा जीएसटी लाग्न नहुने सुझाव दिनु भयो ।  भारतले लागू गरेको जीएसटीबाट नेपालले कसरी लाभ उठाउन सक्छ यस विषयमा दुवै देशका निजी क्षेत्र बीच आपसी छलफल हुनुपर्नेमा जोड दिनु भयो । 

जीएसटीबाट दुई देश बीचको व्यापारमा अझ सहजता आउने विश्वास महासंघले लिएको समेत वरिष्ठ उपाध्यक्ष गोल्छाले बताउनु भयो । उहाँले यस विषयमा महासंघ भारतीय सरकार तथा निजी क्षेत्रसंग नजिकमा रहेर कार्य गर्न तत्पर रहेको विश्वास दिलाउनु भयो । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by