Aug 31, 2017
काठमाडौंमा Cross Border Tourism and Trade Expo-Festival of Bengal  आयोजना गरिंदैमिति: (२०७४/०५/१५)
नेपाल उद्योग वाणिज्य महासंघद्वारा काठमाडौंस्थित भारतीय राजदूतावास र भारतको वेष्ट बंगाल–नेपाल उद्योग वाणिज्य संघ  (West Bengal-Nepal Chamber of Commerce and Industry-WBNCCI) को सहयोगमा काठमाडौंमा यही भदौ १७ देखि २० गतेसम्म“Cross Border Tourism and Trade Expo-Festival of Bengal" आयोजना गरिने भएको छ । कार्यक्रमको भदौ १८ गते सम्माननीय प्रधानमन्त्रीबाट एक विशेष समारोहका बीच समुद्घाटन गरिने कार्यक्रम छ । कार्यक्रम शोल्टी होटल तहाँचलमा आयोजना हुने छ । 

नेपाल भारत बीचको दौत्य सम्बन्ध स्थापना भएको ७० औं वर्ष पुगेको अवसरमा दुवै देशको आर्थिक, सामाजिक, धार्मिक, पर्यटकिय, साँस्कृतिक सम्बन्धलाई थप मजवुद बनाउने उद्देश्यले आयोजना गरिन लागेको उक्त कार्यक्रममा दुवै देशका उद्यमी व्यवसायीहरु एकै ठाउँमा भेला भई आपसी आर्थिक तथा व्यवसायिक सम्बन्ध विस्तार, सम्पर्क सञ्जाल विस्तारमा महत्वपूर्ण पहल हुनेछ । 

सो सम्बन्धमा जानकारी दिने उद्देश्यले आज काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यक्रम अवधिभर सांस्कृतिक कार्यक्रम, बंगालको फुड फेस्टिवल, व्यवसायिक सभा, सम्मेलन, आर्थिक व्यवसायिक सम्बन्ध खासगरी पश्चिम बंगालसँगको सम्बन्धलाई अझ मजवुद बनाउन विभिन्न गतिविधिहरु आयोजना गरिने बताइएको छ । त्यसअघि भदौ १७ गते वेष्ट–बंगाल नेपाल चेम्वर अफ कमर्सको प्रतिनिधिमण्डलले नेपाल उद्योग वाणिज्य महासंघमा द्विपक्षीय भेटवार्ता गर्नेछ । 
 
कार्यक्रममा भागलिन वेष्ट वंगाल–नेपाल चेम्वर अफ कमर्स ९ध्भकत द्यभलनब(West Bengal-Nepal Chamber of Commerce and Industry-WBNCCI) का तर्फबाट संघका अध्यक्ष डी.के. जैसवालको नेतृत्वमा संघका पदाधिकारीहरु सहित उद्यमी व्यवसायीहरु शनिवार काठमाडौं आउने कार्यक्रम छ । 

उक्त प्रतिनिधिमण्डलबाट आपसी आर्थिक तथा व्यवसायिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउन नेपाल सरकारका उच्च अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उक्त भेटवार्तामा पश्चिम बंगाल र नेपालका बीच लगानी आकर्षण, व्यवसायिक सम्बन्ध विस्तार, संयुक्त लगानीका सम्भाव्यता, सामाजिक साँस्कृतिक सम्बन्ध विस्तार तथा आदान प्रदान लगायतका विषयमा छलफल गरिने छ । 

वेष्ट बंगलबाट आउने व्यवसायिक प्रतिनिधिमण्डलले खासगरी होटल, शिक्षा, फिल्म, मेडिकल, स्टील उद्योग, कृषि, टी कफी आदि क्षेत्रमा आफसी छलफलका लागि विशेष चासो देखाएको छ भने ती क्षेत्रहरुमा बी–टु–बी बैठक, नेपाल लगानी बोर्डका पदाधिकारी, नेपाल पर्यटन बोर्डका पदाधिकारीसंग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय राजदूतावासको सहयोगमा आगामी दिनमा नेपालका सिमावर्ती भारतीय शहरहरु उत्तर प्रदेश, विहार तथा उत्तराखण्डमा पनि यस्तै प्रकारका कार्यक्रमहरु गर्दै जाने पत्रकार सम्मेलनमा बताइयो । 

पत्रकार सम्मेलनलाई संवोधन गर्नुहुँदै महासंघका अध्यक्ष भवानी राणाले कार्यक्रम नेपाल र भारत खासगरी पश्चिम बंगालसँगको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, पर्यटन प्रवद्र्धन, संयुक्त लगानीका लागि सम्भाव्य क्षेत्रमा सहकार्य गर्न कोशेढुंगा हुने विश्वास प्रकट गर्नुभयो । अध्यक्ष राणाले महासंघले आगामी दिनमा पनि भारतका सिमावर्ती शहरहरुमा यस प्रकारका कार्यक्रमहरु गर्दै जाने कार्यक्रम रहेको जानकारी गराउनु भयो ।

भारतीय राजदूतावासका सीडीए डा. आजय कुमार (Dr. Ajay Kumar, CDA, Embassay of India) ले कार्यक्रम भारत नेपाल बीचको कला संस्कृति आदान प्रदान, व्यवसाय प्रवद्र्धन, सहकार्यका थप नयां क्षेत्र पहिचानमा परिणामदायी हुने विश्वास प्रकट गर्नुभयो । 

महासंघको पर्यटन प्रवद्र्धन समितिका सभापति ज्योत्साना श्रेष्ठले स्वागत मन्तव्य र समितिका सदस्य एवं शोल्टी होटलका जेनेरल म्यानेजर उपल मजुमदारले पनि बोल्नु भएको पत्रकार सम्मेलनमा भारतीय राजदूतावासका प्रथम सचिव(पीएलए) रुवी जसप्रीत शर्मा, वाणिज्य कन्सुलर राम प्रसादको उपस्थिति रहेको थियो । 
  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by