Sep 15, 2017
महासंघ पदाधिकारीहरू र जेनेभा स्थित संयृुक्त राष्ट्रसंघका लागि स्थायी  प्रतिनिधि तथा  जेनेभाकालागि नेपाली राजदुत बीच भेटवार्ता (२०७४/०५/३०)




नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, महासंघ कार्यकारिणी समिति सदस्य एवं निर्यात प्रवद्र्धन समितिका सभापति मनिष कुमार अग्रवाल, महासंघका पदाधिकारीहरू, कार्यकारिणी समितिका सदस्यहरु र जेनेभा स्थित संयृुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि तथा नेपाली राजदुत दीपक धितालबीच महासंघ सचिवालयमा विश्व व्यापार संगठन (डब्ल्यूटीओ), तथा संयुक्त राष्ट्र संघका अंगहरुका बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार सहित विविध विषयमा छलफल भयो ।

सो अवसरमा महासंघका उपाध्यक्ष श्रेष्ठले नवनियुक्त राजदुत धितालको महासंघ सचिवालयमा स्वागत गर्नुहुंदै जेनेभा लगायत अन्य मुलुकसंग आपसी आर्थिक सम्बन्धलाई थप मजवुद बनाउन आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने कुरामा जोड दिनु भयो । उपाध्यक्ष श्रेष्ठले नेपाल स्विजरल्याण्ड तथा डब्ल्यूटीओ, डब्ल्यूआइपीओ, आइएलओ, डब्ल्यूएचओ लगायतका अन्तर्राष्ट्रिय संस्था मार्फत नेपालको निर्यात प्रवद्र्धन एवं व्यापार विस्तारमा कूटनितिक माध्यमबाट राजदुत धितालबाट  पहल हुने विश्वास व्यक्त गर्नुभयो । 

सो अवसरमा भएको छलफलमा नेपाल र स्विट्जरल्याण्ड लगायतका देशहरु  बीचको व्यापार, लगानी, पर्यटन विस्तार, व्यवसायिक भ्रमणको आदान प्रदानमा जोड दिइयो । छलफलका क्रममा विदेशमा नेपाल र नेपाली उत्पादनहरु प्रवद्र्धन गर्न स्थायी रूपमा “नेपाल निर्यात हाउस” को स्थापना, कल्चरल एक्सचेन्जका कार्यक्रमहरू, व्यापार मेलाहरूको आयोजना, सूचना तथा संचार प्रविधिका क्षेत्रमा सहकार्य, पर्यटकहरूलाई नेपाल भ्रमणमा आकर्षण गर्न सहुलियत,सहितका प्याकेज कार्यक्रमहरू बनाउन व्यापार प्रवद्र्धनमा भएका समस्याहरुको दीर्घकालिनसमाधान लगायतका विषयमा छलफल भयो । 

सो अवसरमा राजदुत धितालले महासंघसंगको भेटवार्ता निकै महत्वपूर्ण रहेको बताउनु भयो । नेपालको अन्तराष्ट्रिय बजारमा सम्बन्ध तथा व्यापार सम्बन्ध विस्तारका लागि सन् २००४ मा डब्ल्यूटीओ संग आबद्ध भएको बताउनुहुँदै नेपालमा बौद्धिक सम्पति, सांस्कृतिक एवं कृषिमा प्रचुर संभावना रहेको र यसका प्रवद्र्धनको लागि सरकारी एवं निजीक्षेत्रको पहल एवं सहकार्य आवश्यक रहेको बताउनुभयो । राजदुत धितालले डब्ल्यूटीओ बाट नेपालले लिन सक्ने प्रशस्त फाइदाहरु रहेको र सरकार तथा निजी क्षेत्रको आर्थिक/व्यवसायिक सम्बन्ध विस्तारमा डब्ल्यूटीओ मार्फत विशेष योगदान गर्न आफूले सक्दो कार्य गर्ने विश्वास दिलाउनु भयो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by