Oct 12, 2017
नेपालको निजी क्षेत्र र अन्तराष्ट्रिय व्यापार केन्द्रका कार्यकारी निर्देशक बीच भेटवार्ता (२०७४/०६/२६)
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष र अन्तरर्राष्ट्रिय व्यापार केन्द्र (आई.टि.सि.) को कार्यकारी निर्देशक अरेन्चा गोन्जालेज (Arancha Gonzalez, executive Director, International Trade Centre (ITC) ) बीच भेटघाट भयो । उक्त भेटघाटको अवसरमा नेपालको अन्तर्राष्ट्रिय व्यापार तथा निजी क्षेत्रको प्रवद्र्धन र विकासका सम्बन्धमा आज महासंघ सचिवालयमा छलफल भयो ।  

कार्यकारी निर्देशक गोन्जालेजलाई स्वागत गर्नुहुँदै अध्यक्ष भवानी राणाले अन्तर्राष्ट्रिय व्यापारमा नेपालले कहालीलाग्दो किसिमको घाटा खेपिरहेको परिप्रेक्षमा नेपालको निकासी व्यापारको प्रवद्र्धन तथा विकासका लागि नेपालमा विदेशी लगानी तथा प्रविधि भित्र्याई तुलनात्मक लाभ भएको नेपाली वस्तु तथा सेवाको उत्पादकत्वमा बृद्धि गरी प्रतिस्पर्धी क्षमता विस्तारमा हुन सक्ने सहयोगका विषयमा विस्तृत छलफल भयो ।

यसैगरी महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आइटिसिले नेपाली निकासीयोग्य वस्तुहरुको विकास र प्रवद्र्धनमा पुर्‍याएको सहयोगको प्रशंसा गर्नुहुदै नेपाली निजी क्षेत्रको क्षमता विकास र mबचपभत ष्लतभििष्नभलअभ मा सहयोगका लागि आग्रह गर्नुभयो । 


सो अवसरमा अन्तरर्राष्ट्रिय व्यापार केन्द्रका कार्यकारी निर्देशक अरेन्चा गोन्जालेज (Arancha Gonzalez, executive Director, International Trade Centre (ITC) ) ले नेपाली उत्पादनहरु गुणस्तरीय भएता पनि विश्व बजारमा यसले विभिन्न किसिमका गैर भन्सार अवरोध (Non-Tariff Measures) हरुको सामना गरिरहनु परेको केन्द्रको एक अध्ययनले जनाएको बताउनु भयो । नेपाल सरकारले सो अवरोधहरुको समाधानका लागि प्रभावकारी पहल गरेमा नेपालले विश्व बजारमा आफ्नो पहिचान बनाउन सफल हुने विचार व्यक्त गर्नु भयो । साथै, उहांले यस कार्यमा केन्द्रले नेपालको निजी क्षेत्रसंग पनि थप सहकार्य गर्न सकिने विश्वास दिलाउनुभयो । 


सो भेटघाट कार्यक्रममा महासंघका कार्यकारिणी सदस्य एवं निर्यात प्रवद्र्धन समितिका सभापति मनिष कुमार अग्रवाल, वस्तुगत परिषदका सल्लाहकार शंकर प्रसाद पाण्डे, उपमहासचिव उमाकान्त पराजुली, कृषि उद्यम केन्द्रका प्रमुख कार्यकारी अधिकृत प्रदिप महर्जन, आइटिसिका अधिकृतहरु
 लगायतको उपस्थिति थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by