Nov 21, 2017
सम्माननीय राष्ट्रपति समक्ष क्यासी प्रतिनिधिमण्डलद्वारा भेट (२०७४/०८/०५)

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी सहित एशिया प्रशान्त क्षेत्रका उद्योग वाणिज्य महासंघहरूको प्रतिनिधि संस्था क्यासी (Confederation of Asia Pasicific Chambers of Commerce Industry-CACCI) का अध्यक्ष जामेल इनासिभिली (Mr. Jemal Inaishvili, President, CACCI) को नेतृत्वमा नेपाल भ्रमणमा आएको क्यासी व्यवसायिक प्रतिनिधिमण्डलले आज राष्ट्रपति भवन शीतलनिवास भेटवार्ता गर्‍यो । 

सो अवसरमा महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र क्यासीका उपाध्यक्ष एवं महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो । 

सो भेटवार्तामा नेपालमा लगानीका अवसर, नेपालको विद्यमान अवस्था, एशिया प्रशान्त क्षेत्रका देशबाट नेपालमा हुन सक्ने लगानीका सम्भाव्यता विषयमा विस्तृत छलफल भयो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by