Nov 30, 2017
महासंघका  अध्यक्ष राणद्वारा चाइना–साउथ एशिया विजिनेश काउन्सिलको  बैठकलाई मालेमा संवोधन  (२०७४/०८/१४)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले माल्द्विभ्सको राजधानी मालेमा आयोजित चाइना साउथ एशिया विजिनेश काउन्सिल (China-South Asia Business Council) को मिटिङलाई आज संबोधन गर्नुभयो । 

अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनियाँ परिषद -China Council for the promotion of International trade -CCPIT) र सार्क उद्योग वाणिज्य संघ (SAARC Chamber of Commecrce and Industry- SCCI)  द्धारा संयुक्त रुपमा आयोजित उक्त बैठकमा माल्द्विभ्सका आर्थिक विकास उपमन्त्री अदाम थाउफेग - Mr. Adam Thaufeeg, Deputy Minister of Economic Development of Republic of Maldives), सार्क उद्योग वाणिज्य संघका सुरज बैद्य र सीसीपीआइटीका उच्च पदाधिकारीहरुको सहभागिता रहेको थियो । उक्त बैठक आगामी वर्ष चीनमा आयोजना हुने १३ औं चाइना साउथ एशिया व्यवसायिक फोरम (13th  China-South Asia Business Forum) को पूर्व तयारी बैठक हो । 



सोही समारोहमा सिल्करोड विजनेश काउन्सिल (Silk Road Business Council) सम्बन्धी सहमतिपत्र (MOU)  मा महासंघका तर्फबाट अध्यक्ष राणाले हस्ताक्षर गर्नुभयो । 



सो बैठकलाई संबोधन गर्नुहुँदै महासंघका अध्यक्ष राणाले अघिल्लो वर्ष चीनको युनानमा सम्पन्न फोरमको बैठकमा आफुले भाग लिएको र त्यसबाट नेपाल दक्षिण एशियाली देशहरु र चीन बीचको आर्थिक व्यावसायिक साझेदारीका अनुभव साटासाट गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । चीन र दक्षिण एशिया बीच सहकार्यका लागि यो फोरम अत्यन्तै उपयोगी रहेको धारणा अध्यक्ष राणाले राख्नुभयो । 

नेपाल र चीन बीचको दौत्य सम्बन्ध र निजी क्षेत्र बीचको सम्बन्ध अत्यन्त प्रगाढ  रहेको स्पष्ट पार्नुहुँदै अध्यक्ष राणाले महासंघले चीनको सीसीपीआइटी र अखिल चीन उद्योग वाणिज्य महासंघ मार्फत पनि दुई देश बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा सहकार्य गरिरहेको जानाकारी गराउनुभयो । 



अध्यक्ष राणाले  हालै मात्र स्थापना गरिएको एशियन पूर्वाधार लगानी बैंक  (Asian Infrasturcture Investment Bank) र चीन सरकारबाट अगाडि बढाइएको एक वेल्ट एक रोड (One Belt One Road) मा नेपालले हस्ताक्षर गरेको स्मरण गर्दै नेपालको यो सहभागिताबाट निकै धेरै अवसरहरु प्राप्त हुनुको साथै दुई पक्षिय तथा बहु पक्षिय व्यापार बृद्धि तथा लगानी विस्तारमा समेत महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गर्नुभयो ।  साथै अध्यक्ष राणाले सार्क देश बीचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारमा जोड दिनुका साथै नेपालमा बढाउनर्  चीन तथा दक्षिण एशियाका व्यवसायी नेताहरुलाई आग्रह समेत गर्नुभयो । 
  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by