May 07, 2018
एशिया रवर एक्स्पोमा महासंघको सहभागिता (२०७५/०१/२४)

भारतको राजधानी नयाँ दिल्लीस्थित प्रगति मैदानमा आयोजना गरिएको एशिया रवर एक्स्पो २०१८ (Asia Rubber Expo-2018)  मा नेपाल उद्योग वाणिज्य महासंघको सामाजिक सेवा समितिका सभापति जय सिवाकोटी, कार्यकारिणी समिति सदस्य रविनकुमार श्रेष्ठ सहितको प्रतिनिधिमण्डलले भाग लियो । 

महासंघको प्रतिनिधिमण्डलले आकार एक्जिविशन प्रालिले आयोजना गरेको उक्त एक्स्पोको अवलोकन गर्नुका साथै भारतीय रबर उत्पादकहरु, यस सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने संस्थहरुसँग भेटघाट एवं छलफल गर्‍यो । साथै सो अवसरमा नेपालमा रबर खेतीका लागि आवश्यक प्राविधिक तकनिकी ९तभअजलष्अब िपलयध जयध० एवं कार्यक्रम विकासमा समेत सहयोग गर्ने प्रतिवद्धता भारतीय पक्षबाट व्यक्त भएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by