Jun 06, 2018

पूँजीगत लाभकर गणनाका विषयमा सरकारको निर्णयबाट आन्दोलित शेयर लगानीकर्ताहरू र अर्थ मन्त्रालय बीच आज सम्पन्न वार्ता सफल भई शेयर बजार खुला भएको विषयलाई नेपाल उद्योग वाणिज्य महासंघले अत्यन्त सकारात्मक रूपमा लिएको छ । सरकार र लगानीकर्ताहरू बीच सम्पन्न बार्ताको सफल परिणामको स्वागत गर्दै कुनै पनि निर्णय, सरोकारवालाहरूसँग पर्याप्त छलफल गरेर मात्र ल्याउन सके त्यो बढी प्रभावकारी हुने धारणा महासंघको छ । 

अत्यन्त कमजोर र प्रारम्भिक चरणबाट बिस्तारै एउटा स्थायी प्रणाली तर्फ अगाडी बढीरहेको नेपाली शेयर बजारलाई व्यवस्थित र मुलुकभरबाट कारोवार गर्न सक्ने एउटा बैज्ञानिक प्रणालीमा लैजान सरकारबाट विशेष सुधारको नेपाली पूँजी बजारले आशा गरेको छ । 

आगामी दिनमा सरोकारवालाहरूसँग समेत पर्याप्त छलफल गरी पूँजी बजारलाई निर्वाध रुपमा अगाडी बढाउने र प्रविधिमैत्री बनाई एउटा स्थायी खालको समाधानको बाटो निकाल्न समेत महासंघ सरकार समक्ष विशेष आग्रह गर्दछ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by