Jul 04, 2018
भारत भ्रमणमा रहनुभएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नयाँ दिल्लीस्थित पूर्वी अफ्रिकी राष्ट्र गणतन्त्र सिसेल्सका राजदूत फिलिप्पी लि गल (H.E. Philippe Le Gall, Ambassador/ High Commissioner, High Commission of the Republic of Seychelles to India) बीच नयाँ दिल्लीमा द्धिपक्षीय भेटवार्ता सम्पन्न भयो । सो भेटवार्तामा नेपाल र सिसेल्स बीच व्यापार तथा लगानीका सम्भाव्यता विषयमा छलफल भयो । 
सो अवसरमा अध्यक्ष राणाको नेतृत्वमा रहेको महासंघको प्रतिनिधिमण्डललाई स्वागत गर्नुहुँदै राजदूत फिलिप्पीले दुई बीच पर्यटन, मत्स्य पालन लगायत अन्य व्यवसायिक क्षेत्रमा लगानीको ठूलो सम्भाव्यता रहेको बताउनुभयो । 
राजदूत फिलिप्पी लिले नेपाली निजी क्षेत्रसँग भेटवार्ता गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।  नेपाल र सिसेल्स बीच निजी क्षेत्रका प्रतिनिधि संस्थाका माध्यमबाट आपसी सम्बन्ध विस्तार गर्न पाएकोमा प्रशन्नता व्यक्त गर्नुहुँदै सिसेल्स चेम्बर अफ कमर्स र एफएनसीसीआईका माध्यमबाट संयुक्त रूपमा आर्थिक गतिविधि विस्तारमा सहकार्य गर्न सकिनेमा जोड दिनुभयो । यसका लागि आफूले पनि सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो ।
भेटवार्तामा महासंघका अध्यक्ष राणाले बदलिंदो विश्व परिप्रेक्ष्यमा नविनतम उपायद्धारा दुई देश बीच पर्यटन क्षेत्रका सम्भाब्यता उजागर गर्न सकिनेमा जोड दिनुभयो । विकासमा सिसेल्सले गरेको प्रगति प्रशंसनीय रहेको बताउनुहुँदै अध्यक्ष राणाले आर्थिक विकासमा भर्खर अगाडि बढेको नेपालका लागि सिसेल्सको प्रगति अनुकरणीय हुन सक्ने बताउनुभयो । साथै, उहाँले आपसी आर्थिक सम्बन्धलाई मजबुद बनाउन द्वीपक्षिय आर्थिक गतिविधि विस्तार एवं विकासको अनुभव आदान प्रदानमा जोड दिनुभयो ।
अध्यक्ष राणाले नेपाली निजी क्षेत्रका लागि भेटघाटको समय प्राप्त भएकोमा राजदूतप्रति आभार व्यक्त गर्नुहुँदै आपसी सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउन नेपाली निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था महासंघ तयार रहेको विश्वास दिलाउनुभयो । 
महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले दुई देश बीच व्यापार तथा आर्थिक सम्बन्ध प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो । साथै, उहाँले विविध आर्थिक गतिविधिका माध्यमबाट आपसी लाभ लिन सक्नुपर्नेमा समेत सुझाव राख्नु भयो । विश्व भूमण्डलीकरणको परिप्रेक्ष्यमा नेपाल र सिसेल्स बीच निकै धेरै क्षेत्रमा सहकार्य गर्न सकिने सम्भाव्यता रहेको पनि उहाँले औल्याउनु भयो । 
नेपाल सिसेल्स चेम्बर अफ कमर्सका अध्यक्ष बासुदेव प्रसाद गौतमले निकट भविष्यमा नेपाल र सिसेल्सका व्यावसायी बीच भ्रमण आदान प्रदानका साथै व्यापार, पर्यटन तथा संयुक्त लगानीका विषयमा गहन छलफलको आयोजना गरिने जानकारी गराउनुभयो । 
भेटवार्तामा ईण्डियाका लागि सिसेल्सका साँकृतिक राजदूत दिपक सिंह, महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी र नेपाल सिसेल्स चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिका महासचिव प्रदिप खनालको उपस्थिति रहेको थियो । 
  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by