Jul 13, 2018
बंगलादेशको ढाकामा भोलिदेखि आयोजना हुने सार्क उद्योग वाणिज्य संघको ७५ औं कार्य समिति बैठकमा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्‍यो । 

सार्क उवासंघको कार्य समिति बैठकमा नियमित एजेण्डाका साथै सार्क काउन्सिल बैठक, बीटुबी बैठक तथा A Climate resilient SA: Turning Climate Smart investment opportunities into reality विषयक सम्मेलन समेत हुने कार्यक्रम छ । 

सार्क राष्ट्रका निजी क्षेत्रका उद्यमी व्यवसायीहरू, सरकारी निकायका प्रतिनिधिहरू, वातावरण विज्ञहरूको सहभागिता रहने उक्त सम्मेलनमा प्रस्तुत विषय माथि महासंघका विशिष्ट सदस्य ढकालले नेपालको निजी क्षेत्रको तर्फबाट सम्बोधन गर्नु हुने कार्यक्रम छ ।  
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by