Aug 22, 2018
साना तथा मझौला व्यवसायी महासंघद्धारा नेउवामहासंघका अध्यक्ष सम्मानित (२०७५/०५/०६)
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनयन हुनुभएको अवसरमा साना तथा मझौला व्यवसायी महासंघद्धारा आज नेउवामहासंघ सचिवालयमा एक कार्यक्रम बीच उहाँलाई बधाईसहित सम्मान पत्र प्रदान गरिएको छ । 

साना तथा मझौला व्यवसायी महासंघका पदाधिकारी सहित सदस्यहरु र साना तथा मझौला उद्यमी व्यवसायीहरुको सहभागितामा आयोजित कार्यक्रममा त्यस महासंघका अध्यक्ष बाबुकाजी महर्जनले बधाई पत्र प्रदान गर्नुभयो । उहाँले निजीक्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ मुलुकको आर्थिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण भूमिका रहेको र आफ्नो संस्थाले महासंघ संग नजिकमा रहेर सहकार्य गर्न इच्छुक रहेको धारणा राख्नुभयो । 



सो कार्यक्रमलाई संबोधन गर्नुहुँदै अध्यक्ष राणाले मुलुकको अर्थतन्त्रमा साना तथा मझौला व्यवसायको निकै ठूलो हिस्सा रहेकाले यस क्षेत्रको विकासका लागि नीतिगत सुधार सहित आवश्यक कार्यक्रम ल्याउनुपर्नेमा जोडदिनुभयो । 



कार्यक्रममा साना तथा मझौला व्यवसाय महासंघका वरिष्ठ उपाध्यक्ष दिपकराज आर्चायले धन्यवाद मन्तब्य दिनुभएको थियो भने त्यसअघि नेपाल उद्योग वाणिज्य महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारीले नेपालमा साना तथा मझौला उद्यम व्यवसाय सम्बन्धी विद्यमान अवस्था चुनौती तथा संभावना समेटिएको विस्तृत कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by