Aug 23, 2018
नेउवामहासंघ प्रदेश नं. १ र नेपाल कृषि बजार कार्यक्रम बीच सहमतीपत्रमा हस्ताक्षर
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ र नेपाल सरकार र स्वीस सरकारको संयुक्त कार्यक्रम सहज (नेपाल कृषि बजार विकास कार्यक्रम) बीच प्रदेश नं. १ मा विभिन्न कार्यक्रम संचालन गर्नेगरी  एक सहमतीपत्रमा हस्ताक्षर भएको छ । 
सहमतीपत्रमा महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्रकुमार खडका र सहजका टिम लिडर जि.बि. बन्जाराले हस्ताक्षर गर्नुभयो । 
आयात प्रतिस्थापन र निर्यात वृद्धिमा योगदान गर्ने गरी कृषि बजारलाई दीर्घकालिन रूपमा अगाडी बढाउने, तुलनात्मक लाभ भएका कृषि उपजको विकास मार्फत गरिवी न्यूनीकरण गर्ने, वस्तु बजारको विकास गर्नका लागि ताजा तरकारी, मकै र बाख्रा पालनका लागि काम गर्नुका साथै वस्तु बजारको विकास गर्नका लागि कृषि नीति र महिला पछाडी पारिएको वर्गको सहभागिता क्षेत्रमा विशेष जोड दिने उद्देश्य रहेको छ । कार्यक्रम प्रदेश नं. १ का १४ चौध जिल्लामा संचालन गर्ने योजना रहेको छ । 
सहमति अनुसार मुख्यत: नीति निर्माणमा जोड दिनुका साथै जिल्ला नगर उद्योग वाणिज्य संघ, सम्वन्धित व्यवसायी लगायत सामाजिक क्षेत्रको विकासका लागि आवश्यक कार्यक्रमहरु समेत गर्ने योजना रहेको छ । 
सहमतिपत्र हस्ताक्षर कार्यक्रममा सहजका मुख्य प्रवन्धक पदम भण्डारी, महासंघ प्रदेश नं. १ का उपाध्यक्ष राजेन्द्र राउत, सल्लाहकार अविनाश बोहरा, का.का. सदस्य रविन दाहाल , श्रवणकुमार अग्रवाल, सरु  के.सी. लगायतको सहभागिता रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by