- Day-to-day Activities
- Press Release
- News Clippings
- Photo Archives
- Audio/Videos
- Notice/Announcements
- News feeds from Media
- FNCCI on Social Media
Releated Press Release
- नव नियुक्त राजदुतहरूको महासंघ सचिवालयमा स्वागत - आफ्नो कार्यकाललाई सफल पार्ने दृढता, निजी क्षेत्रसँग निरन्तर सम्पर्कमा रहेर कार्य गर्ने (२०७५/११/५) | February 17, 2019
- उद्यमीहरूद्वारा नेपालको एसएमइज (SMEs) को विकासमा ओइसीडीको सहयोगको अपेक्षा (२०७५/११/०२) | February 14, 2019
- नेउवामहासंघ/कृषि उद्यम केन्द्र र प्रदेश १ सरकार बीच सहमतीपत्रमा हस्ताक्षर (२०७५/१०/२९) | February 12, 2019
- दक्षिण एसियाली रोजगारदाता मञ्चको बैठक नयाँ दिल्लीमा नेपालमा लगानी गर्न महासंघका रोजगारदाता परिषदका सभापति ढकालको आग्रह (२०७५/१०/२८) | February 11, 2019
- रेष्टुरेन्ट तथा बारहरूमा लगाउंदै आएको सेवा शुल्क हटाएको सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघको धारणा (२०७५/१०/२२) | February 04, 2019
महासंघ–सार्क उवासंघ प्रतिनिधिमण्डलद्वारा चिनियाँ राजदूत समक्ष भेटवार्ता (२०७५/५/२९)
September 14, 2018

नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा गएको महासंघ–सार्क उवासंघको प्रतिनिधिमण्डलले आज नेपालका लागि चीनका राजदूत यू होङ (H.E. Chinese Ambassador Ms. Yu Hong) समक्ष चिनियाँ राजदुतावासमा औपचारिक भेटवार्ता गर्यो ।
सो अवसरमा प्रतिनिधिमण्डलका नेता ढकालले आगामी असोज १ गते चीनको छेङदुमा, छेङदु एसोसिएसन फर फोरेन ट्रेड एण्ड इकोनोमिक कोअपरेशन (Chengdu Association for Foreign Trade and Economic Cooperation -CAFTEC) ले आयोजना गर्ने दक्षिण एशिया, उत्पादन क्षमता अभिवृद्धि सहयोग (Chengdu Dialogue on South Asia Production Capacity Cooperation) संवाद र असोज २ गते अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनियाँ परिषद सिचुवान काउन्सिल (China Council for the Promotion of International Trade (CCPIT) Sichuan Council) ले सिचुवानमा आयोजना गर्न लागेको नवौ चीन–दक्षिण एशिया व्यवसायिक प्रवद्र्धन सम्बन्धी राउण्ड टेवल (9th China South Asia Business Promotion Round Table Conference) कार्यक्रममा नेपालको तर्फबाट हुन लागेको सहभागिताका विषयमा राजदुत समक्ष जानकारी गराउनु भयो ।

ती दुवै कार्यक्रम नेपालका लागि अत्यन्त महत्वपूर्ण रहेको र नेपालबाट उर्जा, पूर्वाधार निर्माण, कृषि,सूचना प्रविधि,औषधि, बैंक, विमा तथा वित्त, शिक्षा, स्वास्थ्य, पर्यटन, होटल लगायत महत्वपूर्ण क्षेत्रको प्रतिनिधित्व हुने भएकाले कार्यक्रमका क्रममा यी क्षेत्रमा नेपालमा संयुक्त लगानी आउन सक्ने र म्याच मेकिङको पनि राम्रो सम्भावना रहेको उहाँले जानकारी गराउनु भयो । उक्त कार्यक्रममा भाग लिन श्री ढकालको नेतृत्वमा महासंघका उपाध्यक्षहरू किशोर कुमार प्रधान, उमेशलाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल सहितको १६ सदस्यीय महासंघ–सार्क उवासंघ प्रतिनिधिमण्डल आगामी आइतवार छेङदु प्रस्थान गर्दैछ ।
सो अवसरमा चिनियाँ राजदूत यू होङले नेपाली निजी क्षेत्रको भ्रमणको पूर्ण सफलताको कामना सहित आफ्ना तर्फबाट नेपाल चीन बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणमा सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो ।
© Copyright 2005-2019 . All Rights Reserved. FNCCI.