Oct 01, 2018

नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकाल र महासंघको कार्यकारिणी समिति सदस्य हेमराज ढकालकी ममतामयी आमा रामरेखा ढकालको ८९ वर्षको उमेरमा हिजोसाँझ निधन भएको छ । स्वर्गीय ढकालको आज पशुपति आर्यघाटमा अन्तिम दाह सँस्कार गरियो । स्वर्गिय ढकालको पार्थिव शरीरमा उहाँका जेठा छोरा श्री चण्डिराज ढकालले दागवत्ति दिनु भएको थियो । 

स्वर्गीय ढकालका ४ छोरा र ५ छोरी हुनुहुन्छ ।  अन्तिम श्रद्धाञ्जली सभामा महासंघका अध्यक्ष भवानी राणा, महासंघका वर्तमान तथा पूर्व पदाधिकारीहरू, कार्यकारिणी समितिका सदस्यहरू, महासंघका सदस्य संघ/सँस्थाका पदाधिकारीहरू, सदस्यहरू, प्रतिष्ठित उद्यमी व्यवसायीहरू, राजनीतिक दलका नेताहरूको सहभागिता थियो । 

विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकाल र उहाँको परिवारजनमा पर्न गएको अपुरणीय क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै नेपाल उद्योग वाणिज्य महासंघ परिवार हार्दिक समवेदना प्रकट गर्दछ । साथै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by