Nov 10, 2018
सार्क उवासंघको ७६ औं बैठक: सार्क उवासंघका उपाध्यक्ष ढकालद्वारा संघको विधान संशोधनका लागि दस्तावेज प्रस्तुत (२०७५/०७/२४)

सार्क उद्योग वाणिज्य संघ (SAARC Chamber of Commerce and Industry-SCCI) को ७६ औं कार्यकारिणी समितिको बैठक आज भारतको चेन्नाईमा शुरू भएको छ । उक्त बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष तथा सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले भाग लिइरहुने भएको छ । बैठकको अध्यक्षता संघका अध्यक्ष रूवान इडिरीसिंघे (Mr. Ruwan Edirisinghe, President, SCCI) ले गर्नुभएको छ ।

उक्त बैठकमा सार्क उवासंघका उपाध्यक्ष एवं संघको विधान शंसोधन समितिका सभापति श्री ढकालले संघको विधान संशोधनका लागि सुझाव सहित धारणापत्र बैठक समक्ष राख्नु हुने कार्यक्रम छ । 



संघको विधानलाई अझ बढी स्पष्ट र क्रियाशिल बनाउने उद्देश्यले बंगलादेशको ढाकामा गत वर्ष सम्पन्न संघको ७५ औं कार्यकारिणी समिति बैठकले उहाँलाई विधान संशोधन समितिको सभापतिमा चयन गरेको थियो । 

विधान संशोधन समितिका सदस्यहरूमा संघका वर्तमान उपाध्यक्ष विनोद जुनेजा (Vinod Juneja, India), संघका पूर्व अध्यक्ष एवं वर्तमान उपाध्यक्ष दासो उगेन थेक्चुप दोर्जी (Dasho Ugen Tsechup Dorji, Bhutan), पाकिस्तान उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं संघका वर्तमान कार्य समिति सदस्य जुवेर अहमद मल्लिक (Zubair Ahmed Malik, Pakistan) र बंगलादेश उद्योग वाणिज्य महासंघका पूर्व महासचिव तथा संघका कार्य समिति सदस्य सफकात हैदर (Shafquat Haider, Bangladesh) हुनुहुन्छ । 

बैठकमा संघका उपाध्यक्ष रोहिथा सिल्भा (Rohitha De Silva, Vice President, SCCI, Sri Lanka), उपाध्यक्ष विनोद जुनेजा (Vinod Juneja, SCCI, India) र हिना साइद (Hina Saeed, Secretary General, SCCI), नेपालबाट संघका कार्य समिति सदस्य वासुदेव गौतम, वीरगंज उद्योग वाणिज्य संघका अशोक वैद र व्यवसायी अनिमेश उपाध्यायको सहभागिता रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघ सार्क उवासंघको संस्थापक सदस्य हो । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by