Dec 06, 2018

विगत दुई वर्ष  देखि बैंक तथा वित्तीय संस्थाहरुबाट एक तर्फिरुपमा ऋणको ब्याज दर अचानक बृद्धि भएको कारणले गर्दा उद्योग व्यवसाय क्षेत्रले कठिनाइ भोगिरहेको छ । जसका कारणले एकातर्फ निजी क्षेत्रबाट निर्माणाधिन परियोजनाको लागत बृद्धि भएको छ भने अर्कोतर्फ नयाँ परियोजना ल्याउन नसकिरहेको अवस्था छ ।

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकिङ्ग क्षेत्रका जिम्मवार पदाधिकारीहरुलाई औपचारिक एवं अनौपचारिक रुपमा नेपालको उद्योग क्षेत्रको प्रतिस्पर्घी क्षमता ह्रास हुन गएकोले उद्योग व्यवसाय क्षेत्रमा नकारात्मक प्रभाव परी उद्योग क्षेत्रमा लगानी समेत निरुत्साहित हुन गएको जानकारी गराउँदै आएका छौं । 

बढ्दो ब्याज दरले लगानी संकुचित भई सरकारले लिएको ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य र थप पाँच लाख रोजगारी बृद्धिको लक्ष्य हासिल हुन कठिन हुने देखिन्छ । 

हालै फेरी बैंकको ब्याजदर बृद्धि हुने क्रम सुरु भएको र अव्यवहारिक ढंगबाट एकतर्फि रुपमा ब्याजदर बढाइदा विगतमा भएको लगानी र आगामी दिनमा हुने लगानीलाई प्रत्यक्ष प्रभाव पारी समग्र अर्थतन्त्र प्रभावित हुने भएकोले अस्वाभाविक तरिकाले भइरहेको ब्याजदर बृद्धिलाई निश्चित सिमा भित्र रहने वातावरण कायम गर्न नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई नेपाल उद्योग वाणिज्य महासंघ हार्दिक अनुरोध गर्दछ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by