Dec 14, 2018
करदाताहरुलाई कर सम्बन्धी जानकारी प्रदान गरी कर नियमको पालना प्रक्रियामा हुन सक्ने गल्तीहरु कम गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघले सुनसरी, उदयपुर, सप्तरी, चितवन, स्यांग्जा, नवलपरासी र काठमाडौं जिल्लालाई लक्षित गरी सम्बन्धित जिल्लामा गई कर सम्बन्धी तालीम सञ्चालन गर्ने कार्यक्रम रहेको छ । उक्त तालीम सञ्चालन गर्न इच्छुक चार्टर्ड एकाउण्टेण्ट् फर्म वा कम्पनीहरुबाट प्रस्ताव आव्हान गरिएको छ ।

कामको विवरण
१.    (क)    मूल्य अभिवृद्धि करमा दर्ता भएका व्यवसायी करदाताहरुलाई लक्षित गरी माथि उल्लेखित प्रत्येक जिल्लामा आयकर तथा मुअकर सम्बन्धी तीन दिनको तालीम प्रदान गर्नु पर्नेछ ।

    (ख)     कार्यक्रमको कार्यतालिका महासंघले तोकेवमोजिम हुनेछ ।

    (ग)    उक्त तालीमको लागि हाल महासंघमा भएको Training Manual पुनरावलोकन तथा अद्यावधिक गर्ने कार्य छनौट भएको फर्म वा कम्पनीले गर्नुपर्नेछ साथै सम्बन्धित निकायसंगको समन्वयमा अन्तिम रुप दिनु पर्नेछ ।

३.    उपरोक्त तालीम समापनपश्चात् आवश्यक सुझाव सहितको प्रतिवेदन यस महासंघमा उपलब्ध गराउनु पर्नेछ ।

४.    तालीम दिन छनौट भएको फर्म वा कम्पनीसंग आवद्ध श्रोत व्यक्ति (Resource Person) महासंघद्वारा आयोजना गरिने Training Manual and Presentation Methodology सम्बन्धी दुई दिनको अभिमुखीकरण तालीममा अनिवार्य रुपमा सहभागी हुनुपर्नेछ ।

५.    फर्म वा कम्पनीको तर्फबाट छनौट भई अभिमुखीकरणमा भाग लिइसकेका यस्ता व्यक्तिहरू छनौट भएको मितिदेखि कम्तीमा ४ महिनासम्मको अवधिको लागि तालीम सञ्चालन गर्न अनिवार्य उपलब्ध हुनुपर्नेछ ।

६.    तालीम सञ्चालन गर्न खटिएका व्यक्तिहरुको जातेआते तथा वसोवासको प्रबन्ध महासंघले गर्नेछ ।

आवश्यक योग्यता तथा शर्तहरु:

१.    उपरोक्त तालीम सञ्चालन गर्नका लागि कम्तिमा ५ वर्ष अनुभव भएका ५ जनासम्म चाटर्ड एकाउण्टेण्ट्को नाम प्रस्ताव गर्नुपर्नेछ । सो मध्ये एउटा तालीममा कम्तिमा २ जना श्रोतव्यक्ति आवश्यक पर्नेछ ।

२.    प्रस्तावकले फर्म दर्ता लगायत आयकर र मुल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाण पेश गर्नुपर्नेछ । साथै ICAN मा फर्म दर्ता नवीकरण भएको प्रमाण समेत पेश गर्नुपर्नेछ ।

३.    प्रस्तावकले उपरोक्त वमोजिम कार्य गर्न तोकिएका व्यक्तिहरुको नागरिकता, शैक्षिक योग्यता, तालिम तथा अनुभव सम्बन्धी प्रमाणपत्रको प्रतिलिपि र व्यक्तिगत विवरण (वायोडाटा) पेश गर्नु पर्नेछ ।

उपरोक्त शर्त वमोजिम कार्य गर्न इच्छुक फर्म वा कम्पनीले श्रोत व्यक्तिको प्रतिदिनको पारिश्रमिक विवरणसहितको शिलबन्दी प्रस्ताव २०७५ पौष ६ गते शुक्रबारसम्म नेपाल उद्योग वाणिज्य महासंघमा पेश गर्नुपर्नेछ । यसको अन्तिम निर्णय गर्ने अधिकार महासंघमा रहनेछ ।

अन्य जानकारीको लागि सम्पर्क:

नेपाल उद्योग वाणिज्य महासंघ
फोन : ०१– ४२६२०६१, ४२६२२१८
मोवाइल: ९८०११९२५७१
Email: [email protected], [email protected]     
 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by