Dec 19, 2018
महासंघका अध्यक्ष र फ्रान्सेली राजदूत भेट - आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, अप्रिलमा व्यवसायिक मंचको बैठक गर्ने प्रतिवद्धता (२०७५/०९/०४)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि फ्रान्सका राजदुत फंस्वा-जाभिए लेजे (H.E. Francois-Xavier LEGER, Ambassador of France to Nepal) बीच महासंघ सचिवालयमा भेटवार्ता भएको छ ।

महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको सहभागिता रहेको उक्त भेटवार्तामा दुई देश बीचको व्यवसायिक सम्बन्ध विस्तारका साथै आर्थिक व्यवसायिक तथा सांस्कृतिक सम्बन्ध र सहयोग आदान प्रदानका क्षेत्रहरूका विषयमा छलफल भयो । पूर्वाधार विकास, पर्यटन, कृषिमा आधारित उद्योग व्यवसाय, उर्जा तथा सेवा क्षेत्रहरूमा आपसी सहकार्यको बलियो सम्भाव्यता रहेको पनि सो अवसरमा औल्याइयो ।



महासंघका अध्यक्ष राणाले भेटवार्तामा राजदुत फंस्वा-जाभिएको स्वागत गर्नुहुंदै आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएको फ्रान्सबाट नेपालमा थप लगानी तथा प्रविधि भित्र्याउन सहयोगका लागि आग्रह गर्नुभयो । अध्यक्ष राणाले बैठकमा राजदुतले महासंघसँग संयुक्त व्यवसायिक बैठक राख्न गर्नु भएको प्रस्तावप्रति खुशी प्रकट गर्नुहुंदै त्यसका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भयो ।  

उक्त भेटवार्तामा राजदुत फंस्वा-जाभिएले निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघसँग राजदुतावास नजिक रहेर कार्य गर्न इच्छुक रहेको र त्यसको शुरुवात नेपाल सरकारले आगामी मार्चमा आयोजना गर्न लागेको नेपाल लगानी सम्मेलन (Nepal Investment Summit-2019) को लगत्तै अप्रिलको पहिलो हप्ता काठमाडौंमा नेपाल-फ्रान्स व्यावसायिक मंचको बैठक (Nepal-France Business Forum Meeting) को आयोजनाका लागि प्रस्ताव गर्नुभयो । साथै उहाँले दुई देशका निजी क्षेत्र बीचको आपसी सम्बन्ध विस्तारमा आफ्नो तर्फबाट निरन्तर सहयोग गर्ने विश्वास समेत दिलाउनु भयो  ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by