Dec 28, 2018

नेपाली उत्पादनहरूलाई प्रवद्र्धन गर्न सरकारबाट निर्यातमा नगद अनुदान सहित विभिन्न सुविधाहरू दिनुपर्ने भनि नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार समक्ष दिएका सुझाव अनुसार सरकारबाट चालु आर्थिक वर्षको वार्षिक बजेट मार्फत घोषणा गरिएको सुविधालाई कार्यविधि बनाई कार्यान्वयनमा लैजाने निर्णय भएकोप्रति नेपाल उद्योग वाणिज्य महासंघ त्यसको स्वागत गर्दछ । 

देशको निर्यात प्रवद्र्धनका लागि नेपाल सरकार समक्ष निर्यातमा नगद प्रोत्साहन बढाउनु पर्ने, निर्यात भएर विदेशी मुद्रा आर्जन गरेको १५ दिन भित्रमा निर्यात गर्ने कम्पनी अथवा उद्योगको बैंक खातामा नगद प्रोत्साहन जम्मा हुन पर्ने व्यवस्था र पुनरकर्जा (Soft Loan/Refinance) लगायतका सुझावहरू नेपाल उद्योग वाणिज्य महासंघले दिएको थियो । आ.व. २०७५।७६ को बजेट भाषण मार्फत औद्योगिक उत्पादनको निर्यातमा ५ प्रतिशतसम्म नगद अनुदान दिईने घोषणा सरकारले गरेको थियो । सो सम्बन्धी निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०७५ हालै मन्त्रिपरिषद्बाट स्वीकृत भई नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको छ । 

उक्त कार्यविधिमा शत्प्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित १५ वस्तुहरू (चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला (क्रस्ट) र छालाजन्य उत्पादनहरू, हाते कागज तथा सोबाट उत्पादित सामान, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना, अल्लोबाट उत्पादित सामानहरू, मिनरल वाटर, बेसार, तरकारी, पुष्प, प्रशोधित मह, प्रशोधित अलैंची, प्रशोधित अदुवा (सुठो, स्लाइडिङ, तेल र पाउडरलगायत) र प्रशोधित जडीबुटी तथा सारयुक्त तेललाई ५ प्रतिशत र अन्य ११ वस्तु (स्वदेशमा उत्पादित कपडा, तयारी पोशाक, गलैंचा र ऊनीका सामान, च्यांग्रा पस्मिना तथा सोबाट उत्पादित सामान, स्वदेशी प्रशोधित जुट तथा जुटका सामान, सुनचाँदीका गरगहना, स्वदेशी अर्ध प्रशोधित छाला, औषधि, फेल्ट (ऊनीजन्य) का वस्तुहरू, पोलिस्टर यार्नरफाइबर भिस्कोर्स यार्नरकटन यार्न र तामाका सामान (हस्तकलाका सामान, पूजाआजाका सामान, सजावटका सामान तथा अन्य भाँडाकुाडा)लाई ३ प्रतिशत नगद अनुदान दिने निर्णय गरिएको छ । साथै निर्यातकर्ताले निर्यात अनुदानका लागि बैंकमा निवेदन दिएको एक साताभित्र निर्यातकर्ताको बैंक खातामा जम्मा गरिदिनु पर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

सरकारको यस निर्णयबाट निर्यातको स्थिति निकै नाजुक रहेको वर्तमान अवस्थामा सुधार हुँदै जानेमा महासंघले विश्वास लिएको छ । साथै उक्त कार्यविधिको प्रभावकारी कार्यान्वयन हुनेमा पूर्ण विश्वासका साथ महासंघ नेपाल सरकारलाई धन्यवाद समेत दिन चाहान्छ । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by