Jan 13, 2019
महासंघ प्रतिनिधिमण्डलद्वारा सीआईआई साझेदारी सम्मेलनका दौरानमा विशिष्ट व्यक्तित्वहरूसंग भेटवार्ता (२०७५/०९/२९)

भारतको मुम्वईमा आयोजना गरिएको सीआईआई साझेदारी सम्मेलन (CII-Partnership Summit-2019) मा भाग लिन हाल भारत भ्रमणमा रहेको नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल नेतृत्वको महासंघको प्रतिनिधिमण्डलले सम्मेलनका दौरान भारतीय वाणिज्य, उद्योग तथा नागरिक उडडयन मन्त्री सुरेश प्रभु (Mr.Suresh Prabhu, Minister of Commerce & Industry and Civil Aviation), महाराष्ट्रका मुख्य मन्त्री देभेन्द्र फडनाभीस (Mr. Devendra Fadnavis, Chief Minister of Maharastra) लगायतका विशिष्टि व्यक्तित्वहरूसंग मुम्बईमा भेटवार्ता गरेको छ । 

भारतीय उद्योग परिसंघ (Confederation of Indian Industries-CII) द्वारा हिजोदेखि आयोजित दुई दिने सम्मेलनका दौरान विशिष्ट व्यक्तित्वहरूसंग भेटवार्तामा महासंघको प्रतिनिधिमण्डलले नेपाल-भारत आर्थिक व्यवसायिक सम्बन्ध तथा लगानी विस्तार, पर्यटन प्रवर्द्धन लगायतका विषयमा विस्तृत छलफल गर्यो । 

सो अवसरमा प्रतिनिधिमण्डलका नेता महासंघका पूर्व अध्यक्ष ढकालले आगामी अप्रिल ११ मा महासंघले आयोजना गर्ने उद्योग वाणिज्य दिवसमा सहभागी हुन महासंघको तर्फबाट भारतीय वाणिज्य मन्त्रीलाई निम्तो समेत दिनु भयो । त्यसैगरी महाराष्ट्रका मुख्य मन्त्रीसंगको भेटमा विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले दुबै देश बीचको पर्यटन प्रवर्द्धनमा सहकार्यको प्रस्ताव राख्नु भयो । उहाँले त्यसका लागि काठमाडौं-मुम्बई हवाई उडान संख्या बढाउन, नेपालका धार्मिक महत्वका क्षेत्रहरूका बारेमा भारतमा प्रवर्द्धन गरी नेपालमा भारतीय पर्यटक आकर्षणमा सहयोग गर्न आग्रह गर्नुभयो । 



महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले नेपालमा यतिखेर लगानीका लागि उपयुक्त वातावरण रहेको र सरकारले पनि लगानी सम्बन्धी ऐन कानूनलाई सरलीकरण गर्दै लगेकाले लगानी गरी फाइदा उठाउन अनुरोध गर्नुभयो । साथै सरकारले भारत लगायतका अन्य देशहरूबाट आउने लगानीलाई सहज सुविधा दिने उद्देश्यले “वान स्टप सर्भीस” लगायतका नीतिको विकास गरेको पनि सो भेटवार्तामा जानकारी गराउनु भयो । 

लगभग १ अर्व ७९ करोड मानिसहरूको बसोबास रहेको दक्षिण एशिया विश्व अर्थतन्त्रमा उदाउंदो क्षेत्रको रूपमा अगाडी बढीरहेको छ । यूवा जनसंख्याले धनी दक्षिण एशियामा रहेको बलियो जनशक्ति र प्राकृतिक स्रोतलाई एकाकार गरेर लैजान सकियो भने अवको विश्व अर्थतन्त्रको नेतृत्व यसै क्षेत्रले गर्ने दावी पनि व्यवसायिक नेताहरूको छ । 

दक्षिण एशियामा रहेको विद्यमान आर्थिक व्यापारिक सम्भाव्यतालाई सफल पार्न, लगानी प्रवर्द्धन गर्न क्षेत्रीय तहमा भारतीय उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघ बीच सहकार्यका साथ काम गर्न सकिने बलियो सम्भाव्यता रहेको साझेदारी सम्मेलनमा दुवै देशका लगानीकर्ताहरूले जोड दिएका थिए ।



सीआईआई साझेदारी सम्मेलनलाई महासंघको प्रतिनिधिमण्डलका नेता, महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले संवोधन गर्नुभएको थियो । एशिया, अफ्रिका र यूरोप महादेशबाट करिव ४४ देशहरूको सहभागिता रहेको सो सम्मेलनलाई संवोधन गर्नेक्रममा महासंघका पूर्व अध्यक्ष ढकालले नेपालमा लगानीको प्रचुर सम्भाव्यता रहेकाले विदेशी लगानीकर्ताहरूलाई सबै प्रकारको सहयोग गर्न सरकार तथा निजी क्षेत्र तयार रहेको विश्वास दिलाउनुहुंदै नेपालमा उर्जा, पर्यटन, कृषि, पूर्वाधार विकास, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई विशेष आग्रह गर्नुभयो ।  

साझेदारी सम्मेलनमा भाग लिन गएको महासंघको प्रतिनिधिमण्डलका सदस्यमा महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी पनि हुनुहुन्छ । 


English Version of Press Release

FNCCI's Participation in CII Partnership Summit

January, 13

MUMBAI, India: The ministers and South Asian business leaders addressing the CII Partnership Summit being held in Mumbai, Sahar India have called for creating common voice by eliminating distrusts between nations and improve ease of doing business for shared prosperity.  

The CII partnership summit being organized in Mumbai is being participated by 44 countries of Asia, Africa and European countries including Nepal. Confederation of Indian Industry (CII), a counterpart of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI), organized the event in which Nepalese private sector delegation was led by Mr Chandi Raj Dhakal, former president of FNCCI/distinguished member accompanied by Mr Kishor Kumar Pradhan, Vice President of FNCCI and Mr Gopal Prasad Tiwari, Officiating Director General of FNCCI. Nepal government delegation was led by Minister for Industry, Commerce and Industry (MOICS) Mr Matrika Prasad Yadav. 

Addressing the programme on "Enhancing Economic Cooperation in South Asia" Mr Chandi Raj Dhakal, former President of FNCCI and vice president of SAARC CCI said that as South Asia's role is critical in driving the global economy, the emerging sectors of Nepal to be connected and investment in joint partnership with SAARC countries would be in the areas such as tourism, hydropower, manufacturing, agriculture and other sectors in an innovative way.  South Asia is least integrated in terms of intra-regional trade, which is less than 5 per cent, need to be increased through partnership in a greater extent. This investment partnership in diversified fields, helps in making the society inclusive, equitable growth and modernized. 

Mr Dhakal said that Nepal is in a transition and adopting federal system like in India, the scope of devolution proposed by 2015 constitution is unparralled that clearly opens doors for shared vision and activities with our neighbors and other friendly countries. 

On the sidelines of the CII Partnership Summit, Mr Dhakal also met with Indian Commerce Minister Mr Suresh Prabhu and also discussed joint investments between the two countries. He also invited Mr Suresh Prabhu on behalf of FNCCI to Nepal to participate Industry and Commerce Day scheduled on April 11, 2019. Moreover he met with Chief Minister of Maharastra Mr Devendra Fadnavis and requested him to go jointly to promote tourism sector by increasing flights to Bombay to Kathmandu and also recalled about Nepal's religious places like Muktinath and visit of Prime Minister Narendra Modi earlier. He also had a meeting with Industry Minister and discussed on investment potentials. 

Nepalese Minister for Industry, commerce and Industry Mr Matrika Prasad Yadav also called for joint investments with Nepali investors and mentioned easing of doing provisions currently being enforced to attract foreign investment.

At the same function, Vice President of FNCCI Mr Kishor Pradhan also informed to the foreign investors to start investments in Nepal for better returns as the majority government has already simplified investment approvals. Not only that, one stop service being developed by Nepal government will help to facilitate our investors coming from India and other parts of the world, said Pradhan. 

As South Asia, with its over 1.5 billion people, it is an emerging potential region in the world economy. The trade and economic potentials exist in South Asia for which CII and FNCCI can join hands for increased investments at the regional level, said Indian and Nepali investors at the summit.

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by