Jan 17, 2019

भारतको गुजरातमा भोलिदेखि आयोजना हुने भाइब्रेन्ट गुजरात-२०१९ (Vibrant Gujarat-2019) कार्यक्रममा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानको नेतृत्वमा महासंघको चार सदस्यीय प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्यो । महासंघको प्रतिनिधिमण्डलका सदस्यहरूमा महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, महासंघको प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठ र महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीबी बस्नेत हुनुहुन्छ । 
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक विशेष समारोहका बीच समुद्घाटन गर्नुहुने उक्त सम्मेलनमा भारत, नेपाल लगायत विश्वका ६० भन्दा बढी देशहरूले भाग लिने छन् । गुजरात उद्योग वाणिज्य संघ (Gujarat Chamber of Commerce and Industry-GCCI) ले आयोजना गरेको उक्त कार्यक्रमको मुख्य थीम पाथ टू प्रोस्पारिटी (Path to Prosperity) रहेको छ । कार्यक्रम माघ ६ गतेसम्म चल्नेछ ।

कार्यक्रमका दौरान माघ ६ गते आयोजना हुने ग्लोवल चेम्वर अफ इण्डष्ट्रिज विषयक सम्मेलनमा महासंघका तर्फबाट एफएनसीसीआइका वारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । साथै सोही अवसरमा नेउवामहासंघ प्रदेश नम्वर ३ र गुजरात चेम्वर अफ कमर्स बीच सहमतीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम समेत रहेको छ । गुजरातमा रहंदा महासंघको प्रतिनिधिमण्डलले कार्यक्रममा सहभागी हुन आएका विश्वका व्यवसायिक नेताहरूस“ग भेटवार्ता गर्नुका साथै बी-टू-बी बैठकमा समेत भाग लिनेछ । 

भाइब्रेन्ट गुजरात-२०१९ (Vibrant Gujarat-2019) कार्यक्रममा सार्क लगायत विश्वका अन्य देशहरूबाट विशिष्ट व्यक्तित्वहरू, उद्यमी व्यवसायी नेताहरू, लगानीकर्ताहरू, सरकारी अधिकारीहरूको सहभागिता रहनेछ । यसपटकको भाइब्रेन्ट गुजरात नवौं संस्करण हो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by