Feb 17, 2019
नव नियुक्त राजदुतहरूको महासंघ सचिवालयमा स्वागत - आफ्नो कार्यकाललाई सफल पार्ने दृढता, निजी क्षेत्रसँग निरन्तर सम्पर्कमा रहेर कार्य गर्ने (२०७५/११/५)

राष्ट्रको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई अधिकतम सदुपयोग गर्दै आफू कार्यरत देशहरूबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा फरिणामदायी कार्य गर्ने धारणा नवनियुक्त राजदुतहरूले व्यत्त गर्नुभएको छ । राष्ट्रले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न विभिन्न देशहरूमा रहेर आफूहरूले नविनतम तवर (Innovative way) ले आर्थिक कुटनीतिका माध्यमबाट सहयोग गर्ने र सोक्रममा निजी क्षेत्रसँग समेत नजिकमा रहेर कार्यगर्ने बिचार उहाँहरूको छ ।

मिक्रराष्ट्र मलेसिया, संयुत्त अरव इमिरेटस, फ्रान्स, कुवेत, क्यानाडा, यूएन, थाइल्याण्डका लागि नियुक्त भई ती देशहरूमा आफ्नो जिम्मेवारी सम्हाल्न जान लाग्नु भएका नवनियुक्त नेपाली राजदूतहरूको सम्मानमा महासंघद्वारा आज महासंघ सचिवालयमा आयोजना गरिएको स्वागत तथा आर्थिक कुटनीति विषयक छलफल कार्यक्रममा नवनियुत्त राजदुतहरूले ऊक्त विचार व्यत्त गर्नुभएको हो ।

नवनियुक्त राजदुतहरूको महासंघ सचिवालयमा स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष भवानी राणाले कार्यकालको सफलताको कामना गर्नुभयो । अध्यक्ष राणाले जहाँ र जुनसुकै ठाउँमा रहेपनि मुलुक निर्माणमा हामी सबै नेपालीको दायित्व भएकाले आर्थिक व्यवसायिक विकासमा निजी क्षेत्रले स्वदेशमा रहेर गरिरहेको प्रयासमा आफू कार्यरत देशहरूमा रहेर राजदूतहरूले सहयोग गर्न आग्रह गर्नुभयो । यसका लागि यहाँबाट राजदूतावासहरूले खोजेको सहयोग गर्न महासंघ तयार रहेको पनि उहाँले विश्वास दिलाउनु भयो ।

विशेष गरी आफू कार्यरत मुलुकहरूमा नेपालमा लगानीको वातावरण, निजी क्षेत्रसँगको आपसी सम्बन्ध विस्तार, लगानीका क्षेत्रहरू, अर्थतन्त्रसँग सम्बन्धित विद्यमान नीति तथा कानून, नेपालको कला सँस्कृति लगायतका विषयमा पर्याप्त प्रचार प्रसार गरी नेपालप्रति त्यहाँका जनता तथा लगानीकर्ताहरूलाई आकर्षित गर्ने वातावरण बनाई दिन समेत अध्यक्ष राणाले राजदूतहरूसँग आग्रह गर्नुभयो । साथै अध्यक्ष राणाले बिप्पा/डीटीएमा समेत संयुक्तरूपमा कार्य गर्नुपर्नेमा जोडदिनु झयो ।  

स्वागत कार्यक्रममा नवनियुत्त राजदूतहरू मलेशियाका लागि उदयराज पाण्डे, संयुक्त अरव इमिरेट्सका लागि कृष्ण प्रसाद ढकाल, फ्रान्सका लागि दिपक अधिकारी, कुवेतका लागि दूर्गा प्रसाद भण्डारी, क्यानाडाका लागि भृगु ढुंगाना, जेनेभाका लागि मणीप्रसाद भट्टराई, थाइल्याण्डका लागि गणेश प्रसाद ढकाल र यूएनका लागि अमृत राईको सहभागिता रहेको कार्यक्रममा उहाँहरूले आफ्नो कार्यकाललाई बढीभन्दा बढी सफल बनाउने विश्वास दिलाउनु भयो । मुलुकको हितका लागि आफ्नो सम्पूर्ण प्रयास केन्द्रित हुनेमा जोडदिंदै विशेष गरी आर्थिक कुटनीतिलाई प्रभावकारी ढंगले उपयोग गरी नेपालमा लगानी, पर्यटन, कला सँस्कृति(नेपाली चलचित्र), नेपाली उत्पादन(नेपाली हस्तकला)को प्रचार प्रसारमा केन्द्रीत गर्ने भन्दै खासगरी दुई देशका निजी क्षेत्र बीचको सम्पर्क तथा सम्बन्धलाई जोड्दै सोही माध्यममार्फत लगानी तथा व्यापार विस्तारमा जोड दिने विश्वास दिलाउनु भयो ।

कुन देशमा नेपालबाट के कस्तो वस्तु तथा सामान के कति परिमाणमा निर्यात गर्न सकिन्छ त्यसका वारेमा आवश्यक सूचना महासंघ जस्ता सँस्थाबाट उपलव्ध गराउनु पर्ने सुझाव उहाँहरूको थियो । बीटूबी सम्बन्ध र व्यापार प्रवर्द्धनका कार्यक्रममा नेपाली निजी क्षेत्रलाई सहभागी गराउने, व्यवासयिक प्रतिनिधिमण्डलको आदान प्रदानमा सहजीकरणको भूमिका निर्वाह गर्ने कार्यमा आफूहरूले सहयोग गर्ने विश्वास दिलाउनु थियो । बिगतका अनुभव सुनाउँदै उहाँहरूले लगानीयोग्य परियोजनाको विकासमा पनि निजी क्षेक्रको सहयोग आवश्यक रहेको बिचार व्यत्त गर्नुभयो ।  
 
कार्यक्रममा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, महासंघका उपाध्यक्ष किशोर कुमार प्रधान र चन्द्र प्रसाद ढकालले नवनियुक्त राजदुतहरूको कार्यकालमा नेपाल र कार्यरत मुलुकका निजी क्षेत्र बीचको सम्बन्ध प्रगाढ बनाई निजी क्षेत्र मार्फत लगानी तथा प्रविधि आकर्षण गर्न सकिएमा मुलुकका लागि ठूलो उपलव्धी मिल्ने बताउनु भयो । खासगरी राष्ट्र विशेषनै प्राथमिकता पनि फरक हुने हुनाले कुन देशबाट नेपालसँग कुन क्षेत्रमा सहकार्यको सम्भाव्यता छ त्यस विषयमा आवश्यक सल्लाह सुझाव दिन आग्रह गर्दै उहाँहरूले महासंघले सोही अनुसार सहयोग गर्ने विश्वास दिलाउनु भयो ।

कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरू, वस्तुगत संघका पदाधिकारीहरू, उद्यमी व्यवसायीहरूका साथै महासंघका उच्च अधिकृतहरूको उपस्थिति रहेको थियो ।   

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by