Mar 10, 2019

बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको निजी निवासमा यही फागुन २४ गते शुक्रवार भएको बम बिस्फोटको घटनाको नेपाल उद्योग वाणिज्य महासंघ घोर निन्दा एवं भत्सर्ना गर्दछ । व्यक्तिगत सम्पत्तिलाई लक्षित गरी गराइएका यस्ता निन्दनीय कार्य कुनै पनि सभ्य समाजका लागि सह्य हुन सक्दैन । 

एनसेल टावरमा आक्रमणको घटना सेलाउन नपाउँदै पुनः अर्को आक्रमण भएबाट निजी क्षेत्र संशकित भएको छ । राजनीतिक स्थिरता कायम भई मुलुकभित्र आर्थिक विकासको वातावरण बनिरहेको अवस्थामा पुनः यस्ता घटना हुन थालेबाट निजी क्षेत्र अत्यन्त चिन्तित भएको छ । यस्ता घटनाले मुलुकलाई कतातर्फ लैजान्छ त्यसतर्फ गम्भीर भएर सोच्न महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराउँदछ ।

अतः मुलुकका विभिन्न भागहरूमा निजी क्षेक्र लक्षित चन्दा आतंक तथा आत्रमण जस्ता गतिविधिहरू बढ्न थालेको महशुस हुन थालेकाले यस्ता गतिविधिलाई गम्भीर रूपमा लिई मुलुकभित्र शान्ति सुरक्षा र अमनचयनको प्रत्याभुति दिलाउन महासंघ नेपाल सरकार समक्ष माग गर्दछ । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by