Mar 29, 2019
नेपाल र ग्वान्सु प्रान्तका व्यवसायी बीच आपसी सहकार्यका लागि सहमती, काठमाडौंमा नेपाली र चिनियाँ उद्यमी व्यवसायी बीच भेटवार्ता (२०७५/१२/१५)

नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा भागलिन आएको चिनियाँ लगानीकर्ता, उद्यमी व्यवसायीहरू र नेपाली उद्यमी व्यवसायीहरू बीच आज काठमाडौंमा द्विपक्षीय व्यवसायिक भेटवार्ता सम्पन्न भयो । भेटवार्तामा ४४ वटा चिनियाँ कम्पनीका लगानीकर्ताहरूको सहभागिता रहेको थियो । नेपाल अन्तराष्ट्रिय व्यापार मेला ९० वटा स्टल मार्फत ९२ चिनिया कम्पनीहरूले भाग लिइरहेका छन् । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवको प्रमुख आतिथ्यता, वाणिज्य सचिव केदार बहादुर अधिकारीको सहभागिता सम्पन्न भेटवार्तामा नेपालको तर्फबाट महासंघका अध्यक्ष भवानी राणा र चिनियाँ प्रतिनिधिमण्डलका तर्फबाट चीनको ग्वान्सु प्रान्तको वाणिज्य विभागका उपमहानिर्देशक सुश्री ह्वाङ यिङलिङ (Ms.Wang Yingling, Deputy Director of Department of Commerce of Gansu Province) ले गर्नु भएको थियो । 

व्यवसायिक भेटवार्तामा कृषि, फेशन, सौन्दर्य, खाद्य उद्योग, जडिवूटी, औषधि, खेलकूद सामग्री,गहना लगायतका क्षेत्रमा सहकार्यका विषयमा भेटवार्ता भएको थियो । सो भेटवार्तामा नेपाली व्यवसायीहरूको पनि बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर कुमार प्रधान, महासंघको कार्यकारिणी समितिका सदस्यहरू, चिनियाँ वाणिज्य मन्त्रालय र महासंघ सचिवालयका उच्च अधिकृतहरूको सहभागिता रहेको थियो । 

सोही समारोहमा नेपाली र ग्वान्सु प्रान्तका व्यवसायीहरू बीच विभिन्न ८ वटा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सहमतीपत्र ९ःयग्० मा हस्ताक्षर समेत भएको छ ।  लगानी तथा व्यापारका सम्भाव्यता खोजीगर्ने उद्देश्यले चिनियाँ लगानीकर्ताहरू यतिखेर नेपाल भ्रमणमा रहेका छन् ।  
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by