Apr 01, 2019

हिजोराती अकस्मात आएको विनासकारी आँधीहुरी र वर्षातबाट बारा र पर्सा जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति नेपाल उद्योग वाणिज्य महासंघ दुःख व्यक्त गर्दछ । अकल्पनीय यस विपत्तिमा परि ज्यान गुमाउनु हुनेका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइते जनताको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । साथै महासंघ मृतात्माहरूको चीर शान्तिको कामना समेत गर्दछ । 

महासंघले विपतमा परेको जनताको सहयोगार्थ तत्कालका लागि रू. ५०,००,०००/- (पचास लाख) मुल्य बराबरको राहत पठाउने निर्णय गरेको छ । विपत्तिको यस घडीमा महासंघ, नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश २ च्याप्टर, त्यस क्षेत्रका महासंघका सदस्य बारा र पर्सा उद्योग वाणिज्य संघहरूलाई अग्रभागमा रहेर जनताको सेवामा लाग्न अपिल गर्दछ ।
 
साथै महासंघ विपत्तिमा परेका जनताहरूको सहयोगार्थ आ-आफ्ना क्षेत्रबाट सकेको सहयोग जुटाई त्यस क्षेत्रमा पठाउन मुलुकभर रहेका आफ्ना सबै सदस्य संघ/संस्थाहरूलाई अपिल समेत गर्दछ । महासंघले विपत्तिमा परेका सर्वसाधारण जनतालाई धैर्यधारण गर्न आग्रह गर्दछ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by