May 17, 2019
बजेटमा निजी क्षेत्रको सुझाव प्रस्तुत

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा निजी क्षेत्रद्वारा माननीय अर्थमन्त्री डा. युवराज खतिवडाज्यू समक्ष आगामी आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेटमा निजी क्षेत्रको सुझाव आज अर्थ मन्त्रालयमा प्रस्तुत गरियो ।

सो अवसरमा महासंघका अध्यक्ष राणाले निजी क्षेत्रका तर्फबाट सुझाव प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तुत सुझाव यसै साथ संलग्न छ



सो अवसरमा अर्थ मन्त्रालयका सचिवद्वय, महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षज्यूहरू उमेश लाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल, राजस्व समितिका सभापति अशोक तोदी, कार्य समिति सदस्यहरू, सीएनआई, एनसीसी र एनएफटिएका पदाधिकारीहरूको उपस्थिति थियो ।
 

निजी क्षेत्रको सुझाव ग्रहण गर्नु हुंदै अर्थ मन्त्री डा खतिवडाले मुलुक भित्र आर्थिक विकास र उद्योग व्यबसायको वातावरण बनाउने, नेपाल सरकारले अगाडी सारेका नीति तथा कार्यक्रमलाई सफल पार्ने तर्फ आगामी वजेट केन्द्रित हुने धारणा राख्नु भयो । साथै वहाँले निजी क्षेत्रका सुझावलाई आगामी वजेटमा समेट्ने विश्वास पनि दिलाउनु भयो ।

  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by