Apr 10, 2017
महासंघको ५१ औ वार्षिक साधारण सभा प्रारम्भः विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु सम्मानित, पूर्व अध्यक्षहरु सम्मानित (२०७३/१२/२८)

नेपाल उद्योग वाणिज्य महासंघको ५१ औ वार्षिक साधारण सभा एव उद्योग वाणिज्य दिवस २०७३ को प्रधानमन्त्री पुष्पकमल दाहालले आज एक विशेष समारोहका बीच काठमाडौंमा सुमद्घाटन गर्नुभयो । मुलुकभरबाट आउनु भएका करिव १ हजार भन्दा बढी प्रतिनिधिहरुले भाग लिई रहनु भएको समुद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले मुलुकको विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु हुने व्यक्तित्वहरुलाई सम्मान गर्नुभयो ।  



एफएनसीसीआई गोल्ड अवार्डसबाट देहायका व्यक्तित्वहरु सम्मानित हुनुभयो । 

श्री हिमालय शम्शेर - बैकं तथा वित्तिय
श्री कर्ण शाक्य - पर्यटन
श्री कैलाश सिरोहिया - संचार क्षेत्र
श्री बिरेन्द्र बहादुर बस्न्यात - वायुसेवा क्षेत्र
श्री नकिम उद्दीन - मनोरंजन क्षेत्र
श्री सुरेशराज शर्मा - शिक्षा क्षेत्र
डा. सन्दुक रुइत - स्वास्थ्य क्षेत्र
श्री अनुरोध कोइराला - सामाजिक सेवा
श्री कुलमान घिसिङ - सार्वजनिक प्रशासन
स्वर्गीय श्री राम लाल गोल्छा - उद्योग क्षेत्र (मरणोपरान्त)
स्वर्गीय श्री लक्ष्मण बाबु श्रेष्ठ - सेवामुलक व्यवसाय क्षेत्र (मरणोपरान्त)



त्यसैगरि प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघको विकासमा उहांको कार्यकाल र त्यसपछि पनि निरन्तर महत्वपूर्ण योगदान पुर्याउनु भएकोमा उहांहरुको उच्च कदर गर्दै महासंघका पूर्व अध्यक्षहरु क्रमशः महेशलाल प्रधान, विनोदकुमार चौधरी, पद्य ज्योति, आनन्दराज मूल्मी, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोद बहादुर श्रेष्ठ, चण्डिराज ढकाल, कुशकुमार जोशी र सुरज वैद्यलाई नेउवामहासंघ स्वर्ण वर्ष स्मृति चिन्हबाट सम्मानित गर्नुभयो । त्यसैगरि सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघको विद्यमान भवन निर्माणमा आफ्नो अध्यक्ष कार्यकालमा महत्वपूर्ण योगदान पुर्याउनु भएकोमा उच्च कदर गर्दै महासंघका पूर्व अध्यक्ष विनोदकुमार चौधरीलाई विशेष सम्मानबाट सम्मानित गर्नुभयो । 

त्यसैगरि प्रधामन्त्री दाहालले आर्थिक पत्रकार स्वर्गिय संजय न्यौपानेलाई मरणोपरान्त प्रदान गरिएको १ लाख राशीको एफएनसीसीआई आर्थिक पत्रकारिता पुरस्कार स्वर्गीय न्यौपानेकी धर्मपत्नी राधिका न्यौपानेलाई प्रदान गर्नुभयो । 

महासंघमा निरन्तर २५ वर्ष सेवा गरेका कर्मचारीद्वय सानुकाजी उप्रेती र राजेश्वरी श्रेष्ठलाई नगद पुरस्कार एवं कदर सम्मानबाट सम्मानित गर्नुभयो । 



सो सभालाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक विकासका लागि आवश्यक लगानीको वातावरण बनाउन आफू र आफ्नो सरकारले कुनै कसर वांकी नराख्ने प्रतिवद्ध समेत जनाउनु भयो । 

राजनीतिक दलको प्रमुख स्वार्थ जनताको आर्थिक जीवनस्तर सुधारनै हुनुपर्ने भन्दै प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक विकासमा आवश्यक सवै प्रकारको वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको समेत स्पष्ट पार्नु भयो । 



त्यसअघि महासंघका अध्यक्ष पशुपति मुरारकाले स्वागत मन्तव्य राख्नु भयो ।  



सो अवसरमा अध्यक्ष मुरारकाले प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यूलाई मायाको चिनो स्वरुप महासंघको स्वर्ण वर्ष स्मृति चिनो प्रदान गर्नुभयो । 



कार्यक्रमको अन्त्यमा महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाले धन्यवाद मन्तव्य दिनु भएको थियो । 

समुद्घाटन पश्चात महासंघका अतिरिक्त एजेण्डाका साथै वरिष्ठ उपाध्यक्षका उम्मेदवारबाट नीतिगत मन्तव्य समेत हुने कार्यक्रम छ । भोली महासंघको कार्यकारिणी समितिको निर्वाचन हुने कार्यक्रम छ ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by