Mar 20, 2017
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०७३ सम्पन्न: करिव २ लाखबाट मेलाको अवलोकन, प्रर्दशनी स्थल निर्माणमा सरकारको प्रतिवद्धता (२०७३ चैत्र ७)

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०७३ आज सम्पन्न भएको छ । मेलाको करिव २ लाखबाट अवलोकन गरिएको थियो भने प्रत्यक्ष अप्रत्यक्ष गरि करिव २० करोडको कारोवार भएको अनुमान गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा संचालन भएको मेलाको सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र ३ गते विशेष समारोहका बीच समुद्घाटन गर्नुभएको थियो । 
नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकार वाणिज्य मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा आयोजना भएको अन्तर्राष्ट्रिय व्यापार मेलाको सहआयोजकमा नेपाल हस्तकला महासंघ, नेपाल जडीवूटी उत्पादक संघ तथा हिमाली आयोजना रहेका थिए । अर्को वर्षको मेला आगामी मार्च २०१८ मा गर्ने निर्णय समेत गरिएको छ ।

आगामी मेलाका लागि करिव २ सय जति स्टलहरु वुक भैसकेका छन् । मेला समुद्घाटन समारोहमा सम्माननीय प्रधानमन्त्री, महासंघका अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष भवानी राणा, मेला समितिका सभापति केशवराज पाण्डेले संवोधन गर्नुभएको थियो ।  यस वर्षको मेलामा उच्च हिमाली भेगका कृषि उत्पादनहरु, जडीवूटीहरु तथा जव फेयर प्रमुख आकर्षणको रुपमा रहेका थिए । जव फेयर प्ल्याट फर्ममा करिव ५०० जनाले रोजगारीका लागि निवेदन दिएका थिए भने रोजगारदाताहरु ३३ जनाले सम्पर्क गरेका थिए । 

मेलाको नेपाल सरकारका मन्त्रीहरु, सांसदहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरुले मेला अवलोकन गरेका थिए । मेलालाई आम सर्वसाधारणले अत्यन्त उत्साहपूर्वक अवलोकन गरेका थिए । प्रधानमन्त्री  दाहालले मेला महोत्सवका लागि राजधानीमा एउटा अन्तराष्ट्रिय स्तरको प्रदर्शनी स्थल नहुदाको समस्या महासंघका तर्फबाट उठाइएपछि त्यसलाई चैत्र ३ गतेको मन्त्रिपरिषदको बैठकबाटै सो कार्यलाई तत्काल अगाडी बढाउने जिम्मेवारी वाणिज्य मन्त्रालयलाई दिने निर्णय गराउनु भएको छ । निजी क्षेत्रले उक्त निर्णयको स्वागत समेत गरिसकेको छ । 
नेपाली उत्पादन तथा सेवाहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने र अन्तर्राष्ट्रिय जगतमा उद्योग व्यवसाय क्षेत्रले पछिल्लो पटक अवलम्वन गरीरहेको प्रविधिगत ज्ञान तथा संयुक्त सहकार्यका सम्भाव्यताका सम्बन्धमा स्वदेशी एवं विदेशी उद्यमी व्यवसायीहरु बीच अन्तरक्रियाका माध्यमबाट मुलुकभित्र उद्यम व्यवसाय विस्तारमा सघाउ पु¥याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघले करिव एक दशक देखि काठमाडौमा अन्तराष्ट्रियस्तरको मेला आयोजना गर्दै आएको छ । यो मेला छैठौं संस्करण हो । 

३ सय ४० स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिएको थियो । यस वर्ष मेलामा चीन, भारत, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड लगायत देशका कम्पनीहरुको सहभागिता रहेको थियो भने जापान, कोरिया, थाइल्याण्ड आदि देशहरुबाट खरिदकर्ताहरुले अवलोकन गरेका थिए । मेलामा चीनबाट ८५, भारत १०, पाकिस्तान २०, बंगलादेश ५०, थाइल्याण्ड मलेशियाबाट ५ वटा स्टलहरु रहेका राखिएका थिए ।  करिव ३ करोड जनता वसोवास गर्ने सिंगो नेपालनै प्रमुख वजार हुन सक्ने प्रसस्त संभावना रहेकाले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आर्थिक क्षेत्रमा नविनतम सोंच, विचार, उत्पादन, सेवाहरु तथा प्रविधिको प्रवद्र्धन गर्ने सवैभन्दा सशक्त र प्रभावकारी माध्यम बनिरहेकोछ । एकै छानामुनीबाट स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रवद्र्धन, खरिद विक्री, प्रत्यक्ष अन्तरक्रिया हुने मेला नयां सोंच, उत्पादन तथा प्रविधिको सही परिक्षण गर्ने उपयुक्त थलो पनि हो । महासंघले यसलाई अन्तर्राष्ट्रिय रुपमा ब्राण्डिङ समेत गरिरहेको छ । महासंघले मेलालाई स्वदेशी एवं विदेशी भहजष्दष्तयचक बीच व्यवसायिक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण ँयचगm को रुपमा विकास गरिसकेको छ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by