Press Release
-
चीन दक्षिण एशिया व्यवसायिक फोरम बैठक कुनमिङमा-ओवोर नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार हुन सक्ने–अध्यक्ष राणा (२०७४/२/३१) | Posted on : June 14, 2017
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले मित्र राष्ट्र चीनले अगाडी सारेको एक रोड एक क्षेत्र (One Belt One Road-OBOR ) यो शताव्दिकै एक नमूना परियोजना हुन सक्ने बताउनु भएको छ । उक्त परियोजना नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार हुने उहांले बताउनु भयो । -
महासंघका प्रतिनिधिमण्डलद्धारा माननीय गृहमन्त्री समक्ष ज्ञापन पत्र पेश (२०७४/२/३१) | Posted on : June 14, 2017
महासंघका कार्यवाहक अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले महोत्तरी जिल्लाकी ब्युटी पार्लर व्यवसायीमाथि भएको बलात्कारको विषयमा दोषी उपर कार्वाहीको माग गर्दै माननीय गृहमन्त्री श्री जनार्दन शर्माज्यू समक्ष आज गृह मन्त्रालय, सिंहदरबारमा ज्ञापन पत्र पेश गरियो । -
अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औं अधिवेशनलाई महासंघको रोजगारदाता परिषद्का सभापति ढकालबाट संवोधन (मिति २०७४/०२/२६) | Posted on : June 11, 2017
स्वीटजरलैण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औं अधिवेशनलाई नेपालको रोजगारदाता संगठनको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकालले आज संवोधन गर्नुभयो । -
महासंघका उपाध्यक्ष ढकालद्वारा विश्व पुनरनिर्माण सम्मेलनलाई व्रसेल्समा संवोधन (२०७४/०२/२४) | Posted on : June 07, 2017
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्र प्रसाद ढकालले बेल्जियममा आयोजित तेस्रो विश्व पुनरनिर्माण सम्मेलन (3rd World Reconstruction Conference) लाई ब्रसेल्समा संवोधन गर्नुभयो । जेठ २३ देखि बेल्जियमको ब्रसेल्समा आयोजित उक्त सम्मेलन भोली विहीवारसम्म चल्ने छ । उपाध्यक्ष ढकालका साथ उक्त सम्मेलनमा महासंघको कार्यकारिणी समितिका सदस्य एवं रोजगारदाता परिषद्का उपसभापति भरतराज आचार्यले भाग लिइरहनु भएको छ । -
अध्यक्ष राणाबाट गोरखा उद्योग वाणिज्य संघको भवन उद्घाटन: | Posted on : June 04, 2017
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले गोरखा उद्योग वाणिज्य संघ गोरखाको बिधान संशोधन बिशेष साधारण सभा तथा बहुउदेश्यीय भवनको जेठ २० गते गोरखामा एक कार्यक्रम बीच समुद्घाटन गर्नुभयो । -
नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुसंग महासंघ सचिवालयमा छलफल (२०७४/०२/१७) | Posted on : May 31, 2017
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाली सेनाका शिक्षार्थी अधिकृतहरु बीच आज महासंघ सचिवालयमा एक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरियो । -
आर्थिक वर्ष २०७४/७५ को बजेटमाथि नेउवामहासंघको धारणा (२०७४/०२/१७) | Posted on : May 31, 2017
सरकारले संविधानमा तोकेको समयसीमाभित्रै रहेर बजेट आएको छ, मुद्रास्फीति ७ प्रतिशतमा सिमित गरी थप एक लाख स्वरोजगार र ४ लाख नयाँ रोजगारी सिर्जना गर्ने र ७.२ प्रतिशतको आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य -
महासंघमा विभिन्न परिषद, समिति, फोरम गठन(२०७४/०२/१२) | Posted on : May 26, 2017
नेपाल उद्योग वाणिज्य महासंघको विधानत विभिन्न परिषद, समिति र फोरमहरुको गठन गरिएको छ । महासंघको विधानत गठन हुनुपर्ने परिषद, समितिहरु मध्ये हालसम्म वस्तुगत र रोजगारदाता परिषद र पन्ध्रवटा विषयगत समितिहरु गठन भएका छन् । -
नेपाल चीन गैह्र सरकारी सहयोग मंचको १४ औं बैठक काठमाडौंमा (२०७४/२/११) | Posted on : May 25, 2017
नेपाल चीन गैह्र सरकारी सहयोग मंचको १४ औं बैठक काठमाडौंमा शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघ (All China Federation of Industry and Commerce-ACFIC) द्वारा संयुक्त रुपमा आयोजना गरिएको बैठकको उपप्रधान एवं अर्थमन्त्री कृष्ण बहादुर महराले आज एक कार्यक्रमका बीच काठमाडौंमा समुद्घाटन गर्नुभयो । -
नेउवामहासंघको महानिर्देशकमा सुरेश मान श्रेष्ठ नियुक्त(२०७४/०२/१०) | Posted on : May 24, 2017
नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नेपाल सरकारका पूर्व सचिव सुरेश मान श्रेष्ठ नियुक्त हुनु भएको छ । उहांलाई जेष्ठ ८ गते महासंघको महानिर्देशकमा नियुक्त गरिएको हो ।
© Copyright 2005-2018 . All Rights Reserved. FNCCI.