Jan 16, 2022

नेपाल उद्योग वाणिज्य महासंघले मानवीय संकट गहिरिंदै गएको अफगानिस्तानका नागरिकका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत बन्दोबस्तीका सामग्रीहरू पठाएको छ । महासंघले उक्त सामग्री नेपाल सरकार परराष्ट्र मन्त्रालय मार्फत त्यसतर्फ पठाएको हो । 

महासंघ अध्यक्ष शेखर गोल्छाले परराष्ट्र मन्त्री माननीय डा. नारायण खडकालाई हस्तान्तरण गर्नुभएको थियो । मन्त्रालयको आग्रहमा महासंघले करिब आठ सय किलोग्राम बराबरको अत्यावश्यकीय भाडाकुडा लगायत वन्दोवस्तीका सामाग्रीहरु उपलब्ध गराएको हो । 

युद्धग्रस्त मुलुक अफगानिस्तानमा दैनिक उपभोग्य सामाग्रीको चरम अभावले नागरिकको दैनिकी अत्यन्त कष्टकर बन्दै गएको हुंदा जीवनयापन केहि सहज होस भनेर महासंघले उक्त सहयोग उपलब्ध गराएको हो । 

नेपालबाट सहयोग सामाग्री बोकेको जहाज आइतबार अफगानिस्तानको राजधानी काबुल उडेको छ । 

मुलुकभित्र वा बाहिर समस्यामा परेका सर्वसाधारण नागरिकको सहयोगका लागि महासंघले संधै अग्रभागमा रहेर सहयोग गर्दै आएको छ । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by