Jan 23, 2023
१० वुंदे घोषणापत्र जारी गर्दै एसएमईज सम्मेलन सम्पन्न (२०७९/१०/०९)


नेपाल उद्योग वाणिज्य महासंघले पहिलो पटक काठमाडौंमा आयोजना गरेको लघु, घरेलु, साना एवं मझौला उद्यम सम्मेलन २०७९ दश वुंदे घोषणापत्र जारी गर्दै सम्मपन्न भएको छ ।

    

१.     नेपाल उद्योग वाणिज्य महासंघले हरेक दुई वर्षमा केन्द्रमा र हरेक वर्ष प्रदेश तहमा लघु, घरेलु, साना एवं मझौला उद्यम सम्मेलन आयोजना गर्नेछ । 

२.     नेपाल उद्योग वाणिज्य महासंघले २०७७ चैत्रमा सार्वजनिक गरेको राष्ट्रिय आर्थिक रुपान्तरण २०३० मा औल्याइएका लघु, घरेलु, साना एवं मझौला उद्यम लक्षित कार्यक्रमहरु निरन्तर कार्यान्वयन गर्दै जानेछ ।  

३.     उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच २०७९ साउनमा भएको समझदारी अनुरुप लघु, घरेलु, साना एवं मझौला उद्यमको प्रवर्द्धनका लागि निरन्तर सहकार्य गर्नेछ । 

४.     नेपाल उद्योग वाणिज्य महासंघमा स्थापना भएको लघु, घरेलु, साना एवं मझौला उद्यम सहायता केन्द्र मार्फत उद्यमीहरुलाई निरन्तर आवश्यक सेवा प्रदान गर्नेछ । 

५.     लघु घरेलु साना तथा मझौला उद्यमीका उत्पादनलाई देशभित्रै संचालित ठूला उद्योगसंग जोड्न निरन्तर पहल र पैरवी रहनेछ । स्वेदशी कच्चा पदार्थको उत्पादन बढाउन पहल गरिनेछ । 

६.     लघु, घरेलु, साना एवं मझौला उद्यमलाई वित्तिय सेवामा सहज पहुच दिलाउन महासंघले सरकार एवं नेपाल राष्ट्र बैंकसंग सहकार्य गर्नेछ । परियोजना कर्जा सहज रुपमा प्रदान हुने गरि नीति निर्माण गरी कार्यान्वयनमा लान पहल गरिनेछ । 

७.     सन् २०२६ मा नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुन गैरहेको सन्दर्भमा यसबाट लघु, घरेलु, साना एवं मझौला उद्यममा पर्न सक्ने प्रभाव न्युनिकरणका लागि सरकारसंगको सहकार्यमा रणनीति तयार पारिनेछ । साथै निर्यात प्रवर्द्धनमा कार्यमा सहयोग गरिनेछ ।

८.     लघु, घरेलु, साना एवं मझौला उद्यमका उत्पादनको बजारीकरणका लागि आवश्यक नीतिगत सुधारका लागि महासंघले सरकारसंग निरन्तर पहल पैरवी गर्नेछ । यसका साथै बजारीकरणको लागि डिजिटल प्रविधिको प्रयोग गर्दै लगिनेछ ।. लघु, घरेलु, साना एवं मझौला उद्यमको प्याकेजिंग एवं ब्रान्डिगका लागि महासंघले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा सहकार्य र समन्वय गर्नेछ ।

९.     महासंघको समेत पहलमा बनेको स्टार्ट अप नीति तत्काल कार्यान्वयन गर्न सरकारसंग सहकार्य गरिनेछ । सबै प्रदेशमा स्टार्ट अप इन्कुवेसन केन्द्र स्थापना गर्न केन्द्र र प्रदेश सरकारसंग सहकार्य गरिनेछ ।  यस संगै युवा उद्यमशिलतालाई प्राथमिकतामा राखी काम गरिनेछ ।

१०.     सरकारी तहमा स्वदेशी उत्पादनको खपत बढाउन ल्याइएका नीति नियमको कार्यान्वयन गर्न र नयाँ नीतिगत व्यवस्था गर्न सरकार र निजी क्षेत्रको निरन्तर सहकार्य गरिनेछ ।

For photos please visit : 
https://fncci.org/gallery/photos.php?g=451 or 
https://www.facebook.com/fncci

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by