Jul 08, 2021
उवासंघ चितवनद्धारा वाढि पीडितलाई राहत वितरण

भरतपुर

उद्योगी व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघ चितवनले पुर्वी चितवनका वाढि प्रभावित मानिसहरुलाई राहत सामाग्री वितरण गरेको छ । बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरि संघले रत्ननगर ३ वंसीका वाढि प्रभावित ६० घरपरिवारलाई राहत वितरण गरेको हो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न राहत वितरण कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य कृष्ण खनाल विशेष अतिथी रहनु भएको थियो । 

कार्यक्रममा रत्ननगर ३ का वडा अध्यक्ष गुप्तनाथ भट्टराई, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष भोजराज कौडाल, रत्ननगर उवासंघका कार्यसमिति सदस्य उद्धव कोइराला, विपद् व्यवस्थापन संयोजक नारायण प्रधान, उवासंघ चितवनका कार्य समिति सदस्य लिल बहादुर क्षेत्री, कार्यकारी निर्देशक निलबहादुर केसीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा वोल्दै उवासंघ चितवनका अध्यक्ष राजु श्रेष्ठले संघको सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत वाढीपीडितहरुलाई सहयोग गरिएको वताउनु भयो । 

व्यवसायी, सार्वसाधारण एवं विपद्मा परेका जुनसुकै समुदायलाई पनि संघले सहयोग गर्ने वताउँदै उहाले निजीक्षेत्र राज्यलाई समस्या पर्दा सहयोग गर्न तत्पर रहेको वताउनु भयो । प्रदेशसभा सदस्य कृष्ण खनालले सरकारले राहत उपलव्ध गराउन नसकेको बेला निजी क्षेत्रले यसरी सहयोग गर्नु प्रंशसनीय कार्य भएको वताउँदै उवासंघ चितवन प्रति आभार व्यक्त गर्नु भयो । 

रत्ननगर ३ का वडा अध्यक्ष गुप्तनाथ भट्टराईले आफ्नो वडाका वाढीपीडितहरुलाई उवासंघ चितवनले राहत वितरण गरि मानवीय सेवा गरेको वताउँदै संघको प्रगतिको कामना गर्नुभयो । सो अवसरमा रत्ननगर ३ वंसीका आदिवासी थारु समुदायका ६० घरपरिवारलाई चामल, दाल, नुन, तेल, आलुलगायतका खाद्य सामाग्री वितरण गरिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनुभयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by