May 18, 2018

गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय, वीरगंजवाट व्यवसायीहरुको स्टाण्डर्ड नाप तौल ऐन र नियमअनुसार नाप्ने तौलने यन्त्रहरु जाँच, नविकरण तथा अनुमतिपत्र वितरण गर्न मिति २०७५ बैशाख २७ देखि जेष्ठ २ गतेसम्मकालागि टोलि खटिइआएको थियो । 

संघको व्यवस्थापनमा उक्त टोलीले पल्पसा सभागृहमा यस क्षेत्रका २७३ जना व्यवसायीहरुको नाप्ने तौलने यन्त्रहरु जाँच तथा नयाँ दर्ताको कार्य सम्पन्न गरेको छ । जसवाट व्यवसायीहरु आफ्ना यन्त्रहरु दुरुस्त भनि ढुक्क भएका छन् भने उपभोक्ताहरुले पनि आफनो परल मुल्य वरावरको परिणाममा सामान किन्न पाउनेछन् । गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय, वीरगंजवाट हरेक वर्ष  नापतौलका उपकरणहरु दर्ता तथा नविकरण गर्दै आएको छ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by