- Day-to-day Activities
- Press Release
- News Clippings
- Photo Archives
- Audio/Videos
- Notice/Announcements
- News feeds from Media
- FNCCI on Social Media
Releated Press Release
- महासंघका अध्यक्ष गोल्छा र नेपालका लागि फ्रान्सेली राजदूत बीच भेटवार्ता (२०७७/११/२०) | March 04, 2021
- उद्योगहरूको गुणात्मक विश्लेषण सहितको अध्ययन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर (२०७७/११/१६) | February 28, 2021
- महासंघ र नेपाल बैकर्स संघ बीचः ऋण सहजीकरणमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर (२०७७/११/१३) | February 25, 2021
- महासंघको द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तारः मुलुकभित्र लगानी तथा प्रविधि आकर्षणका लागि अर्थपूर्ण कार्य गर्न अध्यक्ष गोल्छाको सुझाव (२०७७/११/१३) | February 25, 2021
- महासंघ र श्रम मन्त्री बीच भेटवार्ताः सरकार निजी क्षेत्र मिलेर तालीम संचालन गर्ने श्रम मन्त्री चौधरीको प्रतिवद्धता (२०७७/११/१२) | February 24, 2021
महासंघको बैंक, वित्तिय तथा विमा समिति विस्तारः महासंघमा सदस्य सेवा इकाई स्थापनाका लागि छिट्टै “मुभ” हुर्न्छौ–अध्यक्ष गोल्छा (२०७७/१०/२७)
February 09, 2021

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य शाहिल अग्रवालको सभापतित्वमा गठित बैंक, बित्तिय तथा विमा समिति विस्तार भएको छ । समितिका सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू शक्तिकुमार वेगानी र सुवोध कुमार गुप्ता हुनुहुन्छ ।
समितिका सदस्यहरूमा शिखर इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे, ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, चार्टडर्ड एकाउन्टेन्ट सुवाष झुनझुनवाला, महासंघको कार्यकारिणी समितिका पूर्व सदस्यहरू सुनिल नारायण श्रेष्ठ, रामकृष्ण प्रसार्इँ र व्यवसायी प्रकाश तिवारी हुनुहुन्छ ।
त्यसैगरी समितिको आमन्त्रितहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू विजय सिंह वैध, संदिपकुमार अग्रवाल, आनन्दकुमार बगाडिया र अम्बिका प्रसाद पौडेल तथा सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य सौरझ ज्योति र अधिवक्ता रमण कर्ण हुनुहुन्छ ।
समिति विस्तार कार्यत्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष शेखर गोल्छाले बैंक, वित्तिय तथा विमा समिति महासंघको अत्यन्त महत्वपूर्ण समिति भएकाले यसले दिने हरेक सुझावहरू संतुलित र गहन हुनुपर्ने बताउनु भयो । बैंक तथा वित्तिय निकायहरू बलिया र सक्षम भएमात्र मुलुकभित्र उद्योग व्यसाय फस्टाउने कुरा निर्विवाद छ, हामीले हाम्रा सुझावहरू तयार गर्दा दुवै पक्षलाई लाभ हुने किसिमले बनाउनु सुझाव दिनु भयो । अध्यक्ष गोल्छाले महासंघले छिट्टै नै बैकिङ, कर राजस्व, श्रम लगायतका समस्याहरूलाई संवोधन गर्न महासंघभित्र दीर्घकालिन प्रकृतिको सदस्य सेवा इकाई स्थापना गर्ने तयारीमा रहेको जानकारी गराउनु भयो । इकाई साधन स्रोत सम्पन्न हुने र समस्याहरूलाई सोही इकाई मार्फतनै समाधान गरि उद्यमी व्यवसायीहरूलाई राहत दिने हाम्रो लक्ष्य छ,अध्यक्ष गोल्छाले भन्नु भयो–यसमा हामी छिट्टै “मुभ” हुर्न्छौ । अध्यक्ष गोल्छाले नेपालमा विमा व्यवसाय तुलानात्मकरूपमा महंगो भएकाले यसलाई प्रतिस्पर्धी बनाउनु पर्ने पनि बताउनु भयो । विमा व्यवसाय हेर्ने नियामक निकायसंग बसेर यस विषयमा छलफल आवश्यक रहेको पनि उहांको जोड थियो । समितिले आफना कार्यहरू गर्दा यी सबै इस्यूहरूमा विशेष ध्यान दिनुपर्ने सुझाव उहाँको थियो ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले यदाकदा उद्योग व्यवसाय र बैकिङ क्षेत्र बीच तनावको अवस्था समेत आउने गरेका विगतका यथार्थता हामी सवैका सामुन्ने रहेकाले समितिले अत्यन्त सोच बिचार र अध्ययन गरी सुझाव तयार गर्नुपर्ने र समितिले दिने सुझावबाट मुलुकभित्र वित्तिय र उद्योग व्यसाय दुवै क्षेत्र फस्टाउने वातावरण बन्नुपर्नेमा जोडदिनु भयो । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र संघईले समितिलाई शुभकामना दिनुहुंदै समितिले तयार गर्ने सुझावहरू साना ठूला सवै प्रकारका उद्योग व्यवसायलाई समेत अध्ययन गरी दिन सके त्यो बढी फलदायी हुने बताउनु भयो ।