Mar 30, 2021
महासंघबाट नेप्से र सि.डि.एसका पदाधिकारीसंग भेटगरी सुझाव पेश (२०७७/१२/१७)


नेपाल उद्योग वाणिज्य महासंघ पूंजीबजार फोरमका सभापति अम्बिका प्रसाद पौडेल लगायत फोरमका सदस्यहरुले आज नेपाल स्टक एक्स्चेञ्ज लि.(नेप्से) र सि.डि.एस क्लियरिगं लिमिटेडका प्रमुख कार्यकारी अधिकृतसंग भेटवार्ता गरी नेपालको पूंजीबजारको समसामयिक समस्याका बारेमा जानकारी गराउनु भयो । 

नेपाल उद्योग वाणिज्य महासंघले पहिलो पटक पुंजीबजार फोरम गठन गरी नेपालको पूंजीबजारको सम्बर्द्धन, यसको विस्तार र विकासमा रहेका जटिलताहरुको समाधानका साथै कानुनी सुधारका क्षेत्रको पहिचानसहित पूंजीबजारलाई क्रियाशील एवं भरपर्दो बनाउने उद्देश्यका साथ काम गरिरहेको कुरा भेटवार्तामा सभापति पौडेलले जानकारी गराउनुभयो । 

सो अवसरमा महासंघका तर्फबाट पेश भएका छुट्टाछुट्टै सुझावहरु देहाय अनुसार छन् ।

नेप्सेका पदाधिकारी समक्ष प्रस्तुत गरिएका सुझावहरूः

१।    नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सम्पूर्ण वनियिमावली समयानुकूल संशोधन गर्ने  ।
२।    बजार मूल्यको आधारमा Tick Size नविकरण गर्ने  ।
३।    इन्ट्रा डे ट्रेडिङ शुरु गर्ने 
४।    हकप्रदको निस्सा कारोबार गराउने 
५।    मार्जिन ट्रेडिङ सम्बन्धी नीतिमा Risk Based Loan to Valuation (LTV) को व्यवस्था गर्ने ।
६।    Block Detal र Bulk Deal लागि छुटै window को व्यबस्था गर्ने । 
७।    Security lending and borrwowing mechanism को व्यवस्था गर्ने ।
८।    OTC बजारलाई बिस्तार तथा online गर्ने ।
९।    सूचीकृत कम्पनीको संस्थापक शेयर किनबेच गर्नको लागि OTC मार्फत गर्ने व्यवस्था मिलाउने ।
१०।    Derivative बजारको विकास गर्ने ।
११।    सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी नयाँ मानक इन्डेक्स बनाउने ।
१२।    सेन्सेटिभ इन्डेक्स परिमार्जन गर्नुपर्ने ।
१३।    शेयरको settlement प्रक्रिया broker back office मार्फत automated तरिकाले गर्नुपर्ने ।
१४।    Exchange Traded Fund (ETF) को व्यवस्था गर्ने ।
१५।    अक्सन मार्केट संचालनमा ल्याउने  ।
१६।    भुक्तानी राफसाफ प्रत्याभूति कोषको आकार बढाई कार्यान्वयनमा ल्याउने ।
१७।    पूँजीबजारसम्बन्धी मूल्य संवेदनशील सूचना तथा डाटाको सहज पहुँच नेप्सेको वेवसाइटमा उपलव्ध गराउने।
१८।    Trade Management System (TMS), Back Office, Risk Management System (RMS) लाई Integrated Trading System मा रुपान्तरण गर्ने ।
१९।    नेप्से, CDS र दलालले उपयोग गर्ने प्रणालीलाई API मार्फत integrate गर्ने ।
२०।    दलाल कम्पनीलाई आफ्नै TMS, Back Office र RMS विकास गर्न दिने ।
२१।    Broker Back Office लाई online गरी लगानीकर्तालाई आफ्नो trade confirmation, ledger र holding check गर्न पाउने व्यवस्था गर्न पाउने ।
२२।    कुनै पनि कम्पनीले शेयर निर्गमन गर्न आवेदन दिनासाथ मस्यौदा विवरणपत्र कम्पनी, बिक्री प्रवन्धक, बोर्ड र नेप्सेको वेवमा राख्नुफर्ने ।
२३।    सूचीकरण सम्झौता (listing norms) पुरा नगर्ने संस्थाहरुको कारोबार निलम्वन (trading suspend) गर्नुपूर्व कम्पनीलाई कम्तिमा १५ दिन अगाडी सूचना दिई सोको जानकारी नेप्सेको website मा राख्नुपर्ने । 
२४।    सूचीकरण सम्झौता (listing norms) पुरा नगरेर कारोबार निलम्वन गर्नुपरेमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत तथा संचालक समितिलाई वितिय तथा अन्य कारवाहीको व्यवस्था गर्नुपर्ने । 
२५।    Merger / acquisition हुँदा कुनै पनि कम्पनीको कारोबार रोक्का नराख्ने ।
२६।    कुनै पनि दायित्व (आर्थिक) पूरा नगर्ने दलाललाई कारोबार गर्नबाट रोक लगाउनुको सट्टा कम्पनीका कार्यकारी प्रमुखलाई नगद जरिवाना गर्ने ।
२७।    कारोबारको फ्लोरशटिमा दलाल नं। हटाउने ।
२८।    Sub-broker, authorised agent,  बजार विश्लेषक, बजारमा सक्रिय संस्थाका सम्बन्धित कर्मचारीलाई आवश्यक अनुसार तालिम र प्रमाणपत्र दिने व्यवस्था मिलाउने ।
२९।    नेप्से र बोर्डले पूँजीबजारसम्बन्धी तालीम तथा वितीय साक्षरता कार्यक्रम संचालन गर्ने र सो कार्यक्रम संचालनको लागि छुट्टै कोष खडा गर्नुपर्ने ।
३०।    Sub-broker र authorised agent को नियुक्ति दलालको सिफारिसमा एक्सचेन्जले गर्ने ।

सीडीएससीका पदाधिकारी समक्ष प्रस्तुत गरिएका सुझावहरूः

१।    Security Lending and Borrowing Mechanism को व्यवस्था गर्ने ।
२।    BO-BO हस्तान्तरणलाई online गर्ने ।
३।    शेयरको settlement प्रक्रिया broker back office मार्फत automated तरिकाले गर्नुपर्ने ।
४।    Trade Management System (TMS), Back Office, Risk Management System (RMS) लाई Integrated Trading System मा रुपान्तरण गर्ने ।
५।    नेप्से, CDS र दलालले उपयोग गर्ने प्रणालीलाई API मार्फत integrate गर्ने ।
६।    Centralize KYC प्रक्रिया यथाशक्य सम्पन्न गरिनु पर्ने ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by