May 12, 2021
 
मुलुकमा बढदो कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघमा कोभिड १९ सहायता केन्द्र(FNCCI COVID 19 Help Desk) स्थापना गरिएको छ । 
महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीहरूको हालै बसेको बैठकले उक्त सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । उक्त केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नु भएको छ । 
कोभिड १९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन निम्नानुसार जिम्मेवारी बाँडफाँड समेत गरिएको छ । 

क्र.सं.    सहायता हुने अत्यावश्यक क्षेत्रहरू          सम्पर्क व्यक्ति 

१.     अक्सिजन सिलिण्डर व्यवस्थापन                  रामचन्द्र संघई , शौरभ ज्योति    
२.    अस्पताल/आइशोलेशन केन्द्र सहजीकरण       हेमराज ढकाल,रविन श्रेष्ठ
३.    अस्पताल व्यवस्थापन                                 ई.देशबन्धु बस्नेत (अजित) ,  बाबुकाजी कार्की,  डा. केयुर गौतम
४.    एम्वुलेन्स/आइशोलेशन केन्द्र                        रन्जितराज आचार्य
५.   औषधि/मेडिकल उपकरण                           प्रवलजंग पाण्डे, भक्त हमाल
६.   होटल/हवाई यातायात                                  ज्योत्सना श्रेष्ठ, विनायक शाह, विनोद सापकोटा

सहायता केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्धय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएस मार्फत सम्पर्क गरि आफूलाई आवश्यक सेवा टिपाउन सकिनेछ । 

सहायता केन्द्रमा तोकिएको जिम्मेवारी अनुसार सदस्यहरूले महासंघका सदस्य, उद्यमी व्यवसायी एवं सर्वसाधारणको माग अनुसार सेवा प्रवाह गर्न सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायसंग पहल गर्नुहुनेछ । सहायता केन्द्रका तर्फबाट यतिखेर सेवा प्रवाहमा निकै ठूलो भूमिका निर्वाह भैरहेको छ । समस्यामा परेका, कोरोना उपचारमा सहजीकरण र समन्वय खोजीरहेका निकै धेरै मानिसहरूलाई स्वास्थ्य सहायता केन्द्रका तर्फबाट निरन्तर सहयोग एवं समन्वय समेत भैरहेको छ । 

मुलुक संकटमा पर्दा महासंघले संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility-CSR) लाई मनन गरी हरेक पटक सहयोग पुर्‍याउंदै आएको छ । एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल (FNCCI Operation COVID Relief Nepal Campaign) अभियान अन्तरगत महासंघले यसअघि हेल्लो डाक्टर संचालनमा ल्याई कोभिड संक्रमणमा परेकालाई डाक्टरहरूबाट स्वास्थ्य परमर्श दिने कार्यको शुरुवात गरिसकेको छ ।  

मुलुकले कहिल्यै भोग्नु नपरेको यो महामारीबाट संक्रमित र मृत्यु हुनेको संख्या उकालो लागिरहेको छ । महामारिको बढ्दो संक्रमणलाई नियन्त्रण गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यतिबेला सबैको परम कर्तव्य भएकाले आ–आफ्नो ठाउंबाट सकेको सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन महासंघले सबैमा गम्भीर आग्रह गरेको छ । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by